परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

बाल्यकालमा मैले अनुभूत गरेका लिम्बू समुदायका केही गतिविधि स्मरण गर्न चाहन्छु । आजभन्दा करिव ५० वर्ष अघि मेरो गाउँ आठराई हाङपाङमा अनौंठा गतिविधि हुन्थे । मेरो घर विद्यालयको नजिक थियो । विद्यालय लागेको बेला विद्यार्थी, शिक्षकहरूको चहलपहल हुन्थ्यो । तर असार साउन छुट्टि भएको बेला गाउँ सुनसान हुन्थ्यो । त्यसबेला सबैजना काम काममा हुन्थे । म सानै केटाकेटी नै थिएँ । घरमा बेलाबेला हिन्दू साधु आउँथे ती भद्र हुन्थे, चामल आदि दिए पछि सरक्क जान्थे । त्यस्तै गरी अर्काथरीका साधु थिए, लिम्बू साधु, तिनको हातमा एउटा एकतारे बाजा हुन्थ्यो । उनी एकहातले त्यो एकतारे बजाएर मग्न भएर लिम्बू भाषामा भजन गाउँथे । हामी केटाकेटी झुम्मिएर बडो ध्यान दिएर उनले भजन गाएको सुन्दथ्यौं । कुरो नबुझे पनि संगीतले हामीलाई तान्दथ्यो । उनी सत्तेहाङ साधु भनेर भन्दथे । उनी बेलाबेला अर्थात् दुईतीन महिनामा एकपटक जसो आउँथे । अर्काथरी थिए, युमा । ती युमा एकजना बाहुन जातिका तर लिम्बूभाषा मात्र बोल्दथे । Continue reading परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

साहित्य के हो? यो किन र कसरी सिर्जना हुन्छ?

साहित्यको नाममा हामी लेख्छौ, पढ्छौं र चर्चा पनि गछौं । विश्वमा साहित्यको अस्तित्व, महत्व, चरित्रबारे हाम्रा अग्रजहरूले पर्याप्त चर्चा, परिचर्चा मात्र हैन सिद्धान्त नै प्रतिपादन गरेका छन् । साहित्यलाई सिर्जना गर्ने अनि हेर्ने वा पढ्ने तथा देख्ने वा बुझ्ने सन्दर्भमा पूर्वीय र पाश्चात्य वाङ्मयमा आ–आफ्ना अवधारणा र दृष्टिकोणहरू छन् । यहि साहित्यको महासागरबाट एक थोपा सार खिच्ने घृष्टता गर्दैछु । Continue reading साहित्य के हो? यो किन र कसरी सिर्जना हुन्छ?

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा

श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो लाग्दछ । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाम्रोतिर शिक्षक नपाएर एक योग्य शिक्षकको खोजीमा उहाँलाई दार्जिलिङबाट फकाएर, बोलाएर, ल्याएर हेडसर पदमा स्थापित गरिएको रहेछ । त्यसबेला हाम्रो क्षेत्रमा विद्यालय उति थिएनन् । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्ने कालमा दार्जिलिङमा पढेर बी.ए. पास गरेका एक होनाहार युवकलाई मनाउन गाउँका अग्रजहरू सफल भएका रहेछन् । उहाँका पिता भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँका पिता तेह«थूमस्थित भारतीय सैनिक डिष्ट्रिक्ट सोल्जर्स बोर्डको कार्यालयमा भएको बेला आफ्ना छोरा गणेशबहादुर राईलाई बोर्डले केही सहयोग गरेको, मूलतः जनताले नै चन्दा उठाएर चलाएको सरस्वती स्कुलमा शिक्षकको रूपमा ठूलो जोखिम र जिम्मेवारीसाथ पठाउनु भएको रहेछ । Continue reading आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

समता साहित्य प्रतिष्ठानको स्थापना

<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ । Continue reading समता साहित्य प्रतिष्ठानको स्थापना

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा यो विवाद अनावश्यक विवाद हो । राज्यको ढुकुटीको दुहाई दिएर तर्साउन खोज्नु मनोवैज्ञानिक दृष्टिले परपीडक आत्मरतिको द्योतक हो । यस्तो तर्क तिनैको पाइयो जसको राज्यको ढुकुटीमा प्रत्यक्ष र परोक्ष पहुँच र प्रभाव छ । यसबारे न प्रभावित वर्ग बोलेको छ, वा साँच्चै पाउनु पर्ने वर्ग न बोल्न सक्छ नै । Continue reading भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । Continue reading भाइरल ज्वरो इन्फ्लुएन्जा

विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)


विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे। प्रतियोगितामा कवि बाबुराम श्रेष्ठ ‘वर्षा’ पहिलो, भवानी पोखरेल दोस्रो, सरिता तुलाधर तेस्रो र वीरेन्द्रकुमार साह चौथो भए।
साहित्यकार मधु पोखरेल र रामबाबु दाहाल निर्णायक रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी कविले सहभागिता जनाए। कार्यक्रममा लावण्य सापकोटा, गोकुल अधिकारी, देवी पन्थी, हरि कट्टेल, मञ्जु शर्मा, मीनकुमार नवोदित, सविता गौतम दाहाल, मान बज्राचार्य, तारानाथ पोखरेल लगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरे।
गीतकार डा. नवराज सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, श्रीओम श्रेष्ठ ‘रोदन’, दधिराज सुवेदी लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यमा पुर्‍‍याएको योगदानको चर्चा गरेका थिए। भानु कला केन्द्रले हरेक वर्ष आदिकविको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
Source: thahakhabar.com  Similar News: koshikhabar

मनसुनको लय (कविता)

डा. नवराज सुब्बा

बादल हाम्रो गीत सुन्दैन
एकोहोरो एक्लै गडगडाउँछ
खलबल गर्दै हामीमाथि सल्बलाउँछ
आतङककारी बादल वर्षेनी
परेड खेल्छ हाम्रो तन मनमा
बेसुर गड्याङ्गुडुङ तालमा
कड्किन्छ मनसुन
चट्याङ पार्छ
ताण्डव नृत्य नाच्दै
गहिरो हाम्रो मायालाई
एक्कै छिन भए पनि
चुडाइदिन्छ यो मौसमले
यहाँ कस्तो झरी पर्छ ?
न पेट भर्ने खेत रोपियो
न मन भर्ने बारी गोडियो
झार सप्रिए बाली भन्दा
फूल भन्दा काँडा झाङ्गिए
यतिबेला म सशंकित
यी दुई आँखाले जीवनको रङ्ग खोज्दै
हर मनसुनलाई स्वागत गर्न मञ्जुर छु
छाती चिरा चिरा पार्ने अनगिन्ति पहिराहरु
जीवन बिथोल्ने बेहिसाब बाढी बेहोर्न पनि
म विवश छु
ताप्दै पीरको आगो
अझै कति भिज्नु छ छ
यो झरीपानीमा
अझै के के भोग्नु छ छ
यो जिन्दगानीमा ।

Personal Website