Morang Data
Following are the links for datas relating to morang district :
Read More
Some of my research articles are listed below :
नवराज सुब्बा
१
नबग्ने ढल
च्याप्पिएको सडक
ठ्वाँस्स दुर्गन्ध ।
२
मच्छर घर
ओर्लेर घाम उफ्
घँवराहरू
३
लाइन जाँदा
मृततुल्य शहर
मलामीहरू
४
तरकारी छ
सस्तो सस्तो जस्तो
म गोलभेडा
५
समथर छ
भल नबगेर म
थुनिन्छु बाटो ।
नवराज सुब्बा
Read Moreतारासंग आकाशभरि फैलेको उज्यालो आयातन छ
आनन्दका आकर्षण र कल्पनाको अनन्त गहिराइ छ
यसैको खोजिमा उसंग म घरिघरि कुरा गर्छु र सुन्छु
उ त मेरो संगीतको ताल र सूरको खोजीमा पो रहेछ । `
नवराज सुब्बा
Read Moreफूलको ओंठमा फुलेकोछु
पुतली भइ उडि आऊ
पर्खिरहेछु जुनेली रातमा
वतास बनी छाम्न आऊ ।मेरो छाति खै पहाडको
भत्किरहने पहिरो जस्तो
मेरो आशा कुमारीको
झरिरहने बर्को जस्तो ।किन रुन्छन् फूलहरू
झर्छन् किन ताराहरू
सारा रंग धुलो बनि
छोप्छन किन आस्थाहरू ।बस्याछु यतै पर्खाइमा
खोज्दैछौ कि मलाई कतै
कति अल्झुं आशै आशमा
कि बोकी बैंस बगौं कतै ।३० चैत्र २०६२, विराटनगर नेपाल ।
जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।
दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।
नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।
सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।
Read More
नवराज सुब्बा, विराटनगर नेपाल
तिमी हिमाल हेर्दै
कति खुशी हुन्थ्यौ
तश्वीर टाँसेर भित्तामा हेर्दै
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि हिमाल जस्तै शुन्दर हुन पाउँ
हिमाल जस्तै अग्लो हुन पाउँ
आज तिम्रो यो इच्छा पूरा भएकोछ
तिमी शुन्दर अग्ला हिमालसितै
एकाकार भएका छौ ।तिमी पहाड भीर जंगल देखेर
कत्ति भावुक हुन्थ्यौ
छातिमा पहाडको तश्वीर टाँसेर
कत्ति खुशी हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि पहाड जस्तै शान्त हुन पाउँ
भीर पाखा जंगल जस्तै स्वच्छ हुन पाउँ
आज त्यो इच्छा पनि तिम्रो
पूरा भएको छ
तिमी शान्त भीर पहाड सितै
एकाकार भएका छौ ।आज बीचैमा टुक्रिएको सपना जस्तो
खेल्दाखेल्दै काटिएर गएको चंङ्गा जस्तो
आकाशमा हेर्दाहेर्दै बिलाएको खुशी जस्तो
आखिर हामीले हारे पनि तिमीले जित्यौ
तिमीलाई हामी शिर निउराइ विदा गर्दैछौं
धमिला आँखाले विदा गर्दैछौं
कोही भन्छन् आँसु पुछ्ने रुमाल रहेन अब
यसरी मन मनहरू
वन वनहरू
दशैं हो कि दशा हो
सबै अल्मलिएका छन् ।उफ् !
कसरी आज अचानक एकसाथ
हिमाल र पहाडहरू थपिएकाछन्
हिमाल र पहाडका उँचाई थपिएकाछन्
अनायास शुन्दरता बढेकोछ
तिम्रो अभावमा पाएको यो
उचाई अनि शुन्दरता देखेर
नियति स्वयम् स्तब्ध छ
शायद
तिमीलाई दिने मेरो
श्रद्धाञ्जलीको
अर्थ पनि यही हो ।२०६२।६।१४ विराटनगर नेपाल ।
(२०६३।६।७ गते ताप्लेजुङको घुन्सामा दिवंगत भएका डा. हर्क गुरुङ लगायतका २४ जना संरक्षणमा समर्पित विशेषक्षहरूको संझनामा सपर्पित कविता)
नवराज सुब्बा
पहाड छाती ठोक्छ नशामा
ठोकिन्छ घरिघरि भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाघ्दै कुल्चँदै उँधै झरे
ए ! दुखी पहाड
एक्लै त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
बिरे लाहुरे बन्न तलै झर्यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्यो
बटुवाहरू रुँदै झरे ।स्वयम् दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे चाउरे र बटुवाहरू
सबैले बहानाबस छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको संझनामा
बिरक्तिएको भाउजुको मन बनेकोछ पहाड
बर्षोनी आगोले खाने वन बनेको छ पहाड
पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासा नगर्ने बाँझा बाटा मेरो पहाड
मानौ टुरिष्टकै लागि बनेका हुन्
मेरा हिमाल र पहाडहरू
पासपोर्ट र नागरिकतामा केवल लेखिन
जन्मेका हुन् मेरो पहाडहरू
के नागरिकतमा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
पासपोर्ट भएर एकपटक म तिमीलाइ सोध्दैछु
विदेश भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?,मेरो पहाडमा त
आशैआशको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सँधै
दुखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाई मारेर
दशैं पर्खिरहेछन् त्यहाँ
साउने झरीमा दुःखी घुम ओढ्दै
कान्छी अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हाँस्दै फल्ला कि भनेर ।पहाडमा खेतमा पानी जत्ति पटाऊ
जत्ति नै रोप माया तर खै
त्यहा पानी सँधै उँधै बग्छ
खेतका आली कान्ला नाघेर
जति रोके पनि बग्दै जान्छ पानी
कान्लो, कुलो, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षण तोड्दै मोड्दै
अरुका प्रदेशतर्फआकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन् मासिन्छन्
यता पहाडका छातिभरि
अभाव असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाइनसकेर
गम्लङ्ग छोपेकोछ फूलमायालाई ।म पनि त पहाडबाट झर्दा
पहाडमा द्यौराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाईका आँसु अनि
पुगिने ठाउको सम्झनामा
खुशीका अर्को थोपा आँसु पुछ्दै
द्यौरालीको शिरमा
आफ्नो मुटु एउटा ढुँङ्गो थपेथें
नमरिबाँचे दैवले साँचे भेटौंला फेरि भन्दै
भाकलका पहाड त्यहीं छाडेथें,उक्लेर आज म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यही छाडिआएँ भन्थें
त्यो त संगै आएछ मसँगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरो आँखामा ।
Read Moreविराटनगर, २०६३।४।२४
नवराज सुब्बा
Read Moreबगरको छातिमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसंग
सून्यता विरुद्ध
शीर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
थपक्क टपक्कै टिपे
सुम्सुम्याए झैं गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउदै जराहरू पिटे
साँच्चै उनीहरूलेे मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकै माथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातिमा हाँसेको देखे
मलिलो छातिमा मौलाएको देखे
लहर जस्तै निरन्तर लम्किरहेकै भेटे ।
२०६३।५।१३, विराटनगर नेपाल ।
लेख