• Books
  • February 24th, 2008

Jiwan Mero Sabdakos Ma

श्री नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ । (बैरागी काइँला) (size165 kb) Download pdf

Read More


Leave a Reply