Archive for August, 2008

  • Poems
  • August 23rd, 2008

हामी नेपाली (गीत)

हामी नेपाली (गीत)

नवराज सुब्बा

नेपाली नेपाली हामी नेपाली
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल पहाड तराइ माटोको रङ्ग एउटै छ
शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ ।

मेचीमा घाम झुल्कँदा कालीको शीत पग्लिओस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्
थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं
मिलेर फूलबारीमा बराबर माया रोपिदिऔं ।

थर हो मान्छे चिन्नलाई होइन छुट्टि जानलाई
आपसमा हामी मिलेर मानिस एक बन्नलाई
विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं
जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्र्सौं ।

नेपाली नेपाली हामी नेपाली
बुद्ध या हिन्दू, इसाइ या मुस्लिम हामी नेपाली
धनि या गरिब, मजदुर या मालिक हामी नेपाली ।

Read More

प्रथम अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता २०६४ (First Online Webcam World Poem Competition 2064)

'कठघरामा उभिएर'

हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझदछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ
!
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।

भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुइ चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइ खाइन्
भन, काँडाले घोच्दाखेरी
हिंड्दा ठेस लाग्दाखेरी
रगत बग्दाखेरी

तिम्रो मुखैमा पहिले को आइपुग्छ ?
बताऊ ए आरोपित
!
नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आ
ँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखका अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?

ऐया ! अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ ?

ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान !
विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँ
दैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानोमा रुँदाखेरी
'लौ हा
ँस-हाँस मेरो बाबु' भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद
घोष गर्दैछु-
आमा
! एकफेर हाँसिदेउ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।

तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ

तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छौ आमा
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा !
तिमी आत्माझैं अमर छौ ।

 

(अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा प्रथम स्थान प्राप्त गर्न सफलकविता)

Reference :

Read More

Bich Batoma Byujhera ( Anthology 2065)

A Collection of poems written by Nawa Raj Subba in the year 2065 published by Modern Books, Kathmandu.

Read More
  • August 23rd, 2008

संक्षिप्त परिचय

संक्षिप्त परिचय

Nawaraj Subbaनाम : नवराज सुब्बा

पूरा नाम : नवराज सुब्बा फैयङसाम्बा लिम्बू

जन्ममिति : असोज २०१८ साल

मातापिता : नरमाया सुब्बा तथा आइतराज सुब्बा

जन्मस्थान : आठराइ हाङपाङ जिल्ला ताप्लेजुङ

हालको ठेगाना : शान्तिचोक विराटनगर-६ नेपाल

शैक्षिक योग्यता : एम.ए. (नेपाली), एम.पी.एच. (जनस्वास्थ्य), विद्यावारिधि अध्ययनरत

पेशागत अनुभव : नेपालका विभिन्न जिल्लामा तीन दशकदेखि जनस्वास्थ्य व्यवस्थापन साथै द्वन्द्व-स्वास्थ्य व्यवस्थापन तथा शरणार्थी-स्वास्थ्य व्यवस्थापनमा संलग्न रहेको ।

लेखन विधा : कविता, गीत, निबन्ध, अनुसन्धान ।

लेखन प्रारम्भ : तीसको दशकदेखि ।

प्रकाशन :

साहित्यतर्फ-
'जीवन मेरो शव्दकोश' कवितासङ्ग्रह (२०६३), 'मनको मझेरी' निवन्धसङ्ग्रह (२०६४), 'बीच बाटोमा ब्यूँझेर' कवितासङ्ग्रह (२०६५)

कलातर्फ-
राष्ट्रियगीत, आधुनिक गीतलेखन र लोकगीत संकलन गरी रर्ेकर्ड र प्रसारण भएको ।

जनस्वास्थ्यतर्फ-
"जनस्वास्थ्य पाटा बाटा र अनुभूति" (२०६३), 'जनस्वास्थ्यका सवालहरू' (२०६४) लगायत जनस्वास्थ्य क्षेत्रमा अनुसन्धान विधाका आधा दर्जन पुस्तकहरू
, वैज्ञानिक लेखहरु तथा दर्जनौ प्रतिवेदनहरु प्रकाशित

पुरस्कार तथा सम्मान : पहिलो अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता २०६४ मा प्रथम, बबरसिँह थापा सेवा गुठी पुरस्कार सम्मान २०६४, मोहन रेग्मी स्मृति वाणी पुरस्कार २०६३, हाङपाङ सेवा समाज र नाट्येश्वर प्रतिष्ठान विराटनगरद्वारा सम्मान, नवरङ्ग साहित्य प्रतिष्ठान झापाद्वारा कदरपत्र प्रदान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुल्ला रेडियो क्वीज तथा निवन्ध प्रतियोगिताहरूमा विजयी, गोरखादक्षिणबाहु (२०४७)

आबद्घ : वाणी प्रकाशन बिराटनगर, नेपाली भाषा व्याकरण प्रतिष्ठान विराटनगर, नेपाल रेडक्रस सोसाइटी, किरात याक्थुङ चुम्लुङ विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण प्रतिष्ठान विराटनगर, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल जनस्वास्थ्य संघ, स्वाजन साहित्यिक समाज काठमाडौं ।

सम्प्रति : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अतर्गत जिल्ला जनस्वास्थ्य कार्यालय झापाको बरिष्ठ जनस्वास्थ्य प्रशासक (प्रमुख) पदमा कार्यरत ।

सम्पर्क : फोन न. ०२१-५२२३९७ इमेल nrsubba@hotmail.com वेभसाइट www.nrsubba.com.np

Read More