Archive for October, 2008

नेपालमा दादुरा खोप अभियान मंसीर २१ देखि

नेपालमा दोश्रो दादुरा खोप अभियान मुलुकका पहाडी र तर्राईका जिल्लाहरुमा आगामी मंसीर २१ गतेदेखि सञ्चालन हुने भएको छ । पूर्वाञ्चलका १३ पहाडी र तराइ जिल्लाहरु झापा, इलाम, पाचथर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथूम, सप्तरी, सिराहा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लामा मंसीर २१ गतेदेखि दादुरा खोप अभियान सञ्चालन हुनेछ ।

हाल मुलुकमा दादुरा खोपको कभरेज ८५ प्रतिशत भएको र दादुरा खोपको प्रभावकारी दर पनि करिव ९० प्रतिशत मात्र हुने भएकाले दादुरा खोपबाट प्रतिरोधात्मक शक्ति हासिल गर्ने समुदायको संख्याको तुलनामा खोप नलिने र प्रतिरोधात्मक शक्ति हासिल गर्न नसकेका समुदायको संख्या वर्षोनी बढेर हरेक तीन वर्षमा दादुराको प्रकोप फैलने गरेको विज्ञहरुले बताएका छन् । चार वर्षअधि मुलुकमा संचालन भएको पहिलो दादुरा खोप अभियानको फलस्वरुप विगत तीन वर्षमा विगतको तुलनामा दादुराको प्रकोप घटेको कुरा स्वास्थ्य सेवा विभाग, वालस्वास्थ्य महाशाखाका निर्देशक डा. यशुबर्धन प्रधानले विराटनगरमा संचालित दादुरा खोप सम्बन्धी एक योजना तर्जूमा गोष्ठीमा बताउनु भयो ।

पर्ूवाञ्चलका १३ जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, खोप सुपरभाइजर, कोल्डचेन असिसटेण्टहरुको सभभागितामा सम्पन्न योजना तर्जूमा कार्यक्रममा आ-आफ्नो जिल्लाको योजना बनाइयो ।

झापा जिल्लामा दादुराको प्रकोपदर घटेको दावी गर्दै जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख नवराज सुब्बाले जिल्लामा आ.व.२०६३/६३ मा ८७ जना, २०६३/६४ मा ११ जना र गत आ.व. २०६४/६५ मा ११ जना दादुराका विरामी देखा परेको बताए ।

Read More
  • Poems
  • October 31st, 2008

मेरो पहाड

मेरो पहाड

नवराज सुब्बा

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे !
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाँघ्दै कुल्चँदै उँधै झरे
ए दुःखी पहाड !
त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
वीरे लाहुरे बन्न तलै झर्‍यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्‍यो
बटुवाहरू रुँदै झरे;

दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे, चाउरे र बटुवाहरू
सबैले बहानावश छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको सम्झनामा
विरक्तिएको भाउजूको मन बनेको छ पहाड
बर्सेनि आगाले खाने वन बनेको छ पहाड
तैपनि पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासो गर्दैन मेरो पहाड
मानौ पर्यटककै लागि बनेका हुन्
केवल पासपोर्ट र नागरिकतामा लेखिन उभिएका हुन्
मेरा हिमाल र पहाडहरू !
के नागरिकतामा लेखिने जन्मस्थान मात्र हौ पहाड ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
एक पटक पासपोर्ट भएर म तिमीलाई सोध्दैछु
सहर भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?

हेर पहाडमा त !
आसैआसको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सधैँ !
दुःखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाइ मारेर
दसैँ पर्खिरहेछन् त्यहाँ !
साउने-झरीमा दुःखी घुम ओढ्दै
कान्छी, अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हाँस्दै फल्ला कि भनेर !

पहाडमा
खेतमा पानी जत्ति लगाऊ
जत्ति नै रोप माया तर खै
त्यहाँ पानी सधैँ उँधै बग्छ
जति रोके पनि
खेतका आली-कान्ला नाघेर
बग्दै जान्छ पानी
कुला, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षा तोड्दै-मोड्दै
अरूका प्रदेशतर्फ आकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन्-मासिन्छन्
यता पहाडका छातीभरि
अभाव-असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाइ नसकेर
गम्लङ्ग छोपेको छ फूलमायालाइ !

म पनि त पहाडबाट झर्दा
पहाडमा देउराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाइका आँसु अनि
पुगिने ठाउँको सम्झनामा
खुसीका अर्को थोपा आँसु पुछ्दै
देउरालीको शिरमा
आफ्नो मुटु एउटा ढुङ्गो थपेथेँ
नमरिबाँचे दैवले साँचे भेटौला है ! भन्दै
भाकलका पहाड त्यहीँ छाडेथेँ ।

उक्लेर म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडिआएँ भन्थेँ
त्यो त सँगै पो आएछ मसँगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरा आँखामा ।

Read More

कविगोष्ठी

देवकोटा पुस्तकालयमा कविगोष्ठी

    विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
    प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
    देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
    सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

Read More
  • Poems
  • October 29th, 2008

शुभकामना

शुभकामना

नवराज सुब्बा

मनको मझेरीमा सुस्ताएका सपनाहरु
शीतल विहानीसंगै ब्यूँझन्छन्
शुभेच्छाका सुवास लिएर सयपत्री र मखमली
यसपालि पनि बारी र डिलमा लहलहाएका छन्
यस्तो लाग्छ,
यसबेला हामी दीपावलीमा
आफैभित्र उज्यालो खोजिरहेछौं
अर्थहीन आयु हैन जीवन रोजिरहेछौं
आऔं,
हामी आपसमा बाँडौं
अपार अनन्त चाहना
औपचारिकतामुक्त
हार्दिक न्यानो शुभकामना ।

Read More
  • Poems
  • October 15th, 2008

जीवनबोध (कविता) नवराज सुब्बा

हालखबर !
ठिकै छ यार,
बाचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भए नि
जिएकै छु मृत्युलाइ छलेर
ढुक्क बाँचेकै छु ।

Read More

मितेरी आवाजसँग नवराज सुब्बाले गर्नु भएको कुराकानीको संक्षिप्त विवरण

प्रसारित मिति सन् २००६ सालमा

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।

Read More

कवि नवराज सुब्बाको ‘जीवन मेरो शव्दकोशमा’ कृतिभित्र अन्तर्दृष्टि ( डा. कृष्णप्रसाद दाहाल )

समालोचना

डा. कृष्णप्रसाद दाहाल

१. परिचय

कवि नवराज सुब्बाको जन्म वि.स.२०१८ साल असोज १५ गते मेची अञ्चल, ताप्लेजुङ जिल्लाको हाङपाङ

Read More

सूर्तीको स्वाद

नवराज सुब्बा

मैले सबैभन्दा धेरै आशिर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिँडी तथा सूर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशिर्वाद पाएँ ।

Read More

मेरो जीवन यात्रा

नवराज सुब्बा

मेरो बाल्यकाल मेरो सिर्जनाको मलिलो स्रोत हो । बाल्यकालका मीठा, नमीठा दुवै अनुभव र अनुभूति मैले संगालेको छु । आज केवल बाल्यकालको सम्झनाले मात्र पनि मन प्रफुल्लित हुन्छ ।

Read More

‘मेरो जागिरे जीवन’ भित्रका पात्रहरू छाम्दा (नवराज सुब्बा)

नवराज सुब्बा

फूर्सद हुँदो हो त उपन्यास पढ्न नै मजा आउँछ ।

Read More