Archive for October, 2008
- October 7th, 2008
- October 7th, 2008
- अन्तरवार्ता
- October 4th, 2008
पत्रकार राम लावतिले नेपालको स्वास्थ्य स्थिति र लिम्बूको स्थान तथा लिम्बू भाषा र संस्कृति सम्बन्धी लिम्बू भाषामा अन्तर्वार्ता
As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions
As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.
Read More- October 4th, 2008
- Data
- October 3rd, 2008
- Review
- October 3rd, 2008
- Research
- October 3rd, 2008
The Morang Innovative Neonatal Intervention (MINI) Program
This presentation was presented in an International seminar in Bangkok by Nawaraj Subba and Penny Dawson.
Read More- Essays
- October 3rd, 2008
श्रद्घाञ्जलि एउटी लिम्बूनीलाई
नवराज सुब्बा
ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै ।
Read More- Essays
- October 3rd, 2008
एउटा चियागफ (नवराज सुब्बा)
‘हेर्नोस् ! हरेक मानिसका चारओटी श्रीमति हुन्छन् ।’ अग्ला कदका महेन्द्रजी जो कहिलेकाहीँ साथीहरूसँग ठट्यौली गर्ने गर्दथे, साथीहरूको बीचमा चियाको कप समात्दै ठाँटिएर गफ गर्दै थिए । म अलिपर उभिएर चिया पिउँदै थिएँ । दुइतीन मिनेटसम्म पनि उनको गफलाई साथीहरूले चाख मानेर सुनेको देखेपछि मलाई पनि त्यो दृश्यले त्यतैतिर तान्यो ।
Read More- Activities
- News
- October 3rd, 2008
कृति पुरस्कृत
पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।
झापामा आयोजित एक समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ समालोचक गणेशबहादुर प्रसाइ र वरिष्ट कवि कृष्णभूषण बलले सुब्बालाइ रु.११ हजार १ सय ११ को पुरस्कार राशि र सम्मानपत्र प्रदान गर्नुभयो ।
कोषका संस्थापक गोपीकृष्ण प्रसाइको अध्यक्षतामा भएको समारोहमा पुरस्कार छनौट समितिका संयोजक विष्णुकुमार भट्टराइ, साहित्यकार लीला उदासी, कवि मनु मञ्जिल, दीपा अबिरल, रस्मीशेखर लगायतले कृतिमाथि चर्चा गर्नु भयो । उक्त कृतिमा 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाइ', 'तस्बीरमा पोखिएका कविताहरू', 'जदौ दाहाल यज्ञनिधि' र 'धन्यवाद धरावासी', तथा 'नयाँ नेपालको चित्र' लगायतका बीसओटा निबन्धहरु संग्रहित छन् ।
झापाको मदन पुरस्कार मानिने उक्त पुरस्कार यस अघि साहित्यकारहरु केशव आचार्य, भवानी क्षेत्री, शिव रेग्मी प्रणत, रश्मिशेखर सुवेदी र अमर नेम्बाङले प्राप्त गरिसक्नु भएको कुरा कोषका सदस्य सचिव कृष्ण बरालले बताउनु भयो ।
२८ भाद्र २०६४, झापा नेपाल
Read More

