Archive for October, 2009

Swine Flu Border Screenings Relaxed

15 Oct. 2009, District Public Health Office Jhapa has stopped screening of visitors for Influenza A H1N1 which was started from July 2009 at Kakarvitta Jhapa. After indigenous cases of Swine Flu detected in Chitwan, Department of Health Services Kathmandu circulated guidelines and the Health Desk has been closed, said DPHO official. Awareness campaign and trainging on Swine flu for health workers are being conducted in Jhapa.

Read More

समावेसी चरित्रको ‘देशको माया’ (विक्रम निरौला)

समावेसी चरित्रको 'देशको माया'
- विक्रम निरौला

प्रेमलाई सिर्जनाको स्रोत मान्ने साहित्यकार नवराज सुब्बाको "देशको माया" गीति एलबम नेपाली गीतसङ्गीत क्षेत्रमा नयाँ स्वाद पस्केका छन् । एलबमका गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिको भावनाले ओतप्रोत दशओटा गीतहरू समावेश छन् ।

एलवममा नयाँ युवादेखि स्थापित संगीतकारकाले संगीत भरेका छन् । त्यस्तै नवोदितलगायत स्थापित गायक-गायिकाहरुको स्वर पनि एलवममा समेटिएका छन् । स्रष्टाहरुको चयन समावेशी किसिमको हुनु एलवमको महत्वपूर्ण विशेषता देखिन्छ । महिला, आदिवासी, जनजाति, दलित लगायतको सहभागिताको गोलमेच बनेको छ प्रस्तुत एलवम- 'देशको माया' ।

एलवमको प्रस्तुतीले आफ्नो तीनदशक लामो एउटा सपना पूरा भएको साहित्यकार सुब्बाको भनाइ छ । एलवमका गीतहरू सुन्दा लोकगीत, आधुनिक र अत्याधुनिक पपका स्वाद पाउन सकिन्छ । सुब्बाका गीत सुन्ने श्रोतालाई आफू नेपालको भौगोलिक, जातजाति, धर्म र समुदायबीचमा उभिएको अनुभूति हुन्छ ।

त्यस्तै एलवमका केही गीतले त हाल परिस्थितिवश प्रवासमा जान बाध्य भएका नेपालीहरूलाई आफ्नो मातृभूमि सम्झन बाध्य बनाउँछन् ।

एलवममा अन्जु पन्त, स्वरपराज आचार्य, सुमित खड्का, साजन राई, विकेश विश्वकर्मा, नितु गोस्वामी, सरिता राई, विमला राई, सुनिता कटुवाल, वाशु लामा, डि.वी.राई र स्वयम् सुब्बाले पनि एलवममा गाएका छन् । वरिष्ठ संगीतकार शक्ति बल्लभ, युवा संगीतकार साजन राई,  धिरज श्रेष्ठ, सुमित खड्का, वाशु लामा र नवराज सुब्बाले संगीत भरेका छन् ।
बहुचर्चित गीतहरू 'नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली', 'आफनो भाग्य आफै लेख्ने दिन आएको छ' जस्ता गीतहरूका साथै एलवममा 'सबै भन्दा धेरै मलाई देशको माया लाग्छ', 'देशको माया गर्नु भन्या आफैलाई चिन्नुरैछ', 'हिजोभन्दा आज राम्रो आजभन्दा भोली', 'यो ज्यानको माया के माया जन्मेको भूमि ठूलो रैछ,' र 'हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटल' जस्ता गीतले मुलुकको समसामयिक परिवेशप्रति सजग गराएको छ । यसरी 'देशको माया' गीति एलवममा नवराज सुब्बाले नेपाल र नेपालीलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।

Read More
  • Poems
  • October 25th, 2009

उज्यालोको खेती (कविता) नवराज सुब्बा

आजकल गाइँगुइँ सुनिन्छ
धकेल्न खोजिदैछ फेरि अन्धकारमा
खबरदार !
वत्तीमुनिको अँध्यारोमा बस्न
विलकुलै मञ्जूर छैन हामीलाई

Read More