श्रद्धाञ्जलि

कविता  (नवराज सुब्बा)

हिमाल हेर्दै तिमी
कति खुसी हुन्थ्यौ
तस्बिर टा
ँगेर भित्तामा
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
सायद सोच्दथ्यौ होला
म पनि हिमालजस्तै अग्लो हुन पाउँ
हिमालजस्तै सुन्दर हुन पाउँ

आज त्रि्रो यो इच्छा पूरा भएको छ
तिमी सुन्दर, अग्ला हिमालसितै
एकाकार भएका छौ
भीर, पाखा, पहाड, जङ्गल देखेर
कत्ति भावुक हुन्थ्यौ तिमी
छातीमा पहाडको तस्बिर देखाउ
ँदै
कत्ति मायालु बन्दथ्यौ
सायद सोच्दथ्यौ होला
म पनि पहाडजस्तै शान्त हुन पाऊँ
भीर पाखा जङ्गलजस्तै स्वच्छ हुन पाउँ

आज त्यो इच्छा पनि
तिम्रो
पूरा भएको छ
तिमी शान्त भीरपाखासितै
एकाकार भएका छौ

आज बीचैमा टुटेको सपनाजस्तो
उडाउँदा-उडाउँदै काटिएर गएको चङ्गाजस्तो

हेर्दाहेर्दै अनुहारमा बिलाएको खुसीजस्तो
आखिर तिमीले जित्यौ
हामीले हार्‍यौँ
शिर
निहुराइ बिदा गर्दैछौँ
आँसु पुछ्ने रुमाल रहेन अब
आँखा धमिला पार्दै बिदा गर्दैछौ
मन मनहरू
सबै अल्मलिएका छन्
उफ् !  कसरी आज अचानक एकसाथ
हिमाल र पहाडहरू थपिएछन्
एकाएक तिनका उचाइ अग्लिएछन्
अनायास तिनमा सुन्दरता बढेछ
तिम्रो अभावमा पाएको
यी उचाइ अनि सुन्दरता देखेर
हामी अल्मलिएका छौँ

हामी मात्र हैन
नियति स्वयम् स्तब्ध छ
हातमा श्रद्धाञ्जलि बोकेर ।

(“बीच बाटोमा ब्यूझेर” बाट)

Read More


Leave a Reply