गीत (नवराज सुब्बा)

फूल फुल्यो बैंश झुल्यो मनै गम्केन
म त नाँच्थे कोइलीको गीतै घन्केन ।

यसपालि वैशाख यो किन यति उराठ
खोस्न किन शीतल आयो पापी बतास ।

तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान्
सायद निर्दोष उमंग  मेरै निम्ति होलान् ।

पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा
नबनाऊ भरोसालाई बगरको बालुवा ।

Read More


Leave a Reply