कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ । सूर्यको किरण नपुग्ने ठाउँमा कविको कल्पना पुग्छ भन्नुले पनि यही कुराको पुष्टि गर्छ । हाम्रा पौराणिक ग्रन्थहरूले पनि ब्रम्हानन्द सहोदर भनेर कविताको सौन्दर्यको सङ्केत गरेको पाइन्छ । कविता भनेको पढ्ने बित्तिकै मस्तिष्कमा बनेको एउटा सानो बिम्ब हो, जसलाई जति हे¥यो उति हेर्न मन लाग्छ, उति अर्थ खुल्दै जान्छ, उति अँध्यारोबाट उज्यालोमा आएजस्तो लाग्छ । जस्तो कि कुनै पहाडको अग्लो ठाउँमा जाऔं जहाँबाट हिमाल टलक्क टल्केको देखिन्छ, जहाँ धेरैभन्दा धेरै पहाडहरू एकै ठाउँबाट देखिन्छ, जहाँ फेदीमा नदीको असाध्यै सुन्दर दृश्य देखिन्छ, जहाँका घरहरू घरहरू नभएर मानौं प्कृतिले फूलबुट्टा भरिएको दृश्य कल्पनामा सुन्दर भएर भरिन्छ, मनले चरम् आनन्दको स्थिति प्राप्त गर्दछ, अनि मन रमाइरहेको अवस्थामा कविता के हो ? भनेर अनुभव गर्न सकिन्छ । जब कविता भनेर क्रान्ति, भ्रान्ति, युद्ध, पीडा, निराशा आदि कुराहरू लेख्छौं, त्यो कविता हो भनिन्छ, तर कविता होइन कविताभित्र राखिएका विषयहरू हुन् । त्यहाँ मात्र हामी कविताको लयात्मक पक्ष भेट्टाउँछौं । कवितामा कम्तीमा अत्यन्तै सुन्दर विचार हुनुपर्दछ, त्यसले निराशाबाट जीवनलाई जोगाउन सक्नुपर्दछ, कविता कहिल्यै पनि हृदयबाट नहट्ने जादू हुनुपर्दछ । यस अर्थमा कविताको परिभाषा गरिएको छ ।

 

कवि नवराज सुब्बाको “यात्रा आधा शताब्दीको” भन्ने कृतिमा सङग्रहीत प्रतिनिधि कवितालाई सूच्य रूपमा राखेर प्रस्तुत लेखमा कविताको सौन्दर्यपक्षको विवेचना गरिएको छ । कवि नवराज सुब्बाले “एउटा महान् रूख” शीर्षकको कवितामा रूखलाई मानवताको प्रतीक बनाएर मान्छेको अन्तरनिहित मूल्यलाई बाहिर ल्याउन प्रस्ताव राखेका छन् । हामीले जहाँ पनि सकारात्मक सोंचलाई अगाडि राखेर हिंड्न सक्दा प्रकृति दर्शन नै दर्शनले भरिएका कुरा अनुभव गराउँछन् । मान्छेले मान्छेको सम्वेदना बुझ्दैन, केवल प्रकृतिले मात्रै बुझ्छ भनेर ्िरकृतिको प्रतीकको रूपमा रूखलाई अगाडि सारेका छन् । मननीय मूल्य विघटन भएकोमा क िकसरी चिन्ता ब्यक्त गर्छन्, त्यसको सटिक उदाहरण हो ‘एउटा महान रूख’ कविता । रूसोको एउटा भनाइ छ— “प्रकृतितिर फर्क” । देवकोटाले नेपाली साहित्यमा भित्र्याएको स्वच्छन्दवाद पनि रूसोको दार्शनिक चिन्तनको साहित्यिक संस्करण हो अनि प्रकृतिर फर्क भन्नु र रूखलाई महान् बनाएर रूखबाट शिक्षा लिनु भनेको कुरा एउटै हो । प्रकृति आफैमा अत्यन्तै व्यवस्थित उच्चकोटीको मूल्यको नियम हो र मूल्यलाई स्वीकार गरेर त्यसको परिधिमा आफूलाई अन्तर्मूत गर्नु देवकोटीय स्वच्छन्दतावादी दर्शनलाई स्वीकार गर्नु हो । कवि नवराज सुब्बाले ‘एउटा महान रूख’ शीर्षकको कवितामा जुन दर्शन प्रतिपादन गरे, जुन चिन्तनको झलक दिए, जुन मान्यतामा मान्छेलाई चल्न सिकाए, त्यसले काव्यिक जगत्मा धेरै महत्व राख्ने देखिन्छ । उनी भन्छन्— रूखले मान्छेका सबै कु्रा सुन्छ, जाडो गर्मी, भोक, तीर्खा सहन्छ, उसका हाँगा भाँचिन्छ, लाछिन्छ तर पनि रूख प्रतिवाद गर्दैन, बरू उत्तिकै छाया दिन्छ । कत्ति सुन्दर छ, कवि कल्पनाको यो प्रस्तुती जति चोटी पढ्यो मनमा नयाँ नयाँ विचार जुर्मुराएर आउँछ ।

पचासवटा कविता आफू पचासवर्ष पुगेको अवसरमा समावेश गरेर छपाइएको प्रस्तुत कृतिको शीर्षक सान्दर्भिक देखिन्छ । यात्रा आधा शताब्दीको शीर्षकको लामो इतिहासलाई समेटेको पाइन्छ । कविले सबैभन्दा पहिले समयलाई सम्मान गर्नुपर्छ किनभने समयले उसलाई अगाडि नै सम्मान गरेकाले ऊ कवि भयो भन्ने कुराको सन्देश यस कृतिले दिएको छ । कवि नवराज सुब्बाका कवितामा दार्शनिक प्रौढता भएको यो कृति पढेपछि थाहा पाइन्छ । प्रत्येक कवितालाई पाठकले सम्मान दिएर पढ्यो भने नवराज सुब्बाभित्रको बौद्धिक गहिराई, हृदयको विशालताका प्रसस्त सूचनात्मक प्रवाह हामी पाउँछौं ।

साहित्य ‘सत्यम् शिवम् सुन्दरम्’ को मर्यादाभित्र रहेको कलात्मक अभिव्यक्ति हो । साहित्य साँचो हुनुपर्छ, साहित्यमा झूटो कुरा हुनुहँदैन अर्थात् ‘सत्यम् ब्रुयात् प्रियम् ब्रुयत् नब्रुयात् सत्यमाम्प्रियम्’ सत्य बोल, साँचो बोल तर अप्रिय सत्य कहिल्यै नबोल भन्ने कुरालाई कवितामा उनले हिफाजत गरेर राखेका छन् । उनले सङ्केत गरेका छन्— जीवन कहिल्यै नओइलाउने फूल हो । वास्तवमा जीवनलाई सुन्दर फूलका ठान्नु नै जीवनको उँचाइ पुग्नु हो । उनी आफ्नो व्यक्तिगत जीवनमा जति उँचाइमा पुगे, आफ्ना पाठकलाई पनि उनी बडो मायालु तरिकाले जीवनको उचाइमा लान प्रयास गर्छन् । जीवनमा अनेक समस्याहरू आउँछन्, तिनीहरूलाई समाधान गर्दै जानुपर्छ, जीवनमा अत्तिनु हँुदैन अनि मात्तिनु पनि हुँदैन । जीवनलाई वरदान सम्झनुपर्छ, जीवन इश्वरले दिएको अमूल्य उपहार हो । जीवन न्यायमा चल्छ, सत्यमा चल्छ, सत्यमा चल्नेहरूले सुरुमा दुःख पाए पनि पछि सुख पाउँछन्, असत्यमा चल्नेहरूले सुरुका दिनहरू जति नै आरामदायी तरिकाले चलाए पनि पछि दुष्परिणाम भोग्नुपर्छ । अरूले देख्दा सत्यमा हिंडेको देखियोस्, अरूको मनलाई अँध्यारोबाट उज्यालोमा ल्याएर उनीहरूको कल्याण गरोस् अनि त्यो मनमोहककारी होस्, देख्दा फूलबारीमा फुल्ने बास्नादार फूल होस् भनेर जीवनलाई विशिष्ट अर्थमा हेर्छन कवि नवराज सुब्बा । आज हामी साम्प्रदायिक दङ्गामा होमिएका छौं । आफ्ना दाजुभाईको रगतको मूल्यलाई हामी अपमान गर्छौं, जातपातका आधारमा शारीरिक वनावटका आधारमा, धर्मसंस्कृतिको आधारमा आफ्नै बन्धुबान्धवलाई पक्षपातपूर्ण व्यवहार गर्न बानी परेका छौं, यस्तो अत्यन्तै आलोच्य सम्वेदनशील घडीमा दर्शनको छामेर त्यहींबाट आफ्ना पाठक हिडुन्भनेर मनमा शान्तरस उमारेर काव्य÷कविताको डोलीमा आफ्ना पाठकलाई राखेर हिंडाउनु कवि नवराज सुब्बाको काव्यिक विशेषता हो भन्ने सूचना ‘सत्यम् शिवम् सुन्दरम्’ कविताले दिएको छ ।

कविता बिम्बचित्र हो । कविता त्यो बेला अत्यन्त सुन्दर हुन्छ, जुनबेला त्यसले बनाएको बिम्बको उज्यालोले हामीलाई उत्तेजना दिएको हुन्छ । हामी काव्यिक आनन्दमा यति साह«ो हराउँछौ कि त्यो बेला आत्माले चरम् शाँिन्तको अनुभव गरिरहेको हुन्छ । जब कवितामा क्लिष्ठता बिझाउँदैन, कविताको भावले हामीमा मीठास भरिरहेको हुन्छ, त्यो बेला कविता सन्दर बिम्बका रूपमा उपस्थित हुन्छ । कवि नवराज सुब्बाका कवितामा चेतनाबिम्बको सशक्त प्रयोग भएको पाइन्छ । ‘म लाटोकोसेरो’ कवितामा सपनामा देखेका विद्यालयहरू विपनामा बङ्कर र ब्यारेक देखिनु, जन्मभूमि र शान्तिभूमिलाई परायभूमि र युद्धभूमि देख्नु, फूलैफूलले स्वागत गर्ने हातहातमा हतियारै हतियार बोकेको देख्नु यसको उत्कृष्ट नमूना हो ।
प्रत्येक कवितामा यस्तै किसिमका सशक्त चेतना बिम्बहरू हामी पाउँछौं । सामान्य उदाहरण दिंदा मात्रै पनि लेखको आकार लामो हुन जाने भएकाले केवल एक÷दुई कवितालाई नै यसमा प्रतिनिधि मानिएको हो कविले सम्पादन गर्ने जुनसुकै बिम्बको पनि समान महत्व छ र पत्येक बिम्बभित्र पस्दा पार लगाई नसकिने अर्थ प्राप्त हुन्छ । मैले प्रतिनिधि बिम्बका रूपमा चेतनाबिम्बलाई लिएको छु । कवि हुनुको अस्तित्वबोध चेतनाबिम्बमा आधारित हुन्छ । अरूभन्दा फरक तरिकाले प्रस्तुत भएर नवीन ज्ञानको अनुभूति पाठकलाई प्रदान गर्दै पाठकमा लेखनप्रति निर्णयात्मक क्षमताको विकास गर्नु, भविष्यमा देखापर्न सक्ने दूरगामी प्रभावलाई कसी लगाएर ठीक बेठीक के हो ? त्यसको निष्कर्षमा आफू लगायत पाठकलाई पु¥याउनु चेतनबिम्बको चिनारी हो । पहिले दृष्यवस्तुको चित्र बनाएर देखाउनु, पाठकसँग मत माग्नु, पाठकले मत प्रदान गर्नु, त्यसलाई इतिहासको सन्दर्भसँग जोड्नु चेतनाबिम्बका विशेषताहरू हुन् । पाठकलाई सचेत भएर अगाडि बढ्न लेखकले प्रदान गरेको वातावरणलाई चेतनाबिम्बले सुरक्षा प्रदान गरेको हुन्छ ।

देखेका कुरालाई कल्पनाको आँखा लगाएर धेरैभन्दा धेरै सम्भावनाको खोजी कवितामा गरिएको हुन्छ । सर्वसाधारण दृष्टिमा अत्यन्तै सामान्य लाग्ने कुराले पनि कविलाई गहिरो गरी छुन्छ । त्यो गहिराइमा कवि एकाएक हराउँछ र त्यो अवस्थालाई ब्रम्हलीन अवस्थाका रूपमा लिन सकिन्छ । ती कुराहरूलाई यी कवितामा कवि नवराज सुब्बा यसरी अभिब्यञ्जना दिन्छन्— “के तिमीले एकाबिहानै झर्ने सूर्योदय देख्छौ ? हरेक दिन तिमी खोज्दै ओर्लने सूर्योदय भेट्छौ ? एकतमासको रातलाई पछार्छौ ? चरीका चिरबिर मिसाएर …” (‘सूर्योदय’ कविता) आदि सबै कविका कल्पना हुन् । सूर्य कदापि झर्दैन, हामीलाई सूर्यले खोज्दैन, रातलाई सूर्यले पछार्ने होइन । अभिधा अर्थका दृष्टिले यहाँ अर्थसम्पादनमा बाधा पर्ने देखिन्छ तर व्यञ्जना अर्थका दृष्टिले हेर्दा अभिव्यक्तिको अत्यन्तै सुन्दर रूप हो यो । कल्पनाको सुन्दर प्रस्तुति पनि हो । मन पवित्र छ भने जे पनि राम्रो लाग्छ भन्ने अभिप्रायको सङ्केत हो यो । यसलाई अभिव्यक्तिको नवीन रूप पनि मान्न सकिन्छ । यसमा सूर्यलाई मानविकीकरण गरिएको छ । सूर्यलाई चेतनात्मक रूपमा ल्याइएको छ । सूर्य भनेको परिवर्तनको प्रतीक हो, उज्यालोको प्रतीक हो, सकारात्मक साेंचको प्रतीक हो अनि शक्तिको प्रतीक हो । यसरी सूर्योदयको दृश्यलाई पाठकसामू देखाएर परिवर्तनको उज्यालोको सकारात्मक सोंचको खोजी नै ‘सूर्योदय’ कविताको केन्द्रीय मर्म हो ।

निष्कर्षमा भन्नुपर्दा कवि नवराज सुब्बाको ‘यात्रा आत्रा शताब्दीको’ प्रौढ चिन्तनको कलात्मक प्रस्तुती हो, सघन भावाभिव्यञ्जनको उदात्त रूप हो । यसका अतिरिक्त युगबोध, विसङ्गतिबोध, अस्तित्वबोधको त्रिवेणी भनेर पनि यस कृतिलाई मान्न सकिन्छ ।

सन्दर्भग्रन्थः
१. पाण्डेय, डा. ताराकान्त (२०६८) अर्थको आनन्द, विवेव सिर्जनशील प्रकाशन, काठमाडौं नेपाल ।
२. सुब्बा, नवराज (२०६८) यात्रा आधा शताब्दीको, कवितासङ्ग्रह, www.nrsubba.com.np

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.