सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् ।

‘जीवन मेरो शब्दकोशमा’ कविता संग्रह (२०६३), ‘मनको मझेरीमा’ निबन्ध संग्रह(२०६४), ‘बीच बाटोमा व्यूँझेर’ कबिता संग्रह (२०६५), र ‘सहिदलाइ सलाम’ गीतसंग्रह (२०६७), पछि ‘यात्रा आधा शताब्दीको’ कबिता संग्रह(२०६८) लाई हामीमाझँ पस्केका छन् कवि नवराज सुब्बाले । आफ्नो जीवनको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित कविता संग्रह ‘यात्रा आधा शताब्दीको’ मा वि.स. २०६४ देखि ६८ सालसम्म सृजना गरेका जम्मा ५० वटा कविता अटाएका छन् । तर एउटा कविता भने ६३ मा रचना गरिएको कविता छ ।

द्वन्द्वपीडित बालबालिकाहरुलाई समपर्ण गरिएको यस कविता संग्रहमा भएका कविताको विशेषता भनेको स्वच्छन्दवादी, प्रगतिवादी, मानवतावादी, राष्ट्रवादी हुनु हो । यता कवि नवराज सुब्बाकै भाषामा भन्ने हो भने उनले पाँच म लाई सजाएका छन् । म = म वा हामी, म= माटो वा देश, म= मानवता र आत्मिकता, म= मृत्यु वा युद्घ वा द्वन्द्व र अर्को म भन्नाले माथि वसेर लेख्ने, जीवन र जगतलाई सधै माथि उचाल्ने प्रयत्न गर्नु । कविले भनेका छन यस कविता संग्रका बारेमा —
मेरो पचास बर्षको जीवनयात्रामा
भेटिएका, छुट्टिका, सम्झिएका, बिर्सिएका
ती सबैसबै पात्रहरुको हार्दिक सम्झनामा
यो यात्रा आधा शताब्दीको
चढाए हात हातमा

कवि सुब्बाले यस संग्रहमा एउटा नागरिकले आफू र आफ्नो देशको वारेमा देखेका सुन्दर सपना अनि युद्धले क्षतविक्षत पारेको ती सपनाको वारेमा लेखिएको कविता ‘म लाटकोसेरा’ लाई शुरुमा राखेका छन् । त्यसको एक अशं
यसो आँखा उघार्छु
सपनामा देखेका विधालयहरु
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि र शान्तिभूमिलाई
पराईभूमि र युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन्
उफ्
यो सब म के देख्छु ।

कविले आफ्ना कवितामा कतै दुःख पोखेका छन् कतै आक्रोश त कतै आवहान पनि गरेका छन् । उनका कवितामा का्रन्तिकारिता पनि झल्किएको छ । देश अराजक, अस्थिर राजनीति तथा शान्ति र विकासका विरोधी साथै आफैंले महान बनाएका ब्याक्तिहरुले आफैं माथि अन्याय र अत्यचारका विरुद्धमा उठ्न कविले ‘उठौं, जुटौं र लडौं’ शिर्षक कवितामा आवहान गरेका छन् ।
ती बाँदर जो अरुका घर भत्काईदिन्छन्
ती छेपारा जो हरेक हिउँद
घाम तापेर गुर्जाछन्
र अर्को सालको आसमा
र¨ फेरिरहन्छन्
उठौं, जुटौं र लडौं
यो पछौटेपनविरुद्ध ।

कविले अहिले हाम्रो समाजले सहज स्विकार नगरेको र आफ्ना हक, अधिकार प्राप्तीका लागि लडिरहेका तेस्रो लि¨ीका वारेमा पनि ‘तेस्रो आवाज’ शिर्षकको कविता रचना गरेका छन् । हाम्रो देशको विकासको एक अध्यारो पाटो जो भाषण र शिलान्यसमा सम्म पुगेर टु¨िने जवलन्त उदारहण प्रस्तुत गर्दै भद्रपुरमा धेरै बर्षदेखि चर्चा भएर पनि बन्न नसकेको पूलको बारेमा ‘भद्रपुरमा’ शिर्षकमा अर्को कविता रचना गरेका छन् कविले । नेपालमा हिजो र आज शिर्षकको कवितामा कविले राजा वन्ने होड अब अरुमा सरेको तर्क अघि सारेका छन् ।

‘कार’ हरुमा यो बानी सरेको छ
सबैमा राजाको भूत चढेको छ
आज यो देशमा
राजा बन्ने होड चलेको छ ।

आफ्नो कामको शिलशिलमा थाईलैंडको बैंकक पुगेका बेला त्यहाँको टेम्स नदीमा वग्ने कलकल पानी र सुन्दरता देखेर कविको मनले एकपल्ट यता नेपालको राजधानी काठमाण्डौंमा हिन्दुहरुका महान देवता मानिने पशुपतिनाथकै अघिबाट शहरलाई दुर्गन्धित बनाउँदै वगेको वागमतीलाई सम्झन्छ । बैंककको सेराटन होटलमा कवि नवराज सुब्वालाई एउटा कविता फूर्छ ‘टेम्स नदीको चिट्ठी’ । टेम्स नदीको चिट्ठीले नेपालीलाई एक पटक मज्जाले सम्झन वाध्य पारेको छ । खास गरी नेता, प्रशासक र काठमाण्डौंवासीलाई ।
शहरको बीचमा स्वच्छ भएर
बग्नुमै नदीको जीवन रहेछ
वारिपारि गर्ने यात्रीलाई डुङ्गामा हालेर
कोक्रोमा बच्चा हल्लाएझै
छातीमा रहर खेलाउनुको
आन्नद वेग्लै रहेछ
नपात्याए फूर्सद मिलाएर
एकपटक मलाई हेर्न आउ
तिमीलाई निम्तो छ ।

संग्रहमा ५ लाइनका कवितादेखि लिएर लामा कविता सम्म सबै गद्ममा छन् । सवै कविता सरल र सुन्दर छन् । यात्रा आधा शताब्दीको कविता संग्रह नेपाली साहित्यको भण्डारमा एक मानो थप अन्न हो । पुस्तकको डिजाईन, कभर, र पेपर पनि गुणस्तरिय नै छन् । यसलाई धधध।लचकगददब।अयm।लउ ले प्रकाशन गरेको छ । कृति भित्रको अलिक भद्धा लाग्दो पक्ष भनेको कविको वारेमा गरिएको प्रचार हो । कृतिमा आफ्नो प्रचार आवश्यक छैन् । त्यो त पाठकले गर्ने हो ।

साभार : ब्लाष्ट दैनिक वर्ष १७, अंक ५७, पूर्णंक ५८१२, पृ.२, मंसीर ४, २०६८
(लेखक रेडियो परिवर्तन इटहरीका स्टेशन मेनेजर हुनुहुन्छ ।

)T

Thank you Ram Prasad Kharel jee, nrsubba

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.