मुक्तक (नवराज सुब्बा)
कविता कोर्दा किन हो कवि नै रिसाए
गीत गाउँदा किन हो कलाकार रिसाए
जब नियालें आफन्त र आफन्तका मन
अचम्म ! नजिककाहरू किन हो टाढिए ।
फागुन १५, २०६८ विराटनगर
Read Moreकविता कोर्दा किन हो कवि नै रिसाए
गीत गाउँदा किन हो कलाकार रिसाए
जब नियालें आफन्त र आफन्तका मन
अचम्म ! नजिककाहरू किन हो टाढिए ।
फागुन १५, २०६८ विराटनगर
Read Moreअनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।
खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ ।
Read Moreकेवल रमिता हेर्छन् तर
रातो अचानामा बगेको महाभारत
पढ्ने आँखा अझै उघ्रेनन्
द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो
जीवनहरण दिउँसै भइरहेछ
नारीलाई बोक्सी आरोपित गरेर
लछारपछार गर्दै दुनियाँ
जननीको गला निमोठ्दै छ
मानवशून्य बन्दै मान्छे
दिसापिसाब मुखमा बलात् कोच्दैछ
घाँटी थिचेर चीत्कार दबाइँदैछ
यसरी एउटी अबलाको जीवनयात्रा
निषेध भएको छ ।
यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेलाRead More
Yesterday In this country There used to be the King, Poets, Artists and Singers and Historians- they all Praised Him. The King dictated them to write His glory.Read More
हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
Read More