आप भी चलिए ना ! (लघुकथा) नवराज सुब्बा

आज विहान प्रातकालीन यात्रामा थिएँ ।

बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो मैले राम्ररी बुझिन । मलाई त्यो सामान्य शिष्टाचारको कुराकानी होला भन्ने लाग्यो । हामी तीनजना अलि नजिकिदै गए पछि एउटा वाक्य भने मैले राम्ररी सुनें । हिडिरहेको बटुवाले त्यो धोबीलाई भनिरहेथ्यो–
“सभी लोग सडकमें माग कर रहें है, आप भी चलिए ना !”
यो सुनेर धोबिको अनुहारमा एकाएक नकारात्मक र वितृष्णायुक्त भाव उत्पन्न भयो । यो भाव देखेर हो वा मलाई पनि नजिक देखेर हो उक्त बटुवाले मतिर पुलुक्क हेर्यो र खिसिक्क हाँस्यो । प्रतिक्रियामा म पनि मुस्कुराएँ । भारिले थिचिएकै अवस्थामा भए पनि सकि नसकि धोबिले व्यङ्ग्यात्मक हाँसो निकाल्यो ।

हाँसो टुङ्गिदा हामी निकै टाढा हिंडिसकेका थियौं ।

जेष्ठ १२, २०६९ विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *