सजिलो-गाह्रो (नवराज सुब्बा)

बन्दूक चलाउनु सजिलो छ
गाह्रो कस्लाई नताक्नुमा छ
कलम चलाउनु सजिलो छ
गाह्रो के चाहिँ नलेखनुमा छ ।

बोल्नु गफ हाँक्नु सजिलो छ
गाह्रो कुन कहाँ नबोल्नुमा छ
गाली गर्नु धिक्कार्नु सजिलो छ
गाह्रो कसलाई चाहिँ नगुर्नमा छ ।

मान्छे जगाउन सजिलो छ
गाह्रो मान्छे सुताउनमा छ
आकासमा उड्न सजिलो छ
गाह्रो पुगुञ्जेल नउड्नुमा छ ।

माग राख्नलाई सजिलो छ
गाह्रो के चाहिँ नमाग्नुमा छ
ल दिन्छु भन्नु सजिलो छ
गाह्रो के चाहिँ नदिनुमा छ ।

बाटोमा हिंड्नु सजिलो छ
गाह्रो कतातिर नहिंड्नुमा छ
माया लगाउनु सजिलो छ
गाह्रो कस्लाई नलाउनुमा छ ।

जेठ १५, २०६९ विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *