प्रशंसापत्र (कविता) – नवराज सुब्बा

कसले भन्छ
यहाँ सधैं उही
जूनको फेदमा
अँध्यारो चिसो रात
बिछ्याएर बस्ने हामी किरण
खै किन हीरा जस्तो चम्केनौं
बत्तीको फेदमा
अँध्यारो दुर्भाग्य पोखिएका
यत्रतत्र छरिएका हामी छाया
कोही दियोर्भैंm किन सल्केनौं !
आजकल वुद्ध पनि
गुम्बाबाट बाहिर निस्कदैनन्
मन्दिर, मस्जिद र चर्चमा
भगवान, अल्लाह, प्रभु मूर्तिवत छन्
हाम्रो वस्तीमा या शहरमा
अनि यो देशमा
अभैm कति अग्ला हिमाल र
अझै कति होचा टेकबहादुरहरू
जन्मदैछन् ?
यो जन्मभूमिलाई
कोही शान्तिभूमि अनि
कोही क्रान्तिभूमि किन भन्दैछन्
हो हामीसंग उत्तर छन्, दक्षिण पनि छन्
पूर्व, पश्चिम, सबै दिशा र थुप्रै ध्रुवहरू छन्
जो केवल जुध्न खोजि रहन्छन्
जो हरदम मिल्न खोजिरहन्छन्
यहाँ कोही छैनन् अरू कोही हैनन्
यिनीहरू आफै जित्छन् अनि आफै हार्छन् पनि
आफै बनाउँछन् अनि आफै भत्काउँछन् पनि
अब यो वीर जातिले आफ्नो उपलब्धिमा
उभयीलिङ्गी अर्थात् नपुङ्शकतामा पनि
गौरव गर्ने दिन कहिले आउला ?
हामी गिनीपिगको पनि कीर्तिमान
गिनिज बुकमा कहिले दर्ता होला
र पाइएला प्रमाणपत्र
कुन दिन थापिएला
प्रशंसापत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *