Hami Pahile Nepali

Lyricist- Nawa Raj Subba, Music- Shakti Ballav, Singer- Sumit Khadka

(१) हामी पहिले नेपाली…

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु ।

नेपाली चिनाउँने हिमाल सगरमाथा
अरनीको कला र गोर्खाली वीरगाथा
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

माघीनाच, धाननाच, सिरुवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली) download via box.com / preview