Category Archives: Audio Album-1 Deshko Maya

Nepali Patriotic Songs Album Deshko Maya, Lyricist- Nawa Raj Subba

Hey Janmabhumi

Lyricist- Nawa Raj Subba

१०
हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटल
सन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल ।

शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमाल
मेची र काली रमाई गाउँछन् यही देश विशाल
यो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्ति
हे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल ।

बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महान
सबै जातजाति सम्पूर्ण धर्म उच्च र समान
बगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियोस्
जय होस् आमा सुन्दर गौरव जय होस् नेपाल ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- वाशु लामा, स्वर- वाशु लामा, विकेश विश्वकर्मा, सुनिता कटुवाल, बिमला राई, डि.बी. राई, एल्बम- देशको माया) download via box.com / preview

Chadhdai Jau

Lyricist- Nawa Raj Subba


चढ्दै जाऊ शिखर
छोऊ आकाशलाई
विजयको गीतसितै
बाँडौ प्रकाशलाई ।

नलडाऊ कसैलाई
पाइला अघि सारौं
जीत हुन्छ सबैको
मिलीजुली बढौं ।

जति माथि पुगे पनि
मन त यहीँ हुन्छ
देशको यो पुकारलाई
सम्झी छामे पुग्छ ।

(शब्द रचना- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, स्वर- स्वरुपराज आचार्य, एल्बम- देशको माया) download via box.com / preview

Yo Jyanko Maya

Lyricist- Nawa Raj Subba


यो ज्यानको माया के माया
जन्मेको भूमि ठूलो रैछ
हिमाली छाया देशको माया
परन्तुसम्म लाग्दो रैछ ।

तम्बरैखोला बाढी आयो
माटोको माया उर्ली आयो
परदेशै आए पुलै तरी
गाउँघरको मायाँ गाठै पारी ।

यो मनले आज सम्झिल्याउदा
कर्मैले ल्यायो विदेशैमा
लुङ्ङाज्यू पालाम सम्झिल्याउँदा
फर्कि म आउला स्वदेशैमा ।

(शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) download via box.com / preview