Category Archives: Audio Album-4 Lukeko Rahar

Nepali Gazal Album ‘Lukeko Rahar’ Lyrics- Nawa Raj Subba, Music- Shakti Ballav

Kati Sun

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ९

कति सुनका कुरा गरौं अब गुनका कुरा
गर्मी भो प्रिय थालौ अब जूनका कुरा ।

चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय
आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा ।

आफन्त माया मारी पराय आफ्नो बनायौ
दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा ।

छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ
छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः भीम चापागाइँ, गजल एल्बम– लुकेको रहर) Audio download / preview

Deoralima

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ८

देउरालीमा बरपिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

देऊ मलाई दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) Audio download / preview

Tyo Mrityu

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ७

त्यो मृत्युको आभास आइरहन्छ किन
कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु
हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ
केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो
फकाई कसैले हरदम खाइरहन्छ किन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर) Audio download / preview