Category Archives: Audio Album-3 Amulya Jiwan

Lyricist- Nawa Raj Subba

Sahidlai Salaam

Lyricist- Nawa Raj Subba

सहिदलाई सलाम!

सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ
स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौ
यस्ता वीर सप्रतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

शोषित पीडित जनताको आत्मबल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

(गीतकार: नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम- अमूल्य जीवन) download via box.com / preview

Gulaf

Lyricist- Nawa Raj Subba

८. गुलाफ

गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु
उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु ।

सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ,
चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ ।

साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर,
सपनीमा आउने माया, बिपनी मैं आउने गर ।
(गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम: अमूल्य जीवन) download / preview

Biwasta

Lyricist- Nawa Raj Subba

७. विवशता

विवशताले वाँधिएको मान्छेको जीवन
पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् ।

तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ
लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ ।

बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी
हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो नेपालमा रेकर्ड गरिएको गीत) download via box.com / preview