Category Archives: जनस्वास्थ्य

Public Health Articles on contemporary issues of Nepal

दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।

A Brief Note on Health Psychology

Dr. Nawa Raj Subba

Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains harmonious relationships with other living things and having otherworldly heading and reason. This incorporates living according to one’s ethics, morals, and values. Continue reading A Brief Note on Health Psychology

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । Continue reading भाइरल ज्वरो इन्फ्लुएन्जा

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

डा. नवराज सुब्बा

आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क हुनसकेका छैनन् । भनेको बेलामा एम्बुलेन्स नपाइनु, आपद विपद् परेको बेला एम्बुलेन्सको लागि सम्पर्क गर्दा फोन नउठाउने गरेको, सम्पर्क भईहाले एम्बुलेन्स बिग्रेको भनेर नआउने गरेको विविध प्रकारको जनगुनासो छन् भने अर्कातिर अस्पतालको गेट वरिपरि एम्बुलेन्स थुप्रिएर बस्ने गरेको पाइन्छ । Continue reading एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ ।

सामान्यतयाः मानसिक रोग चार प्रकारका वर्गीकरण गरिएको हुन्छ । १. साइकोसिस वा पागलपन २. डिप्रेसन वा उदासपन, ३. चिन्तारोग वा मानसिक तनाव र ४. अन्य अर्थात् छारेरोग, लागुपदार्थ मादकपदार्थका दुव्र्यसनी, सुस्त मनस्थिति आदि । मानसिक रोगका कारणहरूमा वंशानुगत, मानसिक तनाव तथा घटनाविशेष, पूर्व प्रसूती तथा उत्तर प्रसूती अवस्थामा पर्ने असर पर्दछन् । यस्तै संक्रमण जस्तै मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाउकोमा चोट, लामो समयसम्म मद्यपान, उपचार नगरिएको छारेरोग र स्नायु प्रणालीमा उत्पन्न परिवर्तन पनि मानसिक रोगका मुख्य कारणहरू हुन् । Continue reading मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विराटनगरमा होमियोपैथी दिवस

चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा प्रणालीका व्यवहारिक पक्ष, संभावना र चुनौतीबारे बोल्नु भएको थियो । संघका अध्यक्ष डा. जीवन प्रकाश रायको अध्यक्षतामा भएको समारोहमा डा. द्रोपति शाहले स्वागतमन्तव्य, महासचिव डा. रविप्रकाश रायले वार्षिक प्रतिवेदन पेश र डा. श्रवणकुमार यादवले कार्यक्रम संचालन गर्नु भएको थियो ।

दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।

मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

घटनाको विवरणः मोरङ दर्वेशा गा.वि.स. वार्ड नं. ९ रंजनी बस्ने विमल कोइरालाकी श्रीमती वर्ष २१ की सविना कोइराला गर्भवती भई मिति २०६९।११।१८ गते विराटनगर स्थित डा. रम्भा देवको सुरक्षा अस्पतालमा आफ्नो गर्भ चेक जाँच गर्न आई डा. रम्भा देवद्वारा निजको गर्भ चेक जाँच तथा भिडियो एक्स–रे समेत गरी ठिक भएको भनिएको । तर फागुन २३ गते श्रीमति सविना कोइरालालाई दिउसो २–२:३० बजे तिर आफूलाई ज्वरो आउन शुरु भएकाले भाउजु टीका कोइरालाले डा. रम्भा देवसंग मोवाइलबाट सम्पर्क गरी सोध्दा सिटामोल ख्वाउनुस् भनेकाले सिटामोल एक चक्की खुवाएको तर एक दुई मिनटमा नै सबिनाले बान्ता गरेको भनाई । त्यस पछि पानीपट्टि दिइएको, रातको १ बजे पिसाब फेर्न जांदा योनीमार्गबाट केही रक्तश्राव भएको थाहा भएको बिरामीपक्षको भनाई रहेको । उपचारार्थ एम्बुलेन्स बोलाएर २ बजे तिर सुरक्षा अस्पतालमा आएको ।  अन्दाजी ३ वजेतिर सुरक्षा अस्पतालमा निज डा. रम्भा देवले निजलाई चेक जाँच गर्दा योनीमार्ग खुलेको अवस्था पाएको भन्ने चिकित्सकको भनाइ रहेको । सबिनाको बच्चा बचाउन सकिदैन बच्चा आफै वाहिर आउँछ भनी सलाइन लगाई वेडमा भर्ना गरेको । अन्दाजी ४:३० बजे तिर बेडमा नै बच्चा आफै निस्किएको ।  त्यसपछि एक वटा इजेक्सन दिइएको । डा. रम्भा देवले अहिले विरामीको स्वास्थ्यस्थिति सामान्य छ, १० बजे तिर म आएर फेरि हेर्छु अनि भिडियो एक्स–रे गरेर क्लियर रहेछ भने डिस्चार्ज गरी दिन्छु भनी डा. गएको मृतकपक्षको भनाई । अन्दाजी ९ बजे तिर विरामीले छाती दुख्यो भनी डिउटीमा रहेकी नर्सले जानकारी गराएको । तुरुन्तै डा.रम्भा देव आई चेक जांच गर्दा विरामीको रक्तचाप अत्यन्त कम पाएकाले निजलाई तत्काल केही सुईद्वारा उपचार दिंदा समेत सुधार नभएको भन्ने चिकित्सकको भनाई रहेको । विरामीलाई तत्कालै डा. कनक खनाल सहितको एनेस्थेटिष्ट समेतले बिरामीलाई यथावस्थामा अपरेशन थेटरमा लगि उपचार कोशिस गर्दा गर्दै विरामीको मृत्यु भएको चिकित्सकहरुको भनाई रहेको। Continue reading मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

Support for Rehabilitation in Biratnagar Nepal

सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई निमन्त्रणा गरि जुन सम्मान प्रदान गरियो त्यसको लागि पनि लायन्स क्लब तथा स्पर्श नेपाललाई धेरै धेरै धन्यवाद छ र शुभकामना पनि ।

Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

माघ २९, २०६९ विराटनगर ।
मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले हात्तीपाइले रोग र अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त शिबिरमा कार्यक्रमको संयोजन शिबिरका तर्फबाट डा. शाक्य र जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट पथरी र शनिश्चरे उपस्वास्थ्य चौकीका इञ्चार्जहरु क्रमसः श्री मुरारी आचार्य र श्री टीका लिम्बूले गर्नु भएको छ । शिबिरमा ६ हजार भन्दा बढीले औषधी खाने योजना रहेको पनि बताइएको छ ।