Category Archives: समालोचना

‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

– डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
साहित्य अमर छ । साहित्यकारको भौतिक शरीर नरहे पनि उनका लिखित अनुभूति, स्वाद, आग्रह र सन्देश सधैं जीवित रहन्छन् । नेपालको एक ऐतिहासिक तथा सुन्दर जिल्ला पाल्पा निवासी कवि कृष्ण पहारीलाई म ‘स्वर्गीय’ शब्दले सम्बोधन गर्न त्यसैले चाहन्न । उनीसंग मेरो देखभेट कहिल्यै भएन । कुराकानी त भयो तर फोनमा, फेसबुकमा, म्यासेञ्जरमा मात्र । उनले केही वर्ष अघि मलाई उनको प्रकाशित कवितासंग्रह ‘मान्छे हराएको देश’ समीक्षार्थ कुरीयर मार्फत् पठाएका थिए । उनीसंगको कुराकानीमा मैले ‘हुन्छ गरौंला’ त भनें, तर भित्री मनमा म समीक्षा तथा समालोचनामा हात भरसक हाल्दिन भनेर एकप्रकारको अठोट गरेर सबैलाई टार्दै बसि रहें । उनले पछिपछि फोनमा समीक्षाको कुरा उठाउन पनि छाडे । उनी स्वास्थ्यकर्मी पनि भएकाले हाम्रो अर्को पनि नाता थियो, त्यतैतिर कुरा मोडियो । उनले एकपटक विराटनगर आउने इच्छा भएको कुरा प्रकट गरेका थिए । यसरी म पनि कुनैबेला उनीसंग रमाइलो भेटघाट होला भनेर आशामा बसेको थिएँ । Continue reading ‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा

‘म किन लेख्छु !’

(कृति परिचय तथा समीक्षा)
डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
यो प्रश्न पुस्तकका लेखक डा. तुलसी भट्टराईको हो । यो प्रश्न मेरो पनि हो । अनि यो प्रश्न समस्त लेखकहरुको हो । त्यत्ति मात्र हैन यो जिज्ञाशा पाठकको समेत हो । नपत्याए फेसबुकका वालहरुमा पोतिएका अक्षरहरु हेरौं ! लेख्नमा को भन्दा को कम छ र । अलि जान्नेले लामो पाराले लेख्छन्, सिकारुले अलि छोटो लेख्छन् । लेख्न नसक्नेले फोटो खिचेर तस्बिर फेसबुकवालमा राखेकै छन् । यिनीहरु अभिव्यक्तिकै स्परुपहरु हुन् ।
आज म लेखक डा. तुलसी भट्टराईको निबन्धसङ्ग्रह ‘म किन लेख्छु !’ भित्रका केही रचनाहरुबाट प्रभावित भएर हामी सबै पाठकलाई चासो र काम लाग्ने केही गुदी कोट्याएर यो छोटो समीक्षात्मक लेखमा राख्तैछु । हुन त पुस्तक अम्बाजस्तै क्वाप्पै खाए पनि हुने गरी स्वादिलो छ । ती सबै परिकार पस्कन म सक्दिन होला । त्यसैले ओखर फुटाएर मसित जेभएको मनभित्रको कनकुर्नीले गुदी कोट्याएझैं गर्दैछु । भनिहालें नि, यो कृतिलाई भान्सामा तुलना गर्दा सिंगै परिवारलाई पुग्ने भडुमा पाकेको तातो भातजस्तो छ । म भान्सेजस्तो पुन्युले पस्कने अवस्थामा नभएर फलैंचाको डिलमा बसेर यसो ओखरदाना फुटाएर गुदी आफू पनि खाने र छेऊछाऊमा आउनेलाई पनि बाँड्ने रुपमा मात्र प्रकट भएको हुँ । Continue reading ‘म किन लेख्छु !’

‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

– डा. नवराज सुब्बा

(क) पुष्ठभूमि
इतिहास निर्माता तथा इतिहासकारलाई समयका विभिन्न कालखण्डमा जनताले जय मात्र हैन मूर्दावाद पनि भन्दारहेछन् । मन परे पनि नपरे पनि इतिहास पढ्नै पर्छ र त्यसबाट पाठ सिक्नै पर्छ, यो नै स्थापित मान्यता हो । इतिहासले इतिहासकारलाई प्रवेश गर्ने ढोका सदा खुल्ला राखेको छ, जसले भावी पिढीलाई इतिहास सुदृढ गर्ने, सच्याउने र पुनर्लेखन गर्न पनि मार्ग प्रसस्त गरेको हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर समुदाय, बर्ग, देशको लागि इतिहासको अनुकरण र सामञ्जस्य गर्ने वीरहरुको खोजी इतिहासले गरिरहेको हुन्छ । अर्कातिर घटना, पात्र, प्रभावभन्दा माथि उठेर बिना कुनै पूर्वाग्रह सत्यतथ्यको अनुसन्धान र उद्घाटन गर्ने ज्ञानी र विवेकी अनुसन्धाता तथा लेखकको खोजी प्राज्ञिक जगतले पनि गरेको हुन्छ । Continue reading ‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा