Category Archives: निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

डा. नवराज सुब्बा

मानव विकासक्रममा विश्व इतिहासले केही कुरा संकेत गरेको छ । विभिन्न देशका अनुसन्धानकर्ताहरुले भूगोल, इतिहास, संस्कृति र राजनीतिलाई जोडेर विश्लेषण गर्ने गरेका छन् । विभिन्न तथ्यहरुको आधारमा आगामी सन् २०५० मा विश्व मानचित्रको प्रक्षेपण गरेका छन् । आजका विकसित मुलुकहरुको अवस्था भोलि के हुँदैछ अनि आज विकासोन्मुख राज्य भविश्यमा कस्तो अवस्थामा पुग्नेछन् भनेर भविश्यवाणी गरिएको छ । त्यसबेला नेपालको स्थान कस्तो हुनेछ, नेपालीलाई जिज्ञाशा उठ्नु स्वभाविक हो ।

ऐतिहासिक पृष्ठभूमिबाट प्रवेश गरौं । हालसम्म जीवित संसारको दश प्राचीन शहरहरुमा क्रमसः चीनको ल्योहाङ, बुल्गेरियाको प्लोभडिभ, सिरियाको अलेप्पो, प्यालेष्टाइनको जेरिको, मेक्सिकोको चोलुला, भारतको वाराणसी, इजरायलको जेरुसेलम, लेबननको जेरुसेलम, ग्रीसको एथेन्स र सिरियाको दमेस्कस हुन् (टपटेन्ज, २०१७) । Continue reading सन् २०५० मा विश्व मानचित्रमा नेपालको स्वरुप कस्तो होला?

हामीलाई कस्तो खुशीको आवश्यकता छ?

डा. नवराज सुब्बा

मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ?

यो खुशी विषयमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरे । उनका अनुसार खुशी भनेको असल मानिस हुनु हो । साथै कसैको दासत्वमा नपरिकन स्वाभिमानमपूर्वक बाँच्नुलाई नै अरस्तुले खुशी माने । यसैले खुशी एउटा लक्ष्य बन्यो र हासिल गर्न कठिन भयो । अर्का ग्रीसेली दार्शनिक एपिक्युरसका अनुसार खुशी सानातिना कुराबाटै प्राप्त हुने गर्दछ । Continue reading हामीलाई कस्तो खुशीको आवश्यकता छ?

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा

स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइ पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् । हाल स्थानीय सरकारको व्यवस्था भएको छ । जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालय नरहेको र सो कार्य समेत स्थानीय सरकार चलाउने व्यवस्था भएकाले यसबारे मूलभूत जानकारी र धारणा स्वरूप केही कोर्दैछु । Continue reading स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा

नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा निरन्तर जन्माउँछ । यसैले यो विषय सामाजिक अध्ययन र राजनीतिको लागि मलिलो बनेको छ । तर यस विषयमा पर्याप्त बुझाइ हुन नसके पनि आ–आफ्ना निष्कर्ष निकालिन्छन् । निष्कर्षलाई आफू अनुकूल व्याख्या र प्रयोग गरिन्छन् । आज प्राज्ञिक जगतका विविध आयाममा यसबारे के के काम वा अध्ययनहरू भइरहेछन् जान्न जरूरी भएको छ । यसबारे सामाज मनोविज्ञान क्षेत्रमा पहिचानलाई कसरी लिइन्छ वा बुझिन्छ भनेर विभिन्न धारणा र सिद्धान्तको विकास भएको पाइन्छ । यसले समाज र समाजको गतिविधि बुझ्न सहज बनाएको छ । Continue reading पहिचानको मनोवैज्ञानिक आधार

मुक्कुलुङ अर्थात् पाथिभरा देवी

डा. नवराज सुब्बा
—–
पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा धान भर्दा जस्तो देखिन्छ त्यस्तै देखिने डाँडो भएको सादृश्यमा पाथिभरा नामाकरण भएको यस स्थलमा शक्तिको वास छ भन्ने विश्वासको आधारमा पाथिभरा माताको प्रादुर्भाव भएको जनश्रुति छ । यसरी किरातकालीन मुन्धुममा आउने स्थल मुक्कुलुङ आज हिन्दूहरू समेतकी आस्थाकी देवी शक्तिरूपा पाथीभरा माताको पवित्र तीर्थस्थल हो । हालको ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा जाने भीडमा आदिवासी लिम्बू जाति भन्दा बढी नेपाल र भारतबाट हिन्दू तीर्थालुको लर्को देखिन्छ । यसैले म पाथिभरादेवी जसलाई आदिवासी लिम्बूले मुक्कुलुङ साम्माङको शक्तिको रूपमा मात्र नभएर शक्तिरूपा पाथिभरादेवीलाई पुज्न जाने तिर्थालु सबैलाई एकैठाउँमा ल्याइदिएको देख्दछु । आदिवासी किरात लिम्बू तथा सनातन हिन्दूको समन्वय भएको यो धार्मीक स्थल र साँस्कृतिक दोभान एक आस्थाकेन्द्रको रूपमा प्रसिद्धि बढ्दो छ । भौगोलिक रूपमा ३७९४ मीटरको उँचाईमा अवस्थित शुन्दर प्राकृतिक भूमिका अवस्थित तीर्थस्थलले ताप्लेजुङ जिल्लाको पर्यटनको सम्भावना पनि बढेको छ । Continue reading मुक्कुलुङ अर्थात् पाथिभरा देवी

गुरूहरू सम्झँदै (संस्मरण)

डा. नवराज सुब्बा
————–
हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त दुःखद समाचार सुनेर म स्तब्ध भएँ । उहाँ हाङपाङमा हिंडेको, डुलेको, पढाएको झझल्को याद आयो । जे होस्, उहाँ सदा सम्झनयोग्य गुरूपात्र हुनुहुन्छ । उहाँलाई हामी विद्यार्थीले जीवनमा अनुशासन र मर्यादाको द्यौराली अनि शिष्ठता र सालिनताका प्रतिमूर्तिको रूपमा सदा श्रद्धा गर्नेछौं ।
यहि क्रममा मैले अरू सबै मेरा गुरूजन जो हाङपाङमा विद्यालयमा पढ्दाताका मलाई पढाउने, सिकाउने हुनुहुन्थ्यो सबैलाई फिल्मको रील घुमे जसरी सम्झन थालें । अब म त्यही सरस्वती माद्यमिक विद्यालयमा आफूले पढ्दाताकाका अहिले सम्झेका गुरूहरूको पुनः सम्झना गर्दै सामान्य चर्चा गर्न चाहन्छु Continue reading गुरूहरू सम्झँदै (संस्मरण)

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

डा. नवराज सुब्बा

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ति चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चश्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रीत छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु । Continue reading पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा

श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो लाग्दछ । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाम्रोतिर शिक्षक नपाएर एक योग्य शिक्षकको खोजीमा उहाँलाई दार्जिलिङबाट फकाएर, बोलाएर, ल्याएर हेडसर पदमा स्थापित गरिएको रहेछ । त्यसबेला हाम्रो क्षेत्रमा विद्यालय उति थिएनन् । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्ने कालमा दार्जिलिङमा पढेर बी.ए. पास गरेका एक होनाहार युवकलाई मनाउन गाउँका अग्रजहरू सफल भएका रहेछन् । उहाँका पिता भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँका पिता तेह«थूमस्थित भारतीय सैनिक डिष्ट्रिक्ट सोल्जर्स बोर्डको कार्यालयमा भएको बेला आफ्ना छोरा गणेशबहादुर राईलाई बोर्डले केही सहयोग गरेको, मूलतः जनताले नै चन्दा उठाएर चलाएको सरस्वती स्कुलमा शिक्षकको रूपमा ठूलो जोखिम र जिम्मेवारीसाथ पठाउनु भएको रहेछ । Continue reading आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा यो विवाद अनावश्यक विवाद हो । राज्यको ढुकुटीको दुहाई दिएर तर्साउन खोज्नु मनोवैज्ञानिक दृष्टिले परपीडक आत्मरतिको द्योतक हो । यस्तो तर्क तिनैको पाइयो जसको राज्यको ढुकुटीमा प्रत्यक्ष र परोक्ष पहुँच र प्रभाव छ । यसबारे न प्रभावित वर्ग बोलेको छ, वा साँच्चै पाउनु पर्ने वर्ग न बोल्न सक्छ नै । Continue reading भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

भीरको खरझैं लजालु
गुराँस फूलझैं बैंशालु
कस्की छोरी कस्की चेली
कस्की हौ तिमी मायालु ?

सीताकी हुँ म बहिनी
पार्वती मेरी साहिंली
विशाल हिमाल पिता मेरा
नेपाल मेरो माइती ।
(गणेशबहादुर राई)

आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ । एउटा आदर्श गुरु जसले जीवनको आरोहअवरोह, घातप्रतिघातको निसानी अचानो जस्तो जीवन जिउँदै केही आशा केही निराशा बोकेका एउटा सजीव बिम्ब हेडसर गणेशबहादुर राई जसको नाम लिंदा मात्र पनि हामी विद्यार्थीको मनमा एउटा हौसला उत्पन्न हुन्छ । Continue reading प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !