Category Archives: Books Essays 2

Essays are written by Nawa Raj Subba

Samayako Swad


Essays by Nawa Raj Subba

समयको स्वाद – निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर ।

Preview/Download
निबन्धसंग्रहभित्र निम्नानुसार सचनाहरू संग्रहित छन् । संस्मरण खण्डः १ सुर्तीको स्वाद २ विष्टबाको सुन्तला ३ हारमोनियमको नशा४ मितज्यू !५ देउसी २०३८ ६ तेह«थूमको सम्झनामा७ पाथिभरादेवीप्रति मेरो अटल श्रद्धा छ ८ गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ ९ विदेशमा देखेका कुरा १० धन्यवाद फेसबुक ११ चामल र खुसी १२ सूर्यग्रहणको दिन१३ द्वन्द्व को पीडा १४ रिक्सावाला१५ नेपालीपन ढकमक्क फक्रेको दार्जिलिङ१६ नेपाली भाषाको गुरूत्वाकर्षण १७ साहित्यिक यात्रामा फूल र काँडाहरू१८ चार श्रीमतीहरू१९ स्व. देवकुमारी दिदीलाई काव्यात्मक श्रद्धासुमन२० जपरोग (व्यङ्ग्य) विचार–खण्डः २१ संवेदना, कला र ग्ल्यामर २२ गजल पजल होइन२३ स्रष्टा र सञ्चारको सम्बन्ध२४ रेडियोप्रति श्रोता र स्रष्टाहरूको अपेक्षा२५ द्वैध भूमिकाको अन्त होस् २६ रोकिन्नन् हातका कलमहरू !

सुर्तीको स्वाद
– नवराज सुब्बा
मैले सबैभन्दा धेरै आशीर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिंडी तथा सुर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशीर्वाद पाएँ । अँगेनाबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिँदा त्यसबेला मलाई धेरैले ‘ठूली–ठूली’ भनेर आशीर्वाद दिए । कसैले ‘जम्दार हुनु’ ‘सुब्दार हुनु’ भनेर आशीर्वाद दिए । कसैकसैले ‘जर्नेल हुनु’ ‘कर्नेल हुनु’ भनेर पनि आशीर्वाद दिए । तर मलाई भने सानोमा पाइलट बन्ने इच्छा थियो । किनभने कहिलेकाहीँ हाम्रो गाउँमाथिको आकाशमा हवाईजहाज, हेलिकप्टर उड्ने गर्दथ्यो त्यो देखेपछि मलाई भित्रैदेखि पाइलट हुने इच्छा जागेको थियो । ‘पछि तँ के हुन्छस् हँ ?’ भनेर कसैले सोध्दाखेरि म सोही ईच्छा प्रकट गर्ने गर्दथें । त्यो थाहा पाउने कतिपयले मलाई ‘पाइलट हुनु’ भनेर पनि आशीर्वाद दिएका थिए । तर त्यो आशीर्वाद पूरा भएन । मेरो घरमा दोकान पनि थियो । दोकानमा ग्राहकहरू शिव बिंडी, गणेश बिंडी किन्दथे । कसैले आशा चुरोट, गैंडा चुरोट र हुनेखानेले चाहिं याक चुरोट किन्दथे । र त्यो सल्काउन कतिपयले मलाई ‘आगो ले ले ! नवराज !’ भन्दथे । म पनि बडो फूर्तिकासाथ चुल्होमा पुग्दथें, आगो लिन । आज्ञाकारी बालकझैं चुल्होबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिन्थें । कहिले बल्दै गरेको दाउरा तानेर खुरूखुरू ल्याइदिन्थें । कहिलेकाहीं भर्खरै बल्न थालेको दाउरै उठाएर लुरूलुरू ल्याइदिन्थें । यसरी आगो झिक्दा अगेना निभेमा यता आमाको खप्की खानुपर्दथ्यो, त्यसैले त्यो काम प्रायः म आमाको आँखा छलेर गर्ने गर्दथें । त्यसबेला आगो पुर्याएपछि म उपर बर्सने आशीर्वाद पाएर म बुझिनबुझी फुरूङ्ग हुन्थें । उसबेला म सायद चुल्होबाट आगो जेनतेन ल्याउनसक्ने त्यस्तै चार–पाँच वर्षको बालक हुँदो हुँ । त्यसबेला कहिलेकाहिँ मलाई मनमा एकप्रकारको जिज्ञासा उठ्ने गर्दथ्यो– ‘कस्तो हुन्छ होला ? त्यो सूर्तीको स्वाद’ भनेर । एकपटक मैले उनीहरूले फालेका ठूटा उनीहरू उठेर गएपछि सल्काएर चाखें । तर, अहँ मलाई त्यो पटक्कै मीठो लागेन । मलाई त्यसको स्वाद बन्दै मन परेन । Continue reading Samayako Swad

Manko Majheri

Essays by Nawa Raj Subba

मनको मझेरी- निबन्धसंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६४ साल – वाणी प्रकाशन विराटनगर । 
Preview/Download

यस निबन्धसंग्रहभित्र जम्मा २० वटा निबन्ध संग्रहित छन् ।
१ नयाँ नेपालको चित्र
२ तस्वीरमा पोखिएका कविताहरू
३ श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई
४ आमाका रूपहरू
५ तरकारी बेच्ने महिला
६ हाक्पारे सङ्गीत
७ गीतसङ्गीत भित्र देश र जीवन खोज्दै
८ जन्तरेसरको टक्करी ट्वाक
९ ती एक जोडी परेवा
१० धन्यबाद धराबासी
११ जदौ दाहाल यज्ञनिधि
१२ साहित्यकार इमान्दार हुन्छ
१३ स्रष्टाप्रति समाजको अपेक्षा
१४ टेलिफोन र थुतुनो
१५ पशुप्रति मानव सम्वेदनशीलता
१६ पुस्तकालय
१७ बैंकक शहरमा कोइलीको स्वर
१८ भेगाइको अनुभूति र प्राप्ति
१९ सम्झनाको तरेलीमा प्रधानबा
२० तालु ।
माथिका निबन्धहरू मध्ये पाठकद्वारा रुचाइएको एउटा निबन्ध नमूनास्वरुप प्रस्तुत छ ।

श्रद्धाञ्जली एउटी लिम्बूनीलाई
– नवराज सुब्बा

ठूला मान्छेले मर्नअघि मान-भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउछन् । सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य महिला अझ मापाकी लिम्बूनी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झने सम्म मानिस पनि खोइ छैन जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु- थोरबहुत जीवनी कोट्याउदै ।
एउटी साइलीबूढी वा लिम्बूनीबूढी थिएन् ताप्लेजुङ हाङपाङ हाइस्कुलको खेलमैदानै मुन्तिर । त्यसबेला म उनलाई श्रद्धा भन्दा पनि डरपूर्वक साइलीबजू भन्दथें । उनी हामीजस्ता स्कुले विद्यार्थीका खलनायिका बनेर सधै विद्यार्थीलाई पीडा दिने गर्दथिन् । खेल्दाखेल्दै भकुण्डो मैदानबाट तल उनको बारीमा खस्यो भने हाम्रो मुटु ढुक्ढुक् हुनेगर्दथ्यो । बुझनुपर्दथ्यो साइलीबजूको हसियाले अब भकुण्डो प्वाल पर्‍यो । कि त बुझनुपर्दथ्यो बूढीले टिपेर घरमा लगेर लुकाइन् । भकुण्डो माग्न गए चल्ला हुर्काउने पोथी कुखुरीले कसैलाई खेदाए झैं हातमा हसिया उझयाउदै विद्यार्थीलाई गुटुटु लखेट्थिन् । त्यसबेला विद्यार्थीको भागाभाग हुनेगर्दथ्यो । यस्तै त्रासबीच पनि हामी प्रायः दिनहु फुटबल खेल्नेगर्दथ्यौं । हाम्रो विद्यालयका दुइटा खेलमैदान थिए । एउटा ठूलो र अर्को सानो मैदान । ठूलो मैदानमा हामी केटाकेटीले त्यत्ति खेल्नै नपाइने । त्यसैले सानो मैदानमा गएर खेल्नुपर्दथ्यो जहाँबाट भकुण्डो सिधै बूढीको बारीमा खस्ने गर्दथ्यो । उसबेला लाग्दथ्यो ती महिला कत्ति शक्तिशाली कत्ति निर्दयी कत्ति छुच्ची तर आज त्यसवेलाकी त्यस्ती क्रूर ब्यक्तिको पीडा, मनोविज्ञान म बल्ल बुझदैछु । बुझनखोज्दैछु वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नु पर्दोरहेछ । फूलमा पलाएका काढाको अर्थ पनि बुझ्दैछु र श्रद्घाञ्जलि स्वरुप केही शब्द कोर्दैछु । Continue reading Manko Majheri