Category Archives: इतिहास संस्कृति

प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

डा. नवराज सुब्बा

मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु । Continue reading प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

किरात मुन्धुम मानव चेतनाको सुन्दरतम् उद्घाटन

डा. नवराज सुब्बा

(क) पृष्ठभूमि
इतिहासकार इमानसिंह चेमजोङद्वारा संकलित/सम्पादित भई प्रथम संस्करण सन् १९६१ सालमा प्रकाशित भएको र पछिल्लो तेस्रो संस्करणमा सन् २००३ मा प्रकाशित भएको ‘किरात मुन्धुम’ ग्रन्थमा आधारित रही मुन्धुमबारे सामान्य चर्चा गर्दैछु । श्रुतिस्मृति परम्परामा आधारित लोकसाहित्यको रुपमा विकसित महाकाव्यलाई तीन देखि १२ दिन रात लगाएर तङसिङ गर्दा मुन्धुम गाइन्छ । यति लामो महाकाव्यलाई लिपिवद्ध गर्नु स्वयम्मा चुनौतिपूर्ण कार्य हो । यति हुँदाहुँदै पनि यसमा अथक प्रयास निरन्तर जारी छ । लेखकले पुस्तक लेखनका क्रममा सिरिजङ्घा लिपि, रोंग लिपि र चन्द्रपुलिङ लिपिमा लेखिएका हस्तलिखित ६ वटा पुस्तकहरुको आधारमा मुन्धुम लेखिएको बताएका छन् । Continue reading किरात मुन्धुम मानव चेतनाको सुन्दरतम् उद्घाटन

मेची–कोशी शब्द व्युत्पतिमा स्थानियता र ऐतिहासिक आधारहरूको खोजी

डा. नवराज सुब्बा

(क)पृष्ठभूमि
मार्केण्डेय पुराणका अनुसार महाभारतकालमा प्रमुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई आफ्नो ग्रन्थमा शुद्र भनेर लेखे (मनुस्मृति दशौं अध्याय) । महाभारतकालमा विहारमा हर्वा हाङ र बंगालमा दर्बा हाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ नामी राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (चेमजोङ, २००३) । Continue reading मेची–कोशी शब्द व्युत्पतिमा स्थानियता र ऐतिहासिक आधारहरूको खोजी

गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

– डा. नवराज सुब्बा

नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो चिनो लगाउन मात्र भनिएको थियो, बढी गरेछ अनि त्यसको पनि पछि नाक काटियो भन्ने अर्का विद्वान डा. जगमान गुरूङको हाईहाई छ । यसले हामी हाम्रो इतिहासको नराम्रो पक्ष सुन्ने, पढ्ने वा पचाउने अवस्थामा रहेनछौं, भन्ने जनाउँछ । जेहोस् इतिहासमा नेपाल एकीकरणको दौरान विवादास्पद घटना भएका थिए भनेर इतिहास स्पष्ट छ । यसै शिलसिलामा त्रिभुवन विश्व विद्यालयका सेवानिवृत्त प्राध्यापक डा. विष्णुसिंह राईले गोरखाली आक्रमणबाट खम्बुवानको एक सन्तानको कसरी विस्थापन भयो भन्ने सम्बन्धमा गरिएको एक अनुसन्धानमा आधारित तथ्यहरू राख्तैछु । प्रस्तुत आलेख प्रा. डा. मारोहाङ खवाहाङ लिम्बूले अनुसन्धानकर्ता डा. राईसंग गर्नुभएको अन्तर्वार्तामा आधारित छ । Continue reading गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

मृतक साहित्य

Dr. Nawaraj Subba

मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि मृत्यु हुन्छ । त्यसपछि शरीरको महत्व हुँदैन, यसलाई सही ढंगले विसर्जन गर्नुपर्दछ भन्ने मत पाइन्छ । हिन्दू धर्म दर्शनले शवको सही अन्त्येष्टी पछि मात्र आत्माले शान्ति पाउने कुरामा विश्वास राख्तछ । Continue reading मृतक साहित्य

लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

डा. नवराज सुब्बा

आजकल ‘मुन्धुम’ अर्थात् किरात वेदको चर्चा छ । मुन्धुमको अर्थ लगाउन मुन्धुमका पंडित साम्बा, फेदाङ्बा पनि कतिपय सवालमा अड्किन्छन् । विभिन्न कालखण्ड, स्थलगत र जातिगत आधारमा मुन्धुमी वर्णन र भावार्थमा विविधता आउँछ । तथ्य बझ्न वा जिज्ञाशा शान्त पार्न मुन्धुमलाई साहित्यिक दृष्टिले पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुन्धुम काव्यमा आउने अविधा, लक्षणा र ब्यञ्जना भावार्थ, प्रतीक र विम्बलाई गुरु, भक्त वा पाठकले आ–आफ्नै ढंगले ब्याख्या गर्ने गरेकाछ्न् । त्यसैले ग्रन्थउपर अन्त्यहीन शास्त्रार्थ र विभिन्न ब्याख्यान् हुने गरेको छन् । हिन्दू वेद अर्थात् किरात मुन्धुम श्रुतिस्मृति परम्परामा आधारित लोकगाथा हुन्, जो लेख्यरूपमा आउनुपूर्व लामो कालखण्डसम्म सयौं–हजारौं पुस्ता मुखमुखमा झुण्डिएर, धेरै भूगोल खेपेर मात्र एक–दुई हजारवर्षपूर्व लेख्य रूपमा आइपुगेका हुन् । श्रुतिस्मृति परम्परा लेखिनुपूर्व यो एक लोकसाहित्यको रूपमा उत्पत्ति र विकसित भयो । यसैले यसको अध्ययन गर्न लोक साहित्यसम्बन्धी सिद्धान्तको ज्ञान हुन पनि आवश्यक छ । Continue reading लोक साहित्य र ‘मुन्धुम’ : एक चर्चा

‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

– डा. नवराज सुब्बा

(क) पुष्ठभूमि
इतिहास निर्माता तथा इतिहासकारलाई समयका विभिन्न कालखण्डमा जनताले जय मात्र हैन मूर्दावाद पनि भन्दारहेछन् । मन परे पनि नपरे पनि इतिहास पढ्नै पर्छ र त्यसबाट पाठ सिक्नै पर्छ, यो नै स्थापित मान्यता हो । इतिहासले इतिहासकारलाई प्रवेश गर्ने ढोका सदा खुल्ला राखेको छ, जसले भावी पिढीलाई इतिहास सुदृढ गर्ने, सच्याउने र पुनर्लेखन गर्न पनि मार्ग प्रसस्त गरेको हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर समुदाय, बर्ग, देशको लागि इतिहासको अनुकरण र सामञ्जस्य गर्ने वीरहरुको खोजी इतिहासले गरिरहेको हुन्छ । अर्कातिर घटना, पात्र, प्रभावभन्दा माथि उठेर बिना कुनै पूर्वाग्रह सत्यतथ्यको अनुसन्धान र उद्घाटन गर्ने ज्ञानी र विवेकी अनुसन्धाता तथा लेखकको खोजी प्राज्ञिक जगतले पनि गरेको हुन्छ । Continue reading ‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा

परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

बाल्यकालमा मैले अनुभूत गरेका लिम्बू समुदायका केही गतिविधि स्मरण गर्न चाहन्छु । आजभन्दा करिव ५० वर्ष अघि मेरो गाउँ आठराई हाङपाङमा अनौंठा गतिविधि हुन्थे । मेरो घर विद्यालयको नजिक थियो । विद्यालय लागेको बेला विद्यार्थी, शिक्षकहरूको चहलपहल हुन्थ्यो । तर असार साउन छुट्टि भएको बेला गाउँ सुनसान हुन्थ्यो । त्यसबेला सबैजना काम काममा हुन्थे । म सानै केटाकेटी नै थिएँ । घरमा बेलाबेला हिन्दू साधु आउँथे ती भद्र हुन्थे, चामल आदि दिए पछि सरक्क जान्थे । त्यस्तै गरी अर्काथरीका साधु थिए, लिम्बू साधु, तिनको हातमा एउटा एकतारे बाजा हुन्थ्यो । उनी एकहातले त्यो एकतारे बजाएर मग्न भएर लिम्बू भाषामा भजन गाउँथे । हामी केटाकेटी झुम्मिएर बडो ध्यान दिएर उनले भजन गाएको सुन्दथ्यौं । कुरो नबुझे पनि संगीतले हामीलाई तान्दथ्यो । उनी सत्तेहाङ साधु भनेर भन्दथे । उनी बेलाबेला अर्थात् दुईतीन महिनामा एकपटक जसो आउँथे । अर्काथरी थिए, युमा । ती युमा एकजना बाहुन जातिका तर लिम्बूभाषा मात्र बोल्दथे । Continue reading परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू