Category Archives: व्यक्तित्व कृतीत्व

Critique

नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

Personality of Nawa Raj Subba by ChudaMani Baraili

४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन
लेखक : चूडामणि बराईली
विधा : अनुसन्धान
प्रकाशन : २०६७
शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,
२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक
३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक
४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी
क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download

निष्कर्ष र उपसंहार

ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नं. ६ चुँवा गाउँमा २०१८ साल असोज १६ गते सोमबारका दिन जन्मेका नवराज सुब्बा बुबा ऐतराज र आमा नरमायाका जेठा सुपुत्र हुन् । उनको प्रारम्भिक र माध्यमिक शिक्षा हाङपाङकै सरस्वती मा.वि.बाट भयो । त्यहींबाट २०३३ सालमा एस.एल.सी.परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं गई चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी २०३७ सालमा आफ्नै गाउँ हाङपाङमा हेल्थपोष्टको इन्चार्ज भई खटिएर आए । त्यहाँ रहँदा उनले कार्यालय समयपछि आफू पढेको विद्यालयमा पढाउने काम पनि गरे । जागिरसँगै शिक्षाको क्रम पनि अघि बढाउँदै उनले नेपाली साहित्य तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे । Continue reading नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

मनको मझेरी कृतीको अध्ययन

Review of Manko Majheri by Gita Dhakal

३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन
लेखक : गीता ढकाल
विधा : अनुसन्धान
प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक
६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली । Preview/Download

सुब्बाका प्रकाशित निबन्धहरूको समीक्षा र निष्कर्ष

निबन्धकार नवराज सुब्बाको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ सालमा प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहमा जम्मा बीसवटा निबन्ध सङ्गृहीत छन् जसमा सबै निबन्ध एकै प्रकारका रचना मानिएका छन् । प्रस्तुत सङ्ग्रहका सम्पूर्ण पाठलाई शोधमा ग्रहण गरिएको छ ।
शोधनायकको प्रथम निबन्ध ‘नयाँ नेपालको चित्र’ भन्ने पाठ हो । प्रस्तुत निबन्धमा विराटनगर जेसिजले आयोजना गरेको कार्यक्रमलाई केन्द्रबिन्दु बनाई नयाँ नेपालको चित्रण गरिएको छ । निबन्धमा अपाङ्ग बालबालिकाहरूलाई विभिन्न संघ संस्थाले प्रोत्साहित गरी आफ्नो कला प्रदर्शन गर्न लगाउने र उनीहरूको आन्तरिक क्षमतालाई सार्वजनिक गर्न लगाउने बाल, वृद्ध, उद्योगी व्यवसायीहरूले शुभकामना दिने तर पनि अपाङ्गहरूको समस्याचाहिँ ज्यूँका त्यूँ रहने कुराप्रति निबन्धमा असन्तोष व्यक्त गरिएको छ । यस निबन्धमा निबन्धकार सुब्बाले नवीन नेपालको परिकल्पना र अपाङ्गको शान्तिप्रति ऐक्यबद्धता रहेको देखाएका छन् । तिनको चाहना अनुरूपको सुन्दर राज्य नै नयाँ नेपाल हो भन्ने विचार पनि निबन्धमा व्यक्त गरेका छन् । अशक्त अपाङ्गहरूले पनि स्वाभिमानका साथ बाँच्न पाउनुपर्छ र उनीहरूलाई माया र स्नेहभन्दा पनि अधिकार दिनुपर्छ भन्ने सुब्बाको दृष्टिकोण यस निबन्धमा व्यक्त भएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक नियात्रामूलक मान्न सकिन्छ । यस निबन्धमा समृद्धशाली मान्छेहरू भन्दा यी विकलाङ्ग केटाकेटीहरू राष्ट्रप्रति चिन्तित भएको कुरा यिनका चित्रकलाले देखाएका छन् । यो निबन्ध तीन पृष्ठसम्म विस्तारित छ । Continue reading मनको मझेरी कृतीको अध्ययन

‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन

Review of Bich Batoma Byujhera by Indrawati Subba

२. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन
लेखक : इन्द्रावती सुब्बा
विधा : अनुसन्धान
प्रकाशन : २०६८
प्रकाशकः वाणी प्रकाशन, विराटनगर
शोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक

संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री परशु प्रधान, पाटनढोका, ललितपुर Preview/Download

उपसंहार एवम् निष्कर्ष

कवि नवराज सुब्बाको जन्म वि.सं. २०१८ साल असोज १६ गते पिता आइतराज सुब्बा र माता नरमायाका ज्येष्ठ सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको हाङपाङमा भएको हो । उनको पारिवारिक पृष्ठभूमि मध्यमवर्गीय देखिन्छ । उनको पुर्खाहरू ताप्लेजुङको मेवाखोला सावाबाट हाङपाङमा बसाइँ सरेको थाहा हुन आउँछ । तुमयाङ फेयङहाङ साम्बादेखि आइतराजसम्म उनको वंशावली लम्बिएको छ । पिता आइतराजका तीनवटी श्रीमतीहरूमध्ये जेठीपट्टिका जेठो छोरो नवराज सुब्बा हुन् । नवराज सुब्बाको बाल्यकाल पारिवारिक माह्वलमा नै हुर्किएको पाइन्छ । नवराज सुब्बाले आफ्नो औपचारिक शिक्षारम्भ सरस्वती मा.वि. बाट गरेका हुन् । सोही विद्यालयबाट वि.सं. २०३३ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट एम. पी. एच. र त्रि.वि. बाटै नेपाली विषयमा एम. ए. सम्मको अध्ययन पूरा गरेको देखिन्छ । उनले वि.सं. २०३७ बाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा इन्चार्जको हैसियतले कार्य गर्दै आफ्नो पेसागत जीवनका थालनी गरेका हुन् । वि.सं. २०५१ बाट जनस्वास्थ्य अधिकृत तथा वरिष्ठ जनस्वस्थ्य अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल वरिष्ठ जनस्वास्थ्य प्रशासकका रूपमा झापा र मोरङमा कार्यरत देखिन्छन् । मध्यमवर्गीय आर्थिक हैसियत राख्ने सुब्बा विभिन्न साहित्यिक तथा गैरसाहित्यिक सङ्घसंस्थामा पनि आबद्ध भएको पाइन्छ । यिनी गायन, वाद्यवादन, खेलकुद, समाजसेवा, जनस्वास्थ्य आदि साहित्यिक तथा गैरसाहित्यिक विधा तथा क्षेत्रप्रति यिनको रुचि रहेको पाइन्छ । वि.सं. २०६१ सालमा आफ्नो भाइ दीपकराज सुब्बाको आत्महत्या प्रकरण यिनको जीनवको सबैभन्दा दुखद् अविस्मरणीय घटना भएको यिनी बताउँदछन् । विभिन्न मान, सम्मान तथा पुरस्कारबाट पनि यिनी विभूषित देखिन्छन् । यिनले भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, बङ्गलादेश आदिको भ्रमण गरेका छन् । मिलनसार, मृदुभाषी र शालीन व्यक्तित्वका धनी सुब्बा मझ्यौला किसिमको शारीरिक बनोट भएका व्यक्ति हुन् । यिनी साहित्यका विभिन्न विधाहरूमा आफ्नो क्षमता प्रस्तुत गर्ने व्यक्ति हुन् । कविता, कथा, निबन्ध, गजल, समीक्षा, गीत आदि विधाहरूमा यिनले कलम चलाएको देखिन्छ । यद्यपि उनको उर्वर साहित्यिक विधा भने कविता र गीत—गजल नै हो । यिनले आफ्नो साहित्यिक यात्रा वि.सं. २०३० को दशकपछि थालेका हुन् । यिनको यो साहित्यिक यात्रालाई वि.सं. २०३० देखि २०६२ सालसम्मलाई प्रथम चरण र २०६३ पछिको अवधिलाई द्वितीय चरण मान्न सकन्छि । उनको साहित्यिक यात्राको प्रथम चरण आभ्यासिक चरण हो । यस अवधिमा उनका काव्यकृतिहरू फुटकर रूपमा प्रकाशित भएका छन् । उनको साहित्यिक यात्राको दोस्रो चरण भने उर्वर चरण हो । यस चरणमा उनको पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । यस क्रममा उनको “जीवन मेरो शब्दकोशमा” (२०६३) र “बीच बाटोमा ब्यूँझेर” (२०६५) गरी दुईवटा कवितासङ्ग्रहहरू प्रकाशित भएका छन् । यस अवधिमा “मनको मझेरी” (२०६४), निबन्धसङ्ग्रह “यात्रा आधा शताब्दीको” कवितासङग्रह (२०६८) “सहिदलाई सलाम” गीतिसङ्ग्रह (२०६७) पनि प्रकाशित भएको छ । यस अवधिमा “मनको मझेरी” (२०६४) निबन्धसङग्रह पनि प्रकाशित भएको छ । यसै अवधिमा उनको “लुकेको रहर”, “देशको माया” गीतिएल्बम पनि बजारमा आएको अवस्था छ । यस चरणमा उनी बहुआयमिक साहित्यिक व्यक्तित्वका रूपमा चिनिएका छन् । यी बहुआयमिक साहित्यिक व्यक्तित्वहरूमध्ये उनी कवि व्यक्तित्व र गीतकार व्यक्तित्वका रूपमा स्थापित छन् । Continue reading ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन