मेरो पहाड

  नवराज सुब्बा

पहाड छाती ठोक्छ नशामा
ठोकिन्छ घरिघरि भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
दन्त्यकथा बौराउन खोज्छ कुनै राजकुमारको
साइँला साइँलीको गाग्री र ढाकरले
पार नपाएको त्यो अपार थुप्रो मात्र नभन न गाँठे
जुरेलीको जुरो हो मेरो पहाड
तर, हेर्दाहेर्दै समयको गहिरो पहिरोजस्तै
रगतका नाता गुरुत्वका बाचा तोड्दै
खहरे, खोला र नदीहरू
पहाड नाघ्दै कुल्चँदै उँधै झरे
ए ! दुखी पहाड
एक्लै त्यहीँ बस है भन्दै
आफ्ना खुट्टा लागेपछि
बिरे लाहुरे बन्न तलै झर्‍यो
लेखपढ गर्छु भन्दै चाउरे पनि उँधै झर्‍यो
बटुवाहरू रुँदै झरे

स्वयम् दुःखको त्यो पहाडले
कति दुःखले जन्मायो होला
लाहुरे चाउरे र बटुवाहरू
सबैले बहानाबस छाडिगए
यसरी जीवन दुख्नुको प्रतीक बनेछ पहाड
परदेशी लाहुरेदाइको संझनामा
बिरक्तिएको भाउजुको मन बनेकोछ पहाड
बर्षोनी आगोले खाने वन बनेको छ पहाड
पौरखी पाइलाले टेक्न मानेनन् भनेर
गुनासा नगर्ने बाँझा बाटा मेरो पहाड
मानौ टुरिष्टकै लागि बनेका हुन्
मेरा हिमाल र पहाडहरू
पासपोर्ट र नागरिकतामा केवल लेखिन
जन्मेका हुन् मेरो पहाडहरू
के नागरिकतमा लेखिने जन्मस्थान मात्र हौ पहाड  ?
के पासपोर्टमा लेखिने स्थायी ठेगाना मात्र हौ पहाड ?
पासपोर्ट भएर एकपटक म तिमीलाइ सोध्दैछु
विदेश भनेपछि हुरुक्कै हुने सन्तान
किन जन्मायौ पहाड ?,

मेरो पहाडमा त
आशैआशको सपना फुल्छ
तर के गर्नु ओइलिन्छ सँधै
दुखी आँखा रित्ता पेट
ढिकीजाँतो पनि थकाई मारेर
दशैं पर्खिरहेछन् त्यहाँ
साउने झरीमा दुःखी घुम ओढ्दै
कान्छी अन्तरी र जन्तरीहरू
छुपुछुपु खेतमा धान रोप्छन्
धानजस्तै एकदिन जीवन
हाँस्दै फल्ला कि भनेर

पहाडमा खेतमा पानी जत्ति पटाऊ
जत्ति नै रोप माया तर खै
त्यहा पानी सँधै उँधै बग्छ
खेतका आली कान्ला नाघेर
जति रोके पनि बग्दै जान्छ पानी
कान्लो, कुलो, खोल्सा, खोला, नदी सबै
गुरुत्वाकर्षण तोड्दै मोड्दै
अरुका प्रदेशतर्फआकर्षित हुन्छन्
अन्ततः कुनै खाडीमा भासिन्छन् मासिन्छन्
यता पहाडका छातिभरि
अभाव असन्तोषका घाँसपातहरू
बस्तुबाख्राले पनि खाइनसकेर
गम्लङ्ग छोपेकोछ फूलमायालाई

म पनि त पहाडबाट झर्दा
पहाडमा द्यौराली थियो
मायाका उकाली डाँडा थिए
जहाँबाट तल हेर्दा
छाडिजाने गाउँको मायामा
एक थोपा बिदाईका आँसु अनि
पुगिने ठाउको सम्झनामा
खुशीका अर्को थोपा आँसु पुछ्दै
द्यौरालीको शिरमा
आफ्नो मुटु एउटा ढुँङ्गो थपेथें
नमरिबाँचे दैवले साँचे भेटौंला फेरि भन्दै
भाकलका पहाड त्यहीं छाडेथें,

उक्लेर आज म
सम्झनाका पहाड
आज लौ यो के देख्दैछु !
मैले त मेरो पहाड र दुःख
त्यही छाडिआएँ भन्थें
त्यो त संगै आएछ मसँगै टाँस्सिएर
अनुहारमै यी अर्को पहाड जन्मेछ
देखेनौ लालबाबु !
हेर त यी मेरो आँखामा ।

विराटनगर, २०६३।४।२४

दूबो

नवराज सुब्बा

बगरको छातिमा
जन्मैदेखि
दूबो
रहर
समाइ
लम्किरहेकै
बेला
नाता
नटुर्टाई माटोसंग
सून्यता
विरुद्ध
शीर
उठाइरहेकै बेला
उज्यालोको
तिर्खामा
आकाशतिर
चियाइरहेको बेला
कसैका
निर्मोही हातले मलाई
थपक्क
टपक्कै टिपे
सुम्सुम्याए
झैं गरी
निर्दोष
गाला चिमोटे 
टाँसिएका
माया मेरा
माटो
टक्टक्याउदै जराहरू पिटे
साँच्चै
उनीहरूलेे मलाई हिजो
पैतालाले
कुल्चे गला निमोठे
अझ
यतिले नपुगेर 
उँधोतिर
बगाएर मलाई
उँभोतिर
खोजिटोपले
साइत
तिथि समय बद्लियो
क्या
अचम्म !
उनीहरूले
मलाई साँच्चै उँभोतिरै भेटे
घरको
मूल ढोकै माथि देखे
अनि
स्वयम्बरमा दुनियाँले मलाई
मायालु
मन जित्नेलाई भनेर मालामा उने   
बेहुलीका
सिङ्गो वरमालामा गाँसे
अन्ततः
उनीहरूले मलाई आज
बेहुलाको
गर्विलो छातिमा हाँसेको देखे
मलिलो
छातिमा मौलाएको देखे
लहर
जस्तै निरन्तर लम्किरहेकै भेटे
 

२०६३।५।१३, विराटनगर नेपाल

समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)

लेख

नेपालमा तथ्याङ्कहरू वास्तविकतासंग कति तादात्म्य राख्दछआज तथ्याङ्कको निर्माण प्रयोग गर्दा कत्तिकोर् इमान्दारिता गम्भिरता अपनाईएकोछ भन्ने कुरामा कमैले हेक्का राखेकाछन् तथ्याङ्कले नीति निर्देशित गर्नुको सट्टा नीतिले तथ्याङ्कलाई निर्देशित गर्न खोजिन्छ देशको अवस्था जस्तोसुकै होस कार्यक्रमको प्रगतिको तथ्याङ्क राम्रो हुनुपर्दछ भन्ने मान्यतामा कतिपय योजना प्रमुखहरू पाईन्छन् Continue reading समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)

स्वास्थ्यमा सकारात्मक नतिजा (नवराज सुब्बा)

लेख

स्वास्थ्य क्षेत्रमा देखिएका सकारात्मक नतिजा स्वास्थ्य क्षेत्रको एक्लो प्रयासले मात्र आएको होइन सामाजिक विकास जस्तै शिक्षा, कृषि, वन, आयआर्जन, मानवअधिकार, लैङ्गीक चेतनास्तर इत्यादिले स्वास्थ्यस्थितिको स्तर निर्धारण गर्नमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारेका हुन्छन् स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक ज्ञान सीपलाई प्रयोग गरेर समुदायलाई सो ज्ञान बाँड्ने काममा अगुवाई गर्ने गरेका छन् Continue reading स्वास्थ्यमा सकारात्मक नतिजा (नवराज सुब्बा)

किन बन्ने किन बनाउने डाक्टर ? (नवराज सुब्बा)

आज एकपटक फेरी हेल्थ असिष्टेन्ट (एच..) लाई एम.बी.बी.एस.पढ्न दिइनु पर्छ भन्ने माग मुलुकमा बल्झेको आज एच..हरुले जुन आन्दोलन छेडेका छन् त्यो आजभन्दा झण्डै तीन दशक अघि नै यही मुलुकमा हासिल गरिसकिएको एक उपलब्धि थियो, जसलाई सुनियोजित ढंगले हटाइयो Continue reading किन बन्ने किन बनाउने डाक्टर ? (नवराज सुब्बा)

स्तनपानका १०१ फाइदाहरू (नवराज सुब्बा)

आमाको दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक अध्ययन अनुसन्धान हुने गरेका छन् स्तनपान शिशुका लागि मात्र नभएर स्वयम् आमाका लागि पनि अति नै उपयोगी छन् Continue reading स्तनपानका १०१ फाइदाहरू (नवराज सुब्बा)

HIV and AIDS

What is HIV/AIDS?

The HIV stands for Human Immuno-deficiency Virus and AIDS stands for Acquired Immuno-deficiency Syndromes. So, HIV is a cause virus and AIDS is a state or disorder or complex of symptoms or a state of disease. The HIV/AIDS a virus induced pandemic is one of the most serious health concerns in the world today, because of its high case fatality rate and lack of a curative treatment or vaccine. Continue reading HIV and AIDS

Personal Website