Archive for the ‘Articles’ Category

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

Read More

VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience

VCT Centre Can Work for TB-HIV Co-infection: Jhapa Experience

Patients or clients can only be attracted to the services since service provided by VCT centre are really helpful for them rather than getting new unsolved problems them in their society.

Read More

मौसम परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू

(सन्दर्भ मौसम परिवर्तनसम्बन्धी कोपेनहेगन सम्मेलन)

मौसम परिवर्तनबाट जनस्वास्थ्यमा पर्ने असरहरू
Read More

समतामूलक तथ्याङ्क र नीति

लेख

नवराज सुब्बा 
 
नेपालमा तथ्याङ्कहरू वास्तविकतासंग कति तादात्म्य राख्दछआज तथ्याङ्कको निर्माण प्रयोग गर्दा कत्तिकोर् इमान्दारिता गम्भिरता अपनाईएकोछ भन्ने कुरामा कमैले हेक्का राखेकाछन् तथ्याङ्कले नीति निर्देशित गर्नुको सट्टा नीतिले तथ्याङ्कलाई निर्देशित गर्न खोजिन्छ देशको अवस्था जस्तोसुकै होस कार्यक्रमको प्रगतिको तथ्याङ्क राम्रो हुनुपर्दछ भन्ने मान्यतामा कतिपय योजना प्रमुखहरू पाईन्छन् प्रायः तथ्याङ्कको अंङ्क हेर्दै आत्मरतिमा रमाउने दास मनोबृत्ति पनि पाईन्छ यसरी तथ्याङ्क प्रस्तुत गरेर मान्छे अल्मल्याउने आफै अल्मलिने काम भएको छैन सोच्ने बेला आएकोछ  नेपालीको सरदर आयु ६२ वर्षपुगेछ भनेर मख्ख पर्ने र्सवसाधरणलाई भन्नु केहि छैन तर जब जिम्मेवार योजनाकार नीतिनिर्माता नै आत्मरतिमा अल्मलिन्छन् तब देशले विकासको गति समात्न सक्दैन एकातिर एउटा आदिवासी चेपाङ ४० वर्षनपुगी मरेकोछ अर्कातिर अर्को काडमाण्डौवासी भने जापानी नागरिक सरह ८० वर्षभन्दा बढी बाँचेको भन्ने कुराको तथ्याङ्क आज लुकाईन्छ वास्तविकताबाट दुनियालाई बेखबर राखिन्छ केवल सरदर नेपालीको आयुको अंङ्कले यो फराकिलो खाडल छोप्ने गरिएकोछ ।जो स्वयम्मा ठूलो बेइमानी हो   आजको आवश्यकता कता, कहाँ हुनुपर्छ भन्ने आधार भनौ वा सामाजिक विषमताको वास्तविकता लुकाएर तथ्याङ्कको सरदर अङ्कले केवल अल्मल्याएको जसले हामी कहा थियौ कहिले सम्ममा कहा पुग्नेछौ भन्ने कुराको दिशाबोध गर्न लक्ष्यप्राप्तिका लागि योजना निर्माण गर्न खासै सहयोग पुर्याउन सकेको छैन  आज योजना बनाईन्छ ६२ वर्षाट ७२ वर्षआयु बढाउने लक्ष्य राखेर यहाँ कस्को आयु बढाएर ७२ वर्षआयु पुर्याउन सकिन्छ ८० वर्षबाँच्नेलाई ९० वर्षपुर्याउनु प्राथमिकता हो कि ४० वर्षनबाँच्नेलाई ६२ वर्षबाँच्ने तुल्याउनु प्राथमिकता होअवश्य पनि ४० वर्षनबाच्नेलाई पहिलो प्राथमिकता दिईनु पर्ने हो राष्ट्रिय नीतिमा तर किन त्यसो भएन एउटा मुख्य कारण के हो भने आज राष्ट्रिय कार्यक्रम साधन स्रोतहरू ८० वर्षबाँच्ने समूहले नै उपभोग गर्दैछ कि ४० वर्षमात्र बाँच्ने सीमांतकृत समूह तर यो देखाउने तथ्याङ्कको नै अभाव यस्तो प्रणालीको नै छैन तथ्याङ्क नै नभए पछि कसरी स्थिति बिश्लेषण हुन्छ कार्यक्रम बन्छ ! यस्ता तथ्याङ्क राख्ने जमर्को राजनीतिस्तरबाटै भएन फलस्वरुप सरकारी तथा गैरसरकारी निकायहरूका जतिपनि कार्यक्रमहरू भुत्ते साबित भएकाछन्  राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले नगरमा बस्ने अतिगरिबलाई पनि नीतिगत रुपमा स्वास्थ्य सेवा सुनिश्चित गरेको थियो तर यसतर्फसरकारी निकायबाट बिशेष कार्यक्रमको महसूस गरिएन गैरसरकारी क्षेत्र लचिलो हुनसक्थ्यो तर गैरसरकारी निकायले नै पहल गरेको पाईएन  स्थानीय सरकार नगरपालिका तथा जि.बि..ले पनि यस्तो नीति प्रति चासो राखिएको पाईएन स्थानीय स्तरमा साधन श्रोत हुदाहुदै पनि स्वास्थ्य सम्बन्धी कार्यक्रम केन्द्र सरकारको हो भनेर कतिपय स्थानीय निकायहरू स्वास्थ्य क्षेत्रमा बजेट बिनियोजन गर्न तत्पर नभएको पनि पाईन्छ फलस्वरुप आज त्यही अतिगरिब समूहबाट औलो, कालाज्वर, क्षयरोग, कुष्ठरोगका बिरामीहरू देखापरेका छन् आज त्यहीं महामारी , बिरामी दर पनि त्यहीं ब्याप्त तर सरकारी सेवा उपभोगको मुख्य हिस्सा ओगटेका छन् अरुले नै सम्बन्धित निकायले यसको तथ्याङ्क राख्ने, हेर्ने केलाउने फुर्सद पनि छैन चासो पनि छैन प्रणाली नै छैन    हालसालै ब्रिटिस मेडिकल जर्नलमा बेलायतको स्वास्थ्य नीतिको पुनरावलोकन गरिएकोछ जसमा जनसंख्यामा ब्याप्त असमान स्वास्थ्य स्थितिको सापेक्षित मापनको महत्वबारे प्रकाश पारिएकोछ यसमा सबभन्दा गरिबको स्वास्थ्य स्थिति सबैभन्दा छिटो उकास्नु पर्ने रहेकोछ बिभिन्न वर्ग समुदायबीच रहेको असमान स्वास्थ्यस्तर मेटाउन उनीहरूको तथ्याङ्क संकलन गर्नको लागि सूचकाङ्करूको निर्माण गरिएकोछ समतामूलक ढंङ्गले स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक योजनाका औजार निर्माण पनि गरिएकोछ जनसंख्याबीच स्वास्थ्य स्थितिको असमान स्तर कम गर्ने उल्लेखित नीति उपायलाई बेलायत सरकारले निरपेक्ष अपरिहार्य प्रतिबद्घता जनाएको कुरा यसरी पढ्न मात्र पाउँदा पनि हामीलाई हाम्रो स्थिति प्रति टिठ लागेर आउँछ  जे होस् हाम्रा प्रणालीका भएका कमी कमजोरी नहटाएसम्म वास्तविक स्थितिमा प्रगति गर्न असम्भव केवल सेवाग्राही संख्या जोड्यो लक्षित जनसंख्याले भाग गरेर प्रतिशत निकालेर मात्र पुग्दैन कुन समुदाय बर्गमा कतिले सेवा लिए सूक्ष्म रुपमा लेखाजोखा गरिनुपर्दछ, सेवा लिन कुन समुदाय पछाडि परेकोछ त्यहाँ नपुगेसम्म तथ्याङ्कको स्वरुप फेरिए पनि देशको बास्तविक स्थिति फेरिदैन यस्ता समतामूलक तथ्याङ्क, प्रणाली, कार्यक्रम नीतिको आज आवश्यकता   
Read More

स्वास्थ्यमा सकारात्मक नतिजा

लेख

नवराज सुब्बा 
 
स्वास्थ्य क्षेत्रमा देखिएका सकारात्मक नतिजा स्वास्थ्य क्षेत्रको एक्लो प्रयासले मात्र आएको होइन सामाजिक विकास जस्तै शिक्षा, कृषि, वन, आयआर्जन, मानवअधिकार, लैङ्गीक चेतनास्तर इत्यादिले स्वास्थ्यस्थितिको स्तर निर्धारण गर्नमा प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारेका हुन्छन् स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक ज्ञान सीपलाई प्रयोग गरेर समुदायलाई सो ज्ञान बाँड्ने काममा अगुवाई गर्ने गरेका छन् राज्यमा सरकारी क्षेत्रले मात्र नभ्याएर गैरसरकारी क्षेत्रका सहयोगमा स्वास्थ्य सेवा विस्तार गर्ने गरिन्छ यतिले मात्र नपुगेर स्वयंसेवकहरूको भूमिका पनि आवश्यक महत्वपूण मानिन्छ मोरङमा जनस्वास्थ्यको पहुच बढाउन सरकारी तथा गैरसरकारी एवम् निजी क्षेत्रले धेरै प्रयास गरेका छन् तर पनि भनेजस्तो सेवा सबैले पाएका छैनन् भन्ने गुनासा प्रसस्त सुनिन्छन् सरकार तथा गैरसरकारी क्षेत्रले सम्पन्न गरेका कामको मूल्याङ्कन जनताले गर्ने कुरामा दुइमत नहोला तर पनि बैज्ञानिक ढङ्गले निश्चित मापदण्डको आधारमा विश्वब्यापी मान्यता अनुरुपका विधि अवलम्बन गरेर समुदायमा गई विद्यमान स्थितिको अध्ययन गरेर प्राप्त नतिजाको आधारमा मूल्याङ्कन पुनर्योजना गर्दै अघि बढ्नु पर्ने हुन्छ  मोरङ जिल्लामा सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालयसंगै हातेमालो गरेर बिभिन्न गैरसरकारी संस्थाहरूले स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् हालै सेभ चिल्डे्रनको सहयोगमा जिल्लामा एक र्सर्भेक्षण सम्पन्न गरियो आजभन्दा दर्ुइ वर्षअघि मोरङ जिल्लामा जनस्वास्थ्यको स्तर कस्तो थियो आज सो कुन स्तरमा पुगेकोछ भनेर जिल्लामा अध्ययन भएको   जोसेफ भेलाडेजको एल.क्यू..एस्.विधिद्वारा जिल्लाका ६५ गा.वि..को प्रतिनिधित्व हुनेगरि जिल्लालाई भागमा विभाजनगरि रेन्डम नमूना सङ्कलनका आधारमा १३३ जना आमा, ६३ स्वास्थ्य संस्था, ५५ गाउँघर क्लिनिकहरूको हालै अध्ययन गरियो प्राप्त तथ्यांङ्ककका आधारमा मोरङ जिल्लाको स्वास्थ्यस्थिति सकारात्मक दिशाउन्मुख रहेको पाइएकोछ  अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा महत्वपूर्ण केहि सूचकाङ्कहरू केलाउँदा के पाइयो भने सन् २००४ मा पर्ूण्ा खोप लगाउने एक वर्षमुनिका वालवालिका ९० प्रतिशत थिए भने सो बढेर हाल सन् २००६ मा ९३ प्रतिशत पुगेको यसैगरि मोरङ जिल्लामा वालमृत्यु दर पनि ३० प्रति हजार जीवित जन्म रहेको अनुमान गरिन्छ जिल्लामा नवजात शिशु मृत्यु दर सन् २००४ मा प्रति १००० जीवित जन्ममा ३० रहेको हाल २१ मा झरेको अनुमान गरिन्छ महिला स्वास्थ्य तर्फपनि केही प्रगति भएको अनुमान गर्न सकिन्छ सन् २००४ मा पटक गर्भवती परीक्षण गराउने दर ७९ प्रतिशत रहेकोमा सो २००६ मा ९१ प्रतिशत पुगेकोछ यसैगरि सन् २००४ मा पटक गर्भवति परीक्षण गराउने दर ४२ प्रतिशत रहेकोमा सो सन् २००६ मा बढेर ४६ प्रतिशतमा पुगेकोछ यसैगरि स्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउने दर सन् २००४ मा ५२ प्रतिशत रहेकोमा सो हाल ५७ प्रतिशत पुगेकोछ यसरी अप्रत्यक्ष सूचकाङ्कका आधारमा मातृमृत्यु दर पनि घटेको अनुमान गर्न सकिन्छ  मोरङ जिल्लाको स्वास्थ्य स्थितिको सुधार तथा विश्लेषण गर्ने कार्यमा सरकारी निकायलाई गैरसरकारी निकायबाट प्राप्त सहयोगलाई अत्यन्त महत्वपूर्ण मान्नुपर्दछ आज वालमृत्युदर अर्थात नवजातशिशु मृत्युदर सम्बन्धी तथ्याङ्क जिल्ला स्तरमा निकाल्न नसकेर जिल्लाहरू छट्पर्टाईरहेको बेलामा मोरङ जिल्लाले एक कदम् अगाडि बढेर उक्त अतिमहत्वपूण्र्ा सूचकाङ्कहरू हासिल गरेर देखाएको सबैलाई थाहा नेपालमा हालसम्म महत्वपूर्ण सूचकाङ्कहरू राष्ट्रिय स्तरका मात्र छन् जो जिल्लाको योजनाको लागि उपयुक्त ब्यवहारिक छैनन् आज मोरङ जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाका सहकार्यद्वारा साध्य साधन दुवै हासिल गर्ने प्रयास गरिएकोछ मोरङ जिल्लाले दशौं पञ्चवर्षीय योजनाले लक्ष्य गरे बमोजिम वाल स्वास्थ्य कार्यक्रम लगायत शिशुमृत्युदर तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताहरूद्वारा गराइने सुत्केरी दरको लक्ष हासिल गरेकोछ उक्त नतिजालाई सहकार्यको प्रतिफल मात्र नभनेर गहकिलो नमूनाको रुपमा पनि लिन सकिन्छ    
Read More

किन बन्ने किन बनाउने डाक्टर ?

नवराज सुब्बा  

 आज एकपटक फेरी हेल्थ असिष्टेन्ट (एच..) लाई एम.बी.बी.एस.पढ्न दिइनु पर्छ भन्ने माग मुलुकमा बल्झेको आज एच..हरुले जुन आन्दोलन छेडेका छन् त्यो आजभन्दा झण्डै तीन दशक अघि नै यही मुलुकमा हासिल गरिसकिएको एक उपलब्धि थियो, जसलाई सुनियोजित ढंगले हटाइयो र्सवप्रथम त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानले आफैले हासिल गरेकोे देश सुहाउदो उक्त अत्यन्त उपयोगी परम्परालाई नामोनिसाना नरहने गरि आफैले मेटायो सरकारी अनुदान प्राप्त उक्त संस्थान पश्चिमी मुलुकमा बिक्ने खालका चिकित्सक उत्पादन गर्ने संस्थानको रुपमा परिणत गरियो मुलुकले आज देशको लागि आवश्यक पर्ने चिकित्सक उत्पादन गर्ने निजी क्षेत्रका मेडिकल कलेज मात्र हैन सरकारी अनुदानप्राप्त प्रतिष्ठान तथा संस्थानसमेत आज अरब तथा पश्चिमी मुलुकमा निर्यात हुने चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजरुपी फ्याक्ट्रीमा परिणत भएका छन् जुन सोच्ने बेला भएको किनभने हरेक वर्षलगभग हजार भन्दा बढी नेपालीहरू स्वदेश विदेशबाट पढेर आउने उत्पादित हुन्छन् तर मुलुकमा सधैं डाक्टरकै अभाव हुने बिडम्बना प्रति जिम्मेवार निकायले गम्भिरतापर्ूवक सोच्ने बेला आएको विश्वमा सबैभन्दा बढी मातृमृत्यु दर, अतिउच्च शिशु मृत्युदर भएको नेपालले यसरी बिदेशकै निम्ति डाक्टर उत्पादन गर्नुको अर्थ अझै किन नखोज्ने?   डाक्टर उत्पादन गर्ने मेडिकल कलेजहरू मेची देखि महाकालीसम्मै ढाक्नेगरि खोलिएका छन् तर त्यसरी खोलिएका मेडिकल कलेजबाट उत्पादित डाक्टरहरू नेपाल नेपालीका लागि भन्दा पनि बिदेशका लागि मात्र उत्पादन भएका छन्, जुन चिन्ताको विषय हो आज यसको चिन्ता हरेक सचेत नागरिकले गर्ने गरेको तर जिम्मेवार निकायले नीतिगत रुपमा तहमै गम्भिरतापर्ूवक नसोचेसम्म यहाँ केही हुनेवाला छैन एकातिर हिजो आज पनि हामी हाम्रा युवा गोर्खा भर्ती केन्द्रमा भर्ती भएर देशको युवाशक्ति बिदेश पलायन भयो भनेर चिन्ता ब्यक्त गर्दथ्यौं, अझै गर्र्छौ तर आज अर्को स्वरुपमा अतियोग्य जनशक्ति विदेशीका लागि तयार पार्दैछौं भनेर कसैले चिन्ता ब्यक्त गरेका वा आवाज उठाएको किन सुनिदैन मुलुकको त्यत्रो साधन श्रोतको खर्च गरेर उत्पादन गरेका चिकित्सक विदेश निर्यात हुने परिस्थिति प्रति स्वयम् जिम्मेवार निकाय जनमुखी भएर नीतिगत उदासीनता अन्यौल हटाउन ढिला भएको  देशको लागि केही सोच्ने मानिस यो देशमा नजन्मेका होइनन् बिदेश घुमेर बिदेशजस्तै झलमल बनाउन बिदेशी प्रविधि हुबहु नक्कल गर्नुपर्छ भन्ने मानिस देशमा धेरै छन् अर्कातिर देशको बिशिष्ठता हेरेर देशको माटो अनुकूलको प्राविधिक जनशक्तिको विकास गर्नुपर्छ भन्ने विज्ञ पनि यहाँ नभएका होइनन् पछिल्ला थरीका मानिसलाई नब्बेको दशक पछि आएको विश्वब्यापिकरणले अरु पाखा लगाएको स्वास्थ्य क्षेत्रमा हाम्रो देशको सामाजिक, आर्थिक, भौगोलिक तथा सास्कृतिक बिशिष्ठता अनुसारको स्वास्थ्य शिक्षा दिइनुपर्छ यो माटोलाई सुहाउने चिकित्सकलाई देशमै उत्पादन गर्नुपर्दछ भन्नेे ब्यक्ति यो देशमा जन्मेका थिए जसले चिकित्सा विज्ञानमा प्रमाणपत्रतह उत्तिर्ण गरेका हेल्थ असिष्टेण्ट -एच.) लाई स्नातक वा एम.बी.बी.एस.पढाउने प्रथाको सुरुवात गरे उनी थिए डा.मोइन शाह नेपालमा सेतो काग जन्मिने भो भनेर उनका बिरोधीहरूले हौवा फिजाएर विश्वमा प्रचलित मान्यता अनुरुप बिशुद्घ विज्ञान प्रमाणपत्रतहलाई मात्र एम.बी.बी.एसर्.गर्न दिनुपर्छ भन्नेहरू उनी बिरुद्घ खनिए अन्ततः उनले देशै छाडेर विदेश पलायन हुन बाध्य हुनुपर्यो त्रिविवि चिकित्सा अध्ययन संस्थानले एच..को उत्पादन बन्द गरेर एच..लाई एम्.बी.बी.एस.को ढोका बन्द गरिदियो यसरी डा.मोइन शाहका पदचिन्ह मेटाइयो  योग्य विद्यार्थीको चयन गर्ने, स्तरिय शिक्षा दिइने, खुल्ला प्रतिस्पर्धा गरिने नाममा दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई मेडिकल पर्ढाईबाट पाखा पारिए महङ्गो पर्ढाई शुल्कका बाधा सिर्जना गरेर मध्यम बर्गीय परिवारका विद्यार्थी पनि किनारा लगाइए यसरी अब मेडिकल पर्ढाईको पहुँच प्रायः त्यस्तो बर्गमा पुग्यो जो गाउँघरको परिवेशसंग अपरिचित जसलाई ताप्लेजुङको लुङथुङ प्राथमिक स्वास्थ्य केन्द्र परै जाओस् मोरङको झुरकिया प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न पनि श्वीकार्य छैन जहाँ उसको डाक्टरी पढाइमा लागेको १५।२० लाख खर्च उठाउन संभव छैन त्यसैले विदेश पलायनका तानाबाना बुन्न तिरै लाग्दछ यही स्थिति रहेमा हाम्रो मुलुकका मेडिकल कलेजबाट वर्षा जत्ति हजार डाक्टर उत्पादन भए पनि मुलुकका ७५ जिल्लाका स्वास्थ्य संस्थाका डाक्टर दरबन्दी पूरा हुन सम्भव छैनन्    यही सवाललाई निकै हदसम्म सम्बोधन गर्न सक्छ एच..हरुलाई एम.बी.बी.एस.को ढोका खोलेर किनभने एच..आफ्नो सेवावधिमा नेपालको हावापानी माटोसंग भिजिसकेको हुन्छ जसले देशको माया सेवाको महत्व बुझने मौका पाएको हुन्छ उसले अरु बृत्तिविकास गरि साँच्चैको डाक्टर बनेर सोही ठाउँमा सेवा गर्ने अठोट मनमनै गर्दछ अर्को कुरा एच..प्राय मध्ममबर्गीय परिवारबाट छन् जो गाउले परिवेश संग परिचित हुन्छन् स्वभाविक रुपमा डाक्टर बनेपछि आफ्नो जिल्लामा कार्यगर्नर् इच्छुक हुन्छन् तर यसका पनि चुनौती धेरै छन् मुख्य कुरो डाक्टरी पर्ढाई खर्च ज्यादै महङ्गो भएकाले लागेको पर्ढाई खर्च उकास्न विदेश पलायन हुने स्थिति सिर्जना भई हालका एच.. तथा भविश्यका डाक्टरलाई पनि यो समस्याले गाँज्न सक्तछ डाक्टरी पेसा पैसा कमाउने पेशा मात्र होइन यो पेशा सेवा र्समर्पणको पेसा पनि हो भन्ने कुरा भविश्यका डाक्टरले मनन् नगरे सम्म यो मुलुकलाई जत्तिसुकै डाक्टर बनुन् त्यसको केही अर्थ छैन हामीले कहिले बुझने कि शिक्षाको ब्यापारीकरण तथा माफियातन्त्रको अन्त्य नगरी सबै नेपालीले डाक्टरको मुख देख्न पाउदैनन्

Read More

स्तनपानका १०१ फाइदाहरू

नवराज सुब्बा


आमाको
दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक अध्ययन अनुसन्धान हुने गरेका छन् स्तनपान शिशुका लागि मात्र नभएर स्वयम् आमाका लागि पनि अति नै उपयोगी छन् अगस्ट पहिलो हप्तालाई विश्वभर स्तनपान सप्ताहका रुपमा मनाइयो स्तनपानका फाइदाका बारेमा विश्वभर चर्चा-परिचर्चा गरियो स्तनपानका फाइदाहरू यस प्रकार छन् आमाको दूध बच्चाको लागि अमृत समान हो यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो आमाको पहेंलो बिगौति दूध शिशुको लागि पहिलो खोप हो यसले बिभिन्न रोगबाट बचाउँछ स्तनपानले बच्चाको शारीरिक मानसिक बिकास राम्ररी गराउँछ बच्चालाई स्तनपान गराउँदा गर्भान्तरमा मद्दत पुग्दछ यसले आमाको स्तन क्यान्सर हुने दर कम गराउँछ शिशु अवस्थामा आमाको दूध नखाएको छोरीलाई स्तन क्यान्सर हुने सम्भावना बढि रहन्छ बच्चा जन्माउन साथ दूध चुसाएमा आमाको पाठेघर सामान्य अवस्थामा र्फकन मद्दत पुग्दछ आमाको दूध खाने बच्चाको आई.क्यू.स्तर बढि हुन्छ यसैगरि अन्य फाइदाहरुमा, आमाको दूध जतिसुकै बेला बिना झन्झट खुवाउन सकिन्छ स्तनपान गराएमा बच्चाको म्यूकोनियम अर्थात गर्भावस्थाको आन्द्रे दिशा निस्कन सहयोग पुग्दछ यसले आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ आमाको अनावश्यक तौल हुनबाट रोक्दछ आन्द्राको रोग क्रोन्स रोगबाट बचाउँछ बोतलको दूध खाने बच्चालाई भविश्यमा मधुमेह रोग हुन संभावना बढि हुन्छ स्तनपान गराउने मधुमेह लागेकी महिलाले कम इन्सुलिन लिए पुग्छ स्तनपान गराउँदा महिलालाईर् इण्डोमेटि्रयोसिस रोगबाट बचाउँछ बच्चाले आमाको दूध चुस्न थाले पछि आमाको रक्तश्राव कम हुन्छ आमाको दूध भन्दा अन्य दूध पिउने बच्चालाई एलर्जी हुने सम्भावना बढि हुन्छ आमाको दूधले दम रोग लाग्ने दर कम गराउँछ स्तनपानले झाडापखालाबाट बचाउँछ फर्मूला दूधको प्रयोगले कानको संक्रमण दर बढाउँछ फर्मूला दूधले सिड्स रोग दर बढाउँछ स्तनपानले बच्चालाई ब्याक्टेरियल मेनिन्जाईटिजबाट बचाउँछ स्तनपानले बच्चाको श्वासप्रस्वास रोग दर कम गर्छ फर्मूला दूधले बच्चालाई क्यान्सर रोग लाग्ने दर बढाउँछ आमाको दूधले बच्चामा बात रोग लाग्ने दर कम गराउँछ यसले बच्चालाई हड्जकिन्स रोगबाट बचाउँछ यसले बच्चाको केहि दृष्टिदोषबाट बचाउँछ यसले अस्टियोपोरोसिस रोगबाट बचाउँछ यसले आन्द्राको बिकास गर्न सहयोग गर्दछ गाईको दूध बच्चाको आन्द्रा अनुकूल नहुन सक्छ फर्मूला दूध खाएका बच्चाहरू भविश्यमा बढि मोटा हुने सम्भावना हुन्छ बोतल वा चम्चाबाट खुवाउँदा बच्च्ाालाइ निल्न सकस पर्दछ स्तनपान गर्ने बच्चामा आन्द्रा सम्बन्धी रोग अल्सरेटिभ कोलाईटिस कम हुन्छ आमाको दूधले हेमोफिलस बी ब्याक्टेरियाबाट जोगाउँछ स्तनपान गर्ने महिलाले शल्यक्रिया पछि भोको बस्नु पर्ने अवधि कम गरे हुन्छ स्तनपान गराउने आमाबूबाले स्तनपान नगराउने आमाबूबा भन्दा कम बिरामी छुट्टी लिन्छन् स्तनपानले खोपको प्रभावकारिता पनि बढाउँछ स्तनपानले बच्चामार् इण्टेरोकोलाईटिस लाग्ने दर कम गराउँछ बोतलको दूध तयार गर्नु पर्छ तर आमाको दूध स्वत तयार हुन्छ आमाको दूध उचित तापक्रममा हुन्छ स्तनपान गराउँदा रोग संक्रमण भईजाने दर कम हुन्छ आमाको दूध किन्नु पर्दैन फर्मूला दूध तथा अन्य दूध किन्नु पर्दछ जो महङ्गो पनि हुन्छ आमाको दूध खाने बच्चाहरूले उपचारमा कम खर्च लाग्ने गरेको पाइयो आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे्रट, प्राटिन चिल्लोको उचित मात्रा रहन्छ आमाको दूध बच्चाको लागि निन्द्रादायक हुन्छ स्तनपान आमाका लागि पनि निन्द्रादायक हुन्छ आमाको दूध बच्चालाई स्वादिलो हुन्छ आमाको दूध समग्रमा स्वास्थ्यदायक हुन्छ आमाको दूध खाने बच्चाको मृत्युदर नखानेको भन्दा कम हुन्छ स्तनपान गराउने महिलाले डाक्टरको लागि समय पैसा खर्च कम गरेको पाइयो स्तनपान गराउने महिलाको घरमा अनावश्यक दूधका सामग्री हुदैनन् स्तनपान गराउदा कुनै बोतल सामग्रीको झंझट पर्दैन रेफ्रीजिरेटरको आवश्यकता पर्दैन स्तनपानले कोलेस्टोरोलको समस्या कम गराउँछ गाईको दूध बाछाको लागि तयार भए झै आमाको दूध बच्चाको लागि हो आमाको दूधले बच्चाको आन्द्राको बिकासमा खास मदत गर्दछ स्तनपानले बच्चाको दर्दनाशकको काम पनि गर्दछ बिरामी शिशुको लागि आमाको दूध पर्ूण्ा आहार हो स्तनपान गराउने महिलालाई राम्ररी निन्द्रा लाग्दछ स्तनपानले रातमा बच्चालाई स्याहार पाउने अवसर दिन्छ स्तनपानले पिताको निन्द्रालाई पनि सकारात्मक असर पर्दछ फर्मूला दूध तयार पार्दा हुने समस्या स्तनपान गर्ने महिलाले बेहोर्नु पर्दैन कुन कम्पनी, कुन दूध राम्रो भनी भौतारिनु पर्दैन दूध तयार गर्दा मिसाउने पानीको चिन्ता स्तनपान गराउने महिलालाई पर्दैन स्तनपान गराउदा बच्चाको पेटको समस्या कम हुन्छ स्तनपानले बच्चाको दाँत गिजाको पनि बिकास गर्न मदत गर्दछ आमाको दूध खाने बच्चाको दाँत बलियो हुन्छ स्तनपान गराउने बच्चाको उपचार खर्च कम लागेको पाइयो स्तनपान गर्ने बच्चामा छिटो बोलीको बिकास हुन्छ आमाको दूध खाएको बच्चामा छालाको रोग एक्जिमा लाग्ने संभावना कम हुन्छ स्तनपान गर्ने बच्चाको छालाको स्वास्थ्य राम्रो हुन्छ स्तनपान गर्ने बच्चामा कम डकार्दछन् आमाको दूध छिटै जन्मेका वा प्रिमेच्यूर बच्चाका लागि उपयोगी हुन्छ आमाको दूध जैविक प्रशोधित बिकारमुक्त हुन्छ आमाको दूधमा कृतिम हर्मोनको मिसावट हुने संभावना हुदैन स्तनपान गर्ने बच्चामा हर्निया हुने दर कम हुन्छ आमाको दूध खान नपाउने बच्चामा स्क्लेरोसिस रोग लाग्ने दर बढि हुन्छ कम तौल भएका बच्चाको लागि आमाको दूध अत्यन्त उपयोगी हुन्छ बच्चाको सामाजिक बिकासमा स्तनपानले सहयोग गर्दछ आमाको दूधले बच्चाको मूत्रप्रणाली संक्रमण कम गर्दछ स्तनपानले बच्चाको हात, आँखाको संयोजन बिकास गर्न मदत गर्दछ बच्चामा रक्तअल्पता हुनबाट स्तनपानले रोक्छ आमाको महिनावारी गडबड हुन कम गर्दछ स्तनपानले आमा बच्चाबीचको भावनात्मक सम्बन्धको विकास गर्दछ आमाको दूधले बच्चाको आँखाको संक्रमण दर कम गराउँछ उच्च रक्तचाप कम गर्दछ संसारमा आमाको दूधको कुनै पनि नक्कल सम्भव छैन अन्य दूध खाने बच्चाको नेप्किन प्रयोग दर बढि हुन्छ स्तनपान गर्ने बच्चाको शरीरको सुगन्धमय हुन्छ स्तनपान गराउँदा बच्चालाई प्राप्त आमाको छातिको उष्णताले चिसोबाट बचाउँछ आमाको दूधलाई विश्व स्वास्थ्य संगठन वालरोग विशेषज्ञको विश्वसंघले पनि पनि सिफरिस गरेका छन्

Read More