‘मन र माटो’

‘मन र माटो’
विधा: गीत गजल
लेखकः डा. नवराज सुब्बा,
प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर
सालः २०७३ (2016)

mann-ra-maato-by-nawaraj-subba
Book Download Click˃ Here

व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा

श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची  बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो । विश्वविद्यालयको शोधमा आधारित आलेखका अतिरिक्त साहित्यकार नवराज सुब्बाका विषयमा पत्रपत्रिका, वेभसाइट तथा फेसबुकमा प्रकाशित सामग्रीहरू समेत लेखक बराइलीद्वारा लिखित पुस्तकमा समेटिएका छन् । जम्मा १५६ पृष्ठको उक्त पुस्तकमा टङ्क वनेम, स्व. राजेश्वर रेग्मी, ध्रुव मधिकर्मी, डा. गोविन्दराज भट्टराई, शिवनारायण पण्डित, भीम घिमिरे, भोजराज श्रेष्ठ, सीताराम ढकाल, सुरेश कार्की, यज्ञप्रसाद शर्मा लगायतका लेखहरू पनि रहेका छन् ।

Book download (size 1.1 mb) Click

नवराज सुब्बाको मनको मझेरीमा बस्दा

बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद बराल, राजेन्द चुडाल, हिंडपाली साइँलो, अज्ञातका लेखहरु र ज्ञानु अधिकारीको पत्र रहेका छन् । फेसबुक मार्फत् पुस्तकका लेखक तथा सम्पादक गीता ढकाल लगायत अन्य लेखक तथा समालोचकहरु सबैलाई ‘मनको मझेरी’ का स्रष्टा नवराज सुब्बाले धन्यवाद दिएका छन् ।

For download the book (file size 17.8 mb) Click

 

 

 

अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर

“अध्ययनको आलोकमा बीच बाटोमा  ब्युँझेर”
डा. कृष्ण प्रसाद दाहाल द्वारा लिखित  तथा सम्पादित समालोचना  

Continue reading अध्ययनको आलोकमा बीच बाटोमा ब्युँझेर

‘सहिदलाई सलाम’ गीतसङ्ग्रह २०६६

‘सहिदलाई सलाम’ गीतसङ्ग्रह २०६६
लेखकः नवराज सुब्बा