Archive for the ‘Literature’ Category

गीति–एल्बम अमूल्य जीवनको रचनागर्भ (नवराज सुब्बा)

कृति वा सिर्जना कुनै सर्जकको समून्द्ररुपी सागरमा देखिने केवल टुप्पो मात्र हो अर्थात् हामीले देखिने रचना वा सिर्जना ‘टिप अफ दि आइसबर्ग’ हो । अर्को शब्दमा भन्नु पर्दा कुनै रचना बोटमा फल्ने फल हो भने सर्जक बोट हो । कुनै फल खाएर मात्र बोटका बारेमा सबै कुरा चाल पाइँदैन, अवश्य स्वाद लिइन्छ तर बोट नदेखेको भए बोटबारे केवल अनुमान मात्र गर्न सकिन्छ । यसैले साहित्य र सिर्जनामा लेखक, पाठक, समालोचक र अनुसन्धानकर्ता लगायतका लागि रचनागर्भ महत्वपूर्ण साधन मानिन्छ ।

Read More

गीत (नवराज सुब्बा)

पुतलीझैं खेलाउँछु आज आफ्नै मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

ठेकान छैन के भयो यो मुखको बोली
लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली
लोभी भए आँखा आज पापी भए मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी
आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी
कुर्दाकुर्दै जोवन गयो दोधार भो मन
सबै कुरा नलैजाऊ देऊ बालापन ।

Read More

विष्टबाको सुन्तला र संगीत (संस्मरण) नवराज सुब्बा

बाल्यकाल विद्यालयमा साथीभाईको लहैलहैमा लागेर मैले अनगिन्ति उपद्रो गरेकोछु । सुन्तला पाक्ने मौसममा चाहे बोटमा झुलेको होस् वा सडकमा बेच्न सजाइएका सुन्तला हुन्, सुन्तला देख्यो कि मलाई अतीतको तीतो तर अहिले सम्झँदा मीठो लाग्ने एउटा घटनाको याद आइरहन्छ ।

Read More

सुन्दर र सरल कविताहरुको संगालो (समालोचना) रामप्रसाद खरेल

नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् ।

Read More

पाथिभरादेवीप्रति मेरो श्रद्धा अटल छ (यात्रा–संस्मरण) नवराज सुब्बा

मेरो जन्मगाउँ हाङपाङबाट उत्तरपूर्वतिर घामसितै टल्कने कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरू र त्यसको फेदैमा पाथि घोप्ट्याएजस्तो बसेको पाथिभरा डाँडा चीरपरिचित आकृतिहरू हुन् ।

Read More

बिहानी ब्यूँझाउने रातसित… ( नवराज सुब्बा)

धुवैंधुँवा
भरिएको कोठामा
म सकिन निदाउन
अँट्नै सकिन
आफ्नै अपूर्णतामा
पोखिएँ चाहनामा
र बग्दै गएँ यसरी
जीवनभर भेलजस्तै
ठोक्किइरहें ढुङ्गामा
र पटक पटक
बाँचेको अनभुव गरें

Read More

तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

“हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न उचित ठान्दै जवाफ दिएँ— “यस्तै फट्याक–फुटुक गर्दैछु ।”

Read More

जिन्दगी (नवराज सुब्बा)

बारीबाट लखेटिएता पनि
डिलबाट धकेलिएता पनि
भीरमा फुल्ने फूल जस्तै
रहेछ मान्छेको जिन्दगी ।

Read More

म्यूजिक डायरी— आफ्नै गीतमा… नवराज सुब्बा

एउटा गीतकार हुनुको पीडा र सुख पनि बेग्लै भएको छ मलाई । आफ्ना केही गीत अरुका स्वरमा तथा अरुका संगीतमा पहिलो पटक सुन्दा म रोएको छु । त्यसबेला मलाई भक्कानिएर रुन मन लाग्छ । तर लाज लाग्छ आफूलाई नियन्त्रित गर्न हम्मे पर्छ, र एकान्तमा छेलिएर म रुमालले आँशु पुच्छु, बाथरुममा पसेर मुख, आँखा धोएर वेदनालाई पखाल्ने गर्दछु । मलाई लाग्छ मेरो गीतले सायद मलाई नै सबैभन्दा बढी पीडा र सुख पनि दिन्छ होला र नै यति निचोर्छ मेरो मुटुलाई ।

Read More

न्यूटन, स्याऊ र भूकम्प (कविता) नवराज सुब्बा

यसपालि पनि
भूइँचालोले देखेन
जीवनदेखि दिक्क भएका
मृत्यु पर्खी बसेकाहरूलाई
बरु फुलिरहेका फूलहरू टिप्यो
वारिपारि गर्ने पुलहरू चुँडायो
यसपालि पनि टेरेन मृत्युले
मान्छेका निर्दोष पाइलाहरू
बरु निर्ममतापूर्वक कुल्चियो
निस्सासियो गाउँ र शहर
स्वास रोकिएको मौका छोपेर
मिच्न मिच्यो मानव अस्तित्व
यसरी फुत्त आयो भूकम्प
उजाड बनायो गाउँशहर
र लुत्त लुक्यो….

Read More