Archive for the ‘Activities’ Category

विराटनगरमा पूर्वाञ्चल स्तरीय भव्य कविगोष्ठी

माघ ११ गते, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित पूर्वाञ्चल स्तरीय कवि गोष्ठी विराटनगरमा भव्य रुपमा सम्पन्न भयो । कृष्णभूषण वल, मनु मञ्जिल, उपेन्द्र पागल, मधु पोखरेल, ज्योति जंगल, मिश्र बैजयन्ति, कृष्ण बराल, कृष्ण निराकार, देवान किराती, परशुराम लुइटेल, सुमित्रा थापा, खोलाघरे साइला, चुडामणि नेपाल अकिञ्चन, समुद्रा शर्मा लगायतका ५० भन्दा बढी कविहरुले गोष्ठीमा कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा भएको उक्त कविगोष्ठीमा प्रमुख अतिथी भाषाशास्त्री बालकृष्ण पोखरेलले कवि रमाप्रसाद रिजालको "एक चस्को दुखेको मुटु" कवितासंग्रह विमोचन गर्नुभयो । गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, भाषाशास्त्री तथा साहित्यकार चुडामणि रेग्मी, पुनरावेदन अदालतका प्रमुख न्यायधीस भिमेन्द्रबहादुर कार्कीले मन्तव्य दिनुभयो ।

साहित्यकार मीनकुमार नवोदित र गोकुल अधिकारीद्वारा विराटनगर उपमहानगरपालिकाको सभाहलमा सञ्चालित उक्त गोष्ठीको सुरुमा कवि भूषण ढुंगेलले स्वागत मन्तव्य दिनुभयो ।

Read More

शव्दचित्रः ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह विमोचन समारोह

(मिति- २०६५ मंसीर ६ गते, स्थान- कम्म्प्युटर बजारको कन्फरेन्स हल, समय- अपरान्ह २ बजे)

AUDIO 1 AUDIO 2

डा. कुमार कोइराला – उपस्थित साहित्यानुरागी सज्जनवृन्द, म यहाँहरूको ध्यान यतातिर आकर्षा गर्न चाहन्छु । आज हामी युवा कवि नवराज सुब्बाको कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर” को विमोचन कार्यक्रममा यहाँ उपस्थित भएका छौं । यस कार्यक्रममा यहाँहरूलाई अगाडी देखेर म अत्यन्त हर्षित भएको छु र म आफ्नोतर्फबाट यहाँहरूलाई अभिवादन टक्र्याउन चाहन्छु । र कार्यक्रम सुरु गर्न चाहन्छु ।
आज काठमाडौंको वातावरण अलि स्पष्ट नभएर अर्थात् वन्द भएर आगन्तुकहरूको उपस्थिति अलि न्यून छ । त्यो हाम्रो वशभन्दा वाहिरको कुरा हो । जति उपस्थित भएका छौं, अव त्यत्तिमैं अव हाम्रो कार्यक्रम सञ्चालन गर्न लागिरहेका छौं । र यो कार्यक्रम अलि चाँडो सुरु हुनुपर्दथ्यो, वाहिरको वातावरणको कारणले समयमैं सुरु गर्न सकेनौं । यसका लागि म क्षमाप्रार्थी छु । अब आजको कार्यक्रम म सुरु गर्न चाहन्छु ।
जुनसुकै कार्यक्रमको पनि एउटा औपचारिक कार्यक्रममा एउटा सभापतिको आवश्यकता हुन्छ नै । तर्सथ म आजको कार्यक्रमको सभापतित्व गरिदिन हुन डा. तुलसी भट्टर्राईज्यूलाई सादर निमन्त्रण गर्दछु । (तालि बज्छ) त्यसपछि, कार्यक्रमको प्रमुख आतिथ्यका लागि म प्रसिद्ध कवि वैरागी काइँलाज्यूलाई म मञ्चमा निमन्त्रण गर्दछु । -तालि बज्छ) अब.. यो कृति जुन आज विमोचित हुँदैछ त्यसकोबारेमा समीक्षा गर्ने विशिष्ठ अतिथीहरू हुनुहुन्छ । सर्वप्रथम म डा. गोविन्दराज भट्टर्राईज्यूलाई मञ्चमा निम्त्याउँछु । त्यस्तै डा.बेञ्जु शर्माज्यूलाई पनि म मञ्चमा निमन्त्रण गर्दछु । र कवितासङग्रहका र्सजक नवराज सुब्बाज्यूलाई पनि माथि आएर आसन ग्रहण गरिदिन हुन अनुरोध गर्दछु ।
यसपछि हाम्रा मञ्चस्थ विशिष्ठ महानुभवहरूलाई पुष्पगुच्छाद्वारा स्वागत गरिदिन हुन श्रीमति चञ्चला सुब्बा र सरला सुब्बालाई म मञ्चमा बोलाउँछु । (मञ्चस्थ महानुभावहरूलाई पुष्पगुच्छा प्रदान गरिन्छ)
धन्यवाद ! एउटा कुरा म सबैमा निवेदन गर्न चाहन्छु । नवराज सुब्बाकी सहधर्मिणी चञ्चला सुब्बा पनि यहाँ हुनुहुन्छ । यो पनि हाम्रो लागि खुशीको कुरा हो । म वहाँलाई अग्रासनमा बसिदिन हुन अनुरोध गर्दछु । हाम्रो कार्यक्रम वास्तवमा अलि ढिलो सुरु भएकाले यसलाई छोटो पारेर सिद्याउन खोजिरहेका छौं । किनभने समय पनि त्यस्तै छ । र यो स्वागत मन्तव्यको कार्यक्रम छ । यो स्वागत मन्तव्य पनि म आफै नै गरिरहेको छु । र यहाँ जुन कविताप्रेमी, साहित्यप्रेमी, महिला तथा सज्जनवृन्द उपस्थित हुनुहुन्छ म वहाँहरूलाई हार्दिक स्वागत गर्दछु । यो कार्यक्रममा तपाईहरूको जुन यो अमूल्य उपस्थिति छ यसले हामी अत्यन्त उत्साहित भएका छौं । यो कार्यक्रम लगभग एक घण्टा समयको हुनेछ । यहाँहरू यो एक घण्टाको समयमा युवाकवि तथा अहिलेका कवितालेखनमा सरल र सुन्दर कविता लेख्ने कवि नवराज सुब्बाको कृतिमाथि हामी एक किसिमको अन्तरक्रिया पनि भन्दछु म त्यसलाई एकघण्टा समय दिऔं । फेरि पनि म यहाँहरूलाई हार्दिक हार्दिक हार्दिक स्वागत गर्दै मेरो मन्तव्य अन्त गर्दछु । -(तालि बज्छ)
अब आजको हाम्रो आकर्षाको केन्द्र भनेकै कृति विमोचन हो । कृति विमोचनका लागि म आजका प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काइँलाज्यूलाई म अनुरोध गर्दछु । र सघाउनका लागि कवि नवराज सुब्बालाई पनि अनुरोध गर्दछु । (कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ विमोचित हुन्छ, तालि बज्छ, तस्वीर खिचिन्छन्)
धन्यवाद ! आजका प्रमुख अतिथीज्यूले आजको प्रमुख कार्य सम्पन्न गर्नु भएको छ । अब म यस पछिका कार्यक्रमतिर लाग्दछु । मलाई के भनिएको छ भने बोल्नेहरूलाई पनि अलि छिटो बोल्ने पार्नु नत्र दर्शकहरूलाई अलि अप्ठेरो पर्ला भनेर मलाई सिकाइ सकिएको छ । (दर्शकमाझ अलिअलि हाँसो चल्छ) अब म कवितासङ्ग्रहका सर्जकलाई नै निम्त्याउँदै छु । वहाँले यो कवितासङ्ग्रह कसरी रच्नु भयो, वहाँका रचनागर्भ र रचनाधर्मिताका बारेमा बताई दिन हुन र कवितासङ्ग्रहभित्रबाट आफूलाई मन परेको एउटा कविता वाचन गरिदिन हुन अनुरोध गर्दछु ।
नवराज सुब्बा- नमस्कार ! पुस्तक विमोचन समारोहका आदरणीय सभापतिज्यू, नेपाली वाङ्मयका खासगरि लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरूको अगाडी नेपाली साहित्य जगतलाई डोर्‍याइरहनु भएका हाम्रा अग्रज वरिष्ठ कवि वैरागी काइँलाज्यू, नेपाली वाङ्मयमा हाल उत्तरआधुनिक चेतनाको स्वरलाई प्रज्वलित पार्दै देशविदेश नभनिकन अनवरत जुटिरहनु भएका हाम्रा अग्रज, समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टर्राईज्यू, नेपाली वाङ्मयका प्रसिद्ध हस्थी डा. बेञ्जु शर्माज्यू, दर्शकदर्ीघामा बस्नुभएका विशिष्ठ साहित्यकार महानुभवहरू, र्सजकज्यूहरू, मैले मान्नुपर्ने सम्पूर्ण मान्यजनहरूमा म नवराज सुब्बा यहाँहरूको न्यानो अभिवादन गर्न चाहन्छु ।
र मलाई उद्घोषकज्यूले भन्नु भएका कुराहरू र यसका रचनागर्भका कुराहरू पनि राखिदिने आशयको मलाई आग्रह गर्नुभएको थियो । तर मैले यो मेरो प्रस्तुत कृति वा पुस्तक भनौं या कवितासङग्रहमा नै आफ्ना धेरै कुराहरू पृष्ठभूमि, रचनागर्भमा नै मेरो भन्नु उल्लेख गरिसकेको छु, ती भन्दा पनि बढी मेरा आफ्ना रचनाहरूमैं मैले बोलिसकेको छु जस्तो मलाई लाग्छ । जुन पुस्तक यहाँहरू सामु केही समयमा उपलब्ध हुनेछ ।
यो काठमाडौंको साहित्यिक मञ्चमा पहिलो पटक एक र्सजकको हैसियतले उभिएको छु । हुन त विराटनगर अथवा मोरङ, झापा अर्थात् पर्ूवाञ्चलका विभिन्न साहित्यिक मञ्चहरूमा त्यहाँका साहित्यकर्मीहरूसंग उठ्वस् गरेता पनि काठमाडौंमा चाहिँ प्रत्यक्ष रूपमा, भौतिक रूपमा भेटघाट नहुँदा खेरि कताकता आफूलाई पनि अधूरो भए जस्तो र केही अझै बाँकी रहेजस्तो मलाई अनुभव भयो । मेरा अग्रज तथा शुभचिन्तकहरूले पनि एकपटक काठमाडौंको मञ्चमा तपाईले देखा पर्दा राम्रो हुन्छ भन्ने किसिमको सुझावसल्लाहलाई पनि शिरोपर गरेर आज वरिष्ठ साहित्यकार तथा अग्रजहरूका अगाडी उभिएर हाम्रा विशिष्ठ साहित्यकारहरूकै वीचमा बसेर आफ्ना कुराहरू राख्न अर्थात् आफ्नो अनुहार देखाउनकै लागि म उभिएको हुँ कि जस्तो लागिरहेछ । वास्तवमा मेरो आशय के हो भने मैले आफ्ना रचनाहरू विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषण गरें, आफ्ना तस्वीरहरू इण्टरनेटमा पनि राखियो । तर यत्तिले मात्र पनि पूरा हुँदैन रहेछ । मान्छेले मान्छेलाई भौतिक रूपमा पनि छुन आवश्यक छ, भेट्न आवश्यक छ भन्ने कुराको कमी महसूस मैले गरेको थिएँ, जो मैलै आज पूरा गरें । यस अर्थमा यस अवसरमा म गद्गद् भएको छु ।
खास गरि यो काठमाडौंको व्यस्त समय त्यसमा पनि अति व्यस्त हाम्रा साहित्यकारहरू जो आ-आफ्नो कार्यक्षेत्रमा हुनुहुन्छ, यो समय निकाल्न सकिएला कि नसकिएला फेरि यो अहिलेको वन्द आव्हान तथा अनिश्चितता ले गर्दा पनि मलाई कताकता यहाँहरूलाई निम्तो गर्न अप्ठेरो महसूस भएको थियो । तर यहाँहरूले जुन किसिमले सहज र सप्रेमपर्ूवक उपस्थिति जनाई दिनु भएको छ त्यसको लागि यहाँहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।
भनिन्छ, र्सजकहरू अनौपचारिक सांसदहरू हुन् जसले यस्ता आवाजहरू पनि बोक्नर्ुपर्छ जुन आवाजहरू सडकमा पनि आउन बाँकी छन् सदनमा पनि पुग्न बाँकी नै होलान् । त्यस्ता आवाजहरूलाई पनि र्सजकहरूले उठाउनुपर्छ भन्ने एकजना विद्वानको उक्तिलाई मैले पनि पछ्याउने प्रयास गरेको छु । मेरो लेखनको अभ्रि्राय पनि यही हो । सबै र्सजकका उत्कृष्ट कृतिहरू पढेर नै म प्रभावित भएँ । धेरै कुराहरू उहाँहरूले लेखिसक्नु भएको छ त्यही कुराहरू पढेर पनि केही लेखियो होला । त्यसमा छुटेका थप केही आवाज र आग्रह जसलाई एउटा मूलधारमा ल्याउन अझै वाँकी छ कि ! यी कुराहरूलाई राखे राम्रो होला कि ! भनेर मैले मेरो कवितासङ्ग्रह यहाँहरूसमक्ष राखेको हुँ ।
अन्तमा, यहाँहरू सबैलाई उपस्थितिको लागि पुनः धन्यवाद दिदैं, मेरो एउटा कविता ‘सतीढुङ्गानेर अरुण’ यहाँहरू समक्ष राख्तै यो कविताको समाप्तिसँगै मेरो यो मन्तव्य पनि टुङ्ग्याउन चाहन्छु ।
सतीढुङ्गानेर अरूण

Read More

पूर्वाञ्चल स्तरीय कविगोष्ठी

पूर्वाञ्चल स्तरीय कविगोष्ठी

पूर्वाञचल साहित्य प्रतिष्ठान विराटगरले पूर्वाञ्चल स्तरीय कविगोष्ठी आयोजना गर्ने जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले दिनु भएको जानकारी अनुसार प्रतिष्ठानको हालै बसेको बैठकले माघ ११ गते शनिवार पूर्वाञ्चल स्तरीय कविगोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।

Read More

बीच बाटोमा ब्यूँझेर बिमोचन

काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो ।

साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो ।

यो कृति साहित्यकार नवराज सुब्बाको तेस्रो साहित्यिक कृति हो । यस अघि उनका “जीवन मेरो शव्दकोशमा” कवितासङ्ग्रह र “मनको मझेरी” निवन्धसङ्ग्रह प्रकाशित भई सकेका छन् ।

Read More

कविगोष्ठी

देवकोटा पुस्तकालयमा कविगोष्ठी

    विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
    प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
    देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
    सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

Read More

कृति पुरस्कृत

पूर्वाञ्चलमा प्रकाशित सर्वोत्कृष्ट कृतिलाइ प्रदान गरिने २०६४ सालको जयन्द्रप्रसाद प्रसाइ साहित्य सेवा पुरस्कार नवराज सुब्बाद्वारा लिखित 'मनको मझेरी' निबन्धसङ्ग्रहलाइ प्रदान गरिएको छ ।

    झापामा आयोजित एक समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ समालोचक गणेशबहादुर प्रसाइ र वरिष्ट कवि कृष्णभूषण बलले सुब्बालाइ रु.११ हजार १ सय ११ को पुरस्कार राशि र सम्मानपत्र प्रदान गर्नुभयो ।

    कोषका संस्थापक गोपीकृष्ण प्रसाइको अध्यक्षतामा भएको समारोहमा पुरस्कार छनौट समितिका संयोजक विष्णुकुमार भट्टराइ, साहित्यकार लीला उदासी, कवि मनु मञ्जिल, दीपा अबिरल, रस्मीशेखर लगायतले कृतिमाथि चर्चा गर्नु भयो । उक्त कृतिमा 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाइ', 'तस्बीरमा पोखिएका कविताहरू', 'जदौ दाहाल यज्ञनिधि' र 'धन्यवाद धरावासी', तथा 'नयाँ नेपालको चित्र' लगायतका बीसओटा निबन्धहरु संग्रहित छन् ।

    झापाको मदन पुरस्कार मानिने उक्त पुरस्कार यस अघि साहित्यकारहरु केशव आचार्य, भवानी क्षेत्री, शिव रेग्मी प्रणत, रश्मिशेखर सुवेदी र अमर नेम्बाङले प्राप्त गरिसक्नु भएको कुरा कोषका सदस्य सचिव कृष्ण बरालले बताउनु भयो ।

२८ भाद्र २०६४, झापा नेपाल

Read More

प्रथम अनलाइन वेभक्याम विश्व कविता प्रतियोगिता २०६४ (First Online Webcam World Poem Competition 2064)

'कठघरामा उभिएर'

हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझदछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ
!
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।

भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुइ चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइ खाइन्
भन, काँडाले घोच्दाखेरी
हिंड्दा ठेस लाग्दाखेरी
रगत बग्दाखेरी

तिम्रो मुखैमा पहिले को आइपुग्छ ?
बताऊ ए आरोपित
!
नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आ
ँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखका अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?

ऐया ! अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ ?

ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान !
विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँ
दैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानोमा रुँदाखेरी
'लौ हा
ँस-हाँस मेरो बाबु' भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद
घोष गर्दैछु-
आमा
! एकफेर हाँसिदेउ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि…ङ्ग… उभिएको छु ।

तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ

तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छौ आमा
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा !
तिमी आत्माझैं अमर छौ ।

 

(अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा प्रथम स्थान प्राप्त गर्न सफलकविता)

Reference :

Read More