Archive for the ‘समालोचना’ Category

कवि नवराज सुब्बा बीच बाटोमा ब्यूँझेपछि (दधिराज सुवेदी)

सामयिक धाराका कथा, कविता, निबन्ध एवं गीत-गजल विधाका चंकिला तारा हुन्- नवराज सुव्वा ।

Read More

गम्भीर नवराज (राजेश्वर रेग्मी)

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बा गम्भीर छन् । उनीसँग मेरो जतिपल्ट भेट भएको छ, त्यत्ति नै पल्ट मैले उनलाई गम्भीर मुद्रामा पाएको छु ।

Read More

नवराजदाईको मनको मझेरी पढ्दा (पुस्तकसमीक्षा) राजेन्द्र चुडाल

साहित्यमा ख्याति कमाइ सक्नु भएका दाई नवराज सुब्बाले मलाई बाल्यकालको साथी सम्झेर मनको मझेरी पठाइदिनु भएको रहेछ । म एक सामान्य नागरिक साहित्यमा त्यति ज्ञान छैन तैपनि बाल्यकालका साथी नवराजदाईले लेखेको

Read More

जीवन मेरो शब्दकोशमा नवराज सुब्बा (रविमान लम्जेल)

विषय प्रवेशः
नेपाली कविता यात्रामा उल्लेखनीय नाम भएर पनि उल्लेख नभएको नाम हो नवराज सुब्बा । यसका विविध कारणहरूमध्ये केही हुन सक्छन् (१) मोफसलमा बसेर साहित्य साधना गर्नु (२) कविता रचेर पनि डायरीमैं थन्क्याउनु (३) केन्द्रीय स्तरका पत्रिकामा प्रकाशित नगराउनु (४) साहित्यिक सम्पर्क माध्यम सीमित स्तरमा हुनु इत्यादि ।

Read More

सुन्दर कविताहरूको सँगालो (जगत प्रेक्षित)

नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । “जीवन मेरो शब्दकोशमा” (कवितासङ्ग्रह- २०६३) र मनको मझेरी (निबन्धसङ्ग्रह- २०६४) प्रकाशन गरेर साहित्यिक जगतमा पृथक पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले “बीच बाटोमा ब्यूँझेर” (कवितासङ्ग्रह- २०६५) पाठकसमक्ष पस्केका छन् ।

Read More

विराटनगरमा बढ्दो साहित्यिक चहलपहल (यज्ञप्रसाद शर्मा)

विराटनगरमा केही समयदेखि साहित्यिक क्रियाशीलता बढेर गएको छ । गएको असार महिनालाई मात्र हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । साहित्यिक सिर्जना गर्ने र साहित्यिक प्रतिभाको सम्मान गर्ने दुवै किसिमले असार महिना चर्चित रहेको छ । साहित्यले मानिसलाई मनोविज्ञान बुझाउँछ ।

Read More

Peeping Nawaraj Subba in the middle path

Devi Panthi

Bich Batoma Byujhera or awakening in the middle of road is the second collection of anthology of poems published in 2008 AD by Nawaraj Subba.

Read More

साइलिबरी चियाबारिमा (टंक वनेम)

हार्मोनियम बजाएर गीत गाउँदै नाटकका पात्रहरु मंन्चमा देखा परेका थिए ।
Read More

‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत (शैलेन्द्र साकार)

‘बीच बाटोमा ब्यूँझेर’ मा कवि नवराज सुब्बाको बिम्ब चेत
शैलेन्द्र साकार

बिम्ब भन्नु नै शब्दहरूको संवेदनशील चित्र बनाउनु हो । मानिस जीवनभर बिम्बहरूसिँग बाँच्ने गर्दछ । मानिसले देखेको सपना स्वयं बिम्बको राम्रो प्रस्तुति हो । सपना देखुञ्ज्याल आफ्नै वरिपरि रहेको बिम्ब केही समयलाई हराएजस्तो अनुभूति ब्यूँझेपछि हुने गर्छ । तर, त्यो हराएको हुँदैन त्यो अवचेतन मनमा गएर थपक्क बस्दछ । मानिस बिम्बमा जन्मन्छ र बिम्बमा मर्दछ । बिम्ब लेख्न नचाहँदा नचाहँदै पनि लेखिन्छ किनभने त्यो हाम्रो अवचेतनमा रहिरहेको हुन्छ । बिम्बबिनाको कविता प्राणबिनाको शरीरजस्तो हुन्छ, त्या गतिशील हुँदैन । बिचारमात्र लेख्ने प्रयत्न गरे पनि त्यो बिम्बको आवरणभित्र आएको हुन्छ । कोरा विचारमात्र कदापि कविता हुन सक्दैन । त्यो फगत अनुसन्धान र वक्तव्यबाजी मात्र हुनेगर्छ । बिम्बप्रधान रचनाहरू प्रभावोत्पादक र विस्मरणीय हुन जान्छ । कवि नवराज सुब्बाले ‘र्समर्पण’ मा सुरुमै कथ्य बिम्बको प्रयोग गरेका छन् । दर्शन पनि बिम्बको खोल ओढेर प्रकट भएको छ । ‘गयौ सँगै लिएर आफ्नो लास पनि…’ मा उनको दार्शनिक चेत कथ्य बिम्बको माध्यमबाट प्रकट भएको छ । एकजना प्रख्यात कविले कतै लेखेका छन्, ‘नो पोएट नो आर्टिस्ट अफ एनी आर्ट ह्याज हिज कम्प्लिट मिनिङ अलोन ।’

Read More

‘इनोसेन्ट’ हेराईले लोभिएका नवराज (हिमाल खरेल)

‘इनोसेन्ट’ हेराईले लोभिएका नवराज
हिमाल खरेल

बोल्दा पहिलो वाक्य नै अति गाह्रो लाग्ने पोल्याण्डकी कवयत्री विस्लाब सिम्र्बोस्काको जस्तै मेरो पनि हाल होला भन्ने भय भयो । म त झन् प्रश्न सोध्ने मुडमा छु । म अल्मलिएँ, ‘सुरुमा के सोधूँ -’ सधैँ फिस्स मुस्कुराउने नवराज सुब्बा जवाफ दिन तयार भइसकेका थिए ।

Read More