‘इनोसेन्ट’ हेराईले लोभिएका नवराज
हिमाल खरेल
बोल्दा पहिलो वाक्य नै अति गाह्रो लाग्ने पोल्याण्डकी कवयत्री विस्लाब सिम्र्बोस्काको जस्तै मेरो पनि हाल होला भन्ने भय भयो । म त झन् प्रश्न सोध्ने मुडमा छु । म अल्मलिएँ, ‘सुरुमा के सोधूँ -’ सधैँ फिस्स मुस्कुराउने नवराज सुब्बा जवाफ दिन तयार भइसकेका थिए ।
Read More
समावेसी चरित्रको 'देशको माया'
- विक्रम निरौला
प्रेमलाई सिर्जनाको स्रोत मान्ने साहित्यकार नवराज सुब्बाको "देशको माया" गीति एलबम नेपाली गीतसङ्गीत क्षेत्रमा नयाँ स्वाद पस्केका छन् । एलबमका गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिको भावनाले ओतप्रोत दशओटा गीतहरू समावेश छन् ।
एलवममा नयाँ युवादेखि स्थापित संगीतकारकाले संगीत भरेका छन् । त्यस्तै नवोदितलगायत स्थापित गायक-गायिकाहरुको स्वर पनि एलवममा समेटिएका छन् । स्रष्टाहरुको चयन समावेशी किसिमको हुनु एलवमको महत्वपूर्ण विशेषता देखिन्छ । महिला, आदिवासी, जनजाति, दलित लगायतको सहभागिताको गोलमेच बनेको छ प्रस्तुत एलवम- 'देशको माया' ।
एलवमको प्रस्तुतीले आफ्नो तीनदशक लामो एउटा सपना पूरा भएको साहित्यकार सुब्बाको भनाइ छ । एलवमका गीतहरू सुन्दा लोकगीत, आधुनिक र अत्याधुनिक पपका स्वाद पाउन सकिन्छ । सुब्बाका गीत सुन्ने श्रोतालाई आफू नेपालको भौगोलिक, जातजाति, धर्म र समुदायबीचमा उभिएको अनुभूति हुन्छ ।
त्यस्तै एलवमका केही गीतले त हाल परिस्थितिवश प्रवासमा जान बाध्य भएका नेपालीहरूलाई आफ्नो मातृभूमि सम्झन बाध्य बनाउँछन् ।
एलवममा अन्जु पन्त, स्वरपराज आचार्य, सुमित खड्का, साजन राई, विकेश विश्वकर्मा, नितु गोस्वामी, सरिता राई, विमला राई, सुनिता कटुवाल, वाशु लामा, डि.वी.राई र स्वयम् सुब्बाले पनि एलवममा गाएका छन् । वरिष्ठ संगीतकार शक्ति बल्लभ, युवा संगीतकार साजन राई, धिरज श्रेष्ठ, सुमित खड्का, वाशु लामा र नवराज सुब्बाले संगीत भरेका छन् ।
बहुचर्चित गीतहरू 'नेपाली नेपाली हामी नेपाली मधेशी होस् वा जनजाति हामी नेपाली दलित होस् वा तागाधारी हामी नेपाली', 'आफनो भाग्य आफै लेख्ने दिन आएको छ' जस्ता गीतहरूका साथै एलवममा 'सबै भन्दा धेरै मलाई देशको माया लाग्छ', 'देशको माया गर्नु भन्या आफैलाई चिन्नुरैछ', 'हिजोभन्दा आज राम्रो आजभन्दा भोली', 'यो ज्यानको माया के माया जन्मेको भूमि ठूलो रैछ,' र 'हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटल' जस्ता गीतले मुलुकको समसामयिक परिवेशप्रति सजग गराएको छ । यसरी 'देशको माया' गीति एलवममा नवराज सुब्बाले नेपाल र नेपालीलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।
Read More
रश्मिशेखर
शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति नरमाइलो छट्पटाइरहेको भेटिँदो रहेछ आफूलाई । आफूले साहित्य भन्नु जीवन नै रहेछ । अर्थात् जैविक क्रिडा ।
Read More
Full of Messages
Gandhi Raj Kafle
One, who does not know how to portray pain and sadness in art of words, can’t be a true poet. The under review anthology of poems by Nawa Raj Subba entitled Bich Batoma Byunjhera, however, shows that he has this art. Similarly, one who fails to be brief and enlarged according to the demand of theme, also can’t be a poet. Composer Subba has succeeded to demonstrate this quality also. So, he is definitely a poet, whose contribution to the genre of the Nepali poetry is noticeably strengthening in recent times.
Read More
HTML clipboard
समुन्द्रको आइसबर्ग अनि मुण्टो अर्थात् कविता
बैरागी काइँला
निकै वर्षअगाडी होला आठदश वर्षभो कि ! एकचोटी निकै ठूलो तामझामसँग
Read More
समालोचना
डा. कृष्णप्रसाद दाहाल
१. परिचय
कवि नवराज सुब्बाको जन्म वि.स.२०१८ साल असोज १५ गते मेची अञ्चल, ताप्लेजुङ जिल्लाको हाङपाङ
Read More
नवराज सुब्बा
फूर्सद हुँदो हो त उपन्यास पढ्न नै मजा आउँछ ।
Read More
समालोचना
‘मनको मझेरी’मा बस्दा
डा. खेम दाहाल
नवराज सुब्बाको ‘मनको मझेरी’ -२०६४) वाणी प्रकाशनबाट प्रकाशित निबन्धसङ्ग्रह हो
Read More
नवराज सुब्बाको कलात्मक अभिव्यक्ति ‘मनको मझेरी’
- दधिराज सुवेदी
आधुनिक नेपाली वाङ्मयका उपवनमा केही कविता, केही कथा, केही गीत, केही गजल, केही कला र केही निवन्ध लेखेर आफूलाई वाङमय सेवीका रूपमा स्थापित गर्न सफल स्रष्टाको नाम हो – नवराज सुब्बा ।
Read More