भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन गरिन्छ । यसका ब्यवहारिक पक्ष जस्तै थोरै सन्तानलाई उचित लालनपालन, शिक्षादीक्षा दिन वा औषधोपचार, घरमा शुखशान्ति जस्ता मूलभूत सवालहरूबारे बुझाएर परिवार नियोजनको लागि उत्प्रेरित गरिन्छ- जनतालाई । तर सर्जकहरूले धेरै सिर्जना गरेर साहित्य बिगारेको वा समाज बिगारेको मैले देखे-सुनेको छैन । हो, हिजो यहि देशमा सिर्जनामा नियोजन गर्ने शासक थिए, दुःखको कुरो तिनको स्वरुप आज बद्लिएको छ शहरशहरमा ।
Read More
धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ?
Read More
केही दिन अघि मात्र वाणी प्रकाशनको साधारण सभा चलिरहेको बेला कवि सविता गौतम दाहालले देवकुमारी दिदीको लडेर हातको भाँचिएछ भन्ने समाचार सुनाउनु भयो
Read More
उसबेला हाङपाङमा पैण्ट, शर्ट र चश्मा हेडसर अर्थात् गणेशबहादुर राइले मात्र लगाउनु हुन्थ्यो । लाग्दथ्यो, पैण्टशर्ट भनेको काम नगरी बस्ने, धेरै पढेका अर्थात् धनिमानीको पहिरन हो, चश्मा भनेको विद्वानको गहना हो
Read More
म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं
Read More
साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र !
Read More
भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा
Read More
करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा ।
Read More
नेपाली गजलका एक अग्रज गजलकारले एउटा सार्वजनिक कार्यक्रममा यसो भने-”गजल गाइदैनन, केवल लेखिन्छन् मात्र । गजलकारले संगीतकार र गायकको बुइ चढ्ने होइन, केवल वाचन गर्नुपर्छ ।” उनको यो भनाई मलाई अलि चित्त बुझेन । यही सवाल मैले एउटा वरिष्ठ संगीतकारकहाँ पुर्याएँ
Read More