Category Archives: Gazhal

कृति विमोचन

भाद्र ३०, २०७३ काठमाडौं ।

गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।
release-mannramaato
Continue reading कृति विमोचन

गजलः मेरो अनुभूति (नवराज सुब्बा)

नेपाली गजलका एक अग्रज गजलकारले एउटा सार्वजनिक कार्यक्रममा यसो भने-“गजल गाइदैनन, केवल लेखिन्छन् मात्र । गजलकारले संगीतकार र गायकको बुइ चढ्ने होइन, केवल वाचन गर्नुपर्छ ।” उनको यो भनाई मलाई अलि चित्त बुझेन । यही सवाल मैले एउटा वरिष्ठ संगीतकारकहाँ पुर्‍याएँ Continue reading गजलः मेरो अनुभूति (नवराज सुब्बा)

गजल (गनाउछ) नवराज सुब्बा

सुन्दासुन्दै रचना जाँड गनाउछ
पढ्दापढ्दै पत्रिका माँड गनाउछ ।

ठूला मान्छे सबैले गर्ने कुटनीति
राजनीति गर्थें होला भाँड गनाउछ ।

हुँदनैथे बन्द आफै उद्योग कारखाना
चन्दा माग्ने भीडको गाँड गनाउछ ।

आज मलाई स्कुल जान मन छैन
गुरुलाई मोसो दल्ने साँढ गनाउछ ।