Archive for the ‘अन्तरवार्ता’ Category

म मातृभाषामा पनि लेख्छु र मातृभाषालाई पनि उत्तिकै माया गर्छु

लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश

Read More

मितेरी आवाजसँग नवराज सुब्बाले गर्नु भएको कुराकानीको संक्षिप्त विवरण

प्रसारित मिति सन् २००६ सालमा

नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा रमेश कुमार भट्टराईको नमस्कार ।
नेपाल-चीन जनमैत्री परिषद, सि.आर.आई श्रोता सम्पर्क केन्द्र, विराटनगरद्वारा उत्पादित रेडियो डकुमेन्ट्री कार्यक्रम मितेरी आवाजमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौ।
मितेरी आवाज रेडियो डकुमेन्ट्री कार्यक्रम नेपाल र मित्र राष्ट्र चीन वीचको सुमधुर मैत्री सम्बन्धलाई जनस्तरबाट विकसित गर्दै लैजाने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम हो। विश्व शान्ति, मित्रता र एकताको सन्देस बोकेको यस कार्यक्रममा हामी सि.आर.आई र श्रोता गतिविधि साथै नेपाल र जनगणतन्त्र चीन लगायत विश्वका जल्दा-बल्दा विषयहरुमा कुराकानी गर्नेछौ।
नवराज सुब्बाको छोटो परिचय : नवराज सुब्बा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित युवा स्वास्थ्यकर्मी हुनुहुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गको प्रमुख स्थानमा रहेर काम गरिरहनु भएका सुब्बाले सन् 1999 मा छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनको मैत्रीपूर्ण भ्रमण पनि गरिसक्नु भएको छ । चीनको परिवार नियोजन र जनसंख्या व्यवस्थापनका सम्बन्धमा गहिरो अभिरुची राख्नु हुने नवराज सुब्बासँग मितेरी आवाजले गरेको कुराकानीको संक्षिप्त विवरण अब हामी प्रस्तुत गर्दैछौं ।

मितेरी आवाज : नेपाल र चीन बिचको परम्परागत सम्बन्धलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
नवराज सुब्बा : नेपाल र चीन बिचको सम्बन्धलाई फर्केर हेर्दा दुई देश बिचको सम्बन्ध परम्परादेखि कायम रहेको पाइन्छ । नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि दुई पक्षीय सम्बन्ध पुरानो समयदेखि रहँदै आएको हो । अंशुवर्मा र भृकुटीको पाला देखिको हाम्रो सुसम्बन्ध आधुनिक कालमा अझ जनस्तरमा नयाँ सम्बन्धहरुको रुपमा स्थापना हुँदै आएका छन् । बिजुली, सडक, यातायात, सिंचार्इ जस्ता हरेक क्षेत्रमा चीनले नेपाललाई सक्दो सहयोग गर्दै आएको छ र यो सम्बन्ध भविष्यमा अझ प्रगाढ भएर विकसित हुँदै जानेछ भन्ने मलाई लागेको छ।
मितेरी आवाज : तपाईंले सन् 1999 मा चीनको मैत्रीपूर्ण भ्रमण गर्नु भएको थियो । तपाईंले कुन कुन स्थानको अवलोकन गर्ने मौका पाउनु भयो ?
नवराज सुब्बा : आज भन्दा 5 वर्ष अगाडि चीनको मैत्रीपूर्ण भ्रमण गर्नै अवसर पाएँ । नानजिङ्ग विश्व विद्यालयमा जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सेमिनार गरिएको थियो । त्यस अवसरमा बंगलादेश, भुटान, उत्तर कोरिया लगायत 15 देशका प्रतिनिधिहरुले भाग लिएका थिए र म नेपालको तर्फबाट जनसंख्या र परिवार नियोजनको व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्न त्यहाँ पुगेको थिएँ । त्यो अवसरलाई म जीवनमा कहिल्यै भुल्दिन । चीनको जनसंख्या व्यवस्थापनलाई मैले गहिरोसँग सो भ्रमणमा अनुभव सम्हाल्ने मौका पाएँ। चीनको जनसंख्याको नीतिबारे मलाई धेरै कुराहरु थाहा भयो । त्यहाँको परिवार नियोजन सेवालाई जनताले कसरी हेरेका छन् र सरकारले गरेको जनसंख्या व्यवस्थापनको क्षेत्रमा सफलता हासिल गरेको छ भन्ने कुरा पनि मैले थाहा पाएँ । मैले त्यतिबेला हङ्गकङ्ग, नानजिङ्ग र सांघाइको भ्रमण गर्नै मौका पाएँ । वास्तवमा मलाई चीनको भ्रमण अविस्मरणीय लागेर आउँछ।
मितेरी आवाज : नेपाल र चीनको परिवार नियोजनका सम्बन्धमा कस्तो भिन्नता पाउनु भयो ?
नवराज सुब्बा : मैले के फरक देखेको छु भने नेपालमा हामी घुम्यौं भने जहीं पनि सडक, बजारमा केटाकेटी बढि देखिन्छ तर चीनका बजार र शहरहरुमा त्यहाँ केटाकेटीको संख्या न्यून देखें । मलाई अचम्म लाग्यो । त्यहाँ स्वास्थ्यको स्तर पनि असाध्यै राम्रो छ । चिनियाँ जनताहरु स्वस्थ र ह्यष्टपुष्ट रहेछन् । मलाई महसुस भयो । चीनमा जन्मदर निरन्तर घटिरहेको पाएँ । नेपालमा केटाकेटी बढी देखिन्छन् भने त्यहाँ कम देखिन्छ ।
मितेरी आवाज : चीनले जनसंख्यालाई कसरी व्यवस्थित गरेको पाउनु भयो ?
नवराज सुब्बा : चीन सरकारले जनसंख्या व्यवस्थापन तथा परिवार नियोजन कार्यक्रमलाई राम्ररी, प्रभावकारी रुपमा संचालन गरेको पाइयो । यसको मुख्य कारण भनेको चीन सरकारको कटिबद्धता हो भन्ने मैले महसुस गरें । त्यहाँको स्पष्ट नीति, कानूनलाई प्राथमिकताका साथ हेर्ने सरकारको नीति नै यसको कारक तत्व हो । कति बच्चा जन्माउने, कति समयको फरकमा जन्माउने, कति बच्चा जन्माउनेलाई कति सुविधा दिने जस्ता दण्ड र पुरस्कारको व्यवस्था गरिएको छ । नीति बनाएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सके मात्र उपलब्धी हासित हुँदो रहेछ भन्ने कुरो मैले चीनमा गएर देख्ने मौका पाएँ ।
मितेरी आवाज : चीन घुम्दा बिर्सनै नसक्ने कुरा पनि भए कि ?
नवराज सुब्बा : म चीनका विभिन्न शहरहरुमा घुमें, सांघाइको पर्ल टि.भी. टावर जुन भव्य टावर छ त्यो असाध्यै अग्लो छ । मलाई ती कुराहरु देख्दा आकास जस्ता ठूला घरहरु देख्दा मानिसले यस्ता काम कसरी गर्न सकेको होला जस्तो लाग्यो । वास्तवमा मान्छेले चाहेमा के हुन सक्दैन भन्ने मैले महसुस गरें । चीनलाई प्रकृतिले पनि साथ दिएको पाएँ । म सपनामा अझै पनि चीनको कुसाङ्ग शहर देख्छु । त्यहाँको लु को ताल, बिहानीपख गुन्जिने सुमधुर संगीत, त्यहाँको स्वच्छ वातावरण म कहिल्यै कहिल्ये बिर्सन सक्दिन। म त कल्पनाको स्वर्गमा पुगेको महसुस गर्छु । सुमधुर संगीतमा झुम्दै व्यायाम गरिरहेका महिला, पुरुष, युवा युवतीलाई म कहिल्यै पनि बिर्सन सक्दिन ।
मितेरी आवाज : चिनियाँ जनताहरुको स्वभाव कस्तो पाउनु भयो ?
नवराज सुब्बा : चीनका मानिसहरुको स्वभावको बारेमा बताउनु पर्दा चीनको विकास र प्रगतिलाई बिर्सन मिल्दैन । चिनियाँ जनतामा देखिने राष्ट्रिय भक्ति, इमान्दारिताले नै चीन आज यो रुपमा उपस्थित भएको हो जस्तो लाग्यो। चिनियाँ जनताका बानी व्यवहोरालाई हामीले अनुकरण गर्ने हो भने हामीले पनि हाम्रो देशलाई अगाडि बढाउन सक्छौं जस्तो लाग्छ ।
मितेरी आवाज : सांघाइ शहरको सडक यातायातबारे केही बताइदिनु होस् न !
नवराज सुब्बा : सांघाइ शहर मेरो विचारमा विश्वको एउटा त्यस्तो विशाल शहर जो कहिल्यै सुत्दैन जस्तो लाग्छ । म केही रात सांघाइमा बसें । म राती जुन समयमा बिउँझदा पनि दिउँसो जस्तै सडकहरु व्यस्त देख्थें । राती 12 बजे, 1 बजे सधैं गाडी चलिरहेको देख्थें । मलाई त के पनि लाग्थ्यो भने सांघाइका मानिस कति जाँगरिला जो कहिल्र्य सुत्दैनन् । त्यहाँको सडकको निर्माण र व्यवस्थापनको मन कल्पना पनि गर्न सक्दिन । मानिसले गरेको विकासको त्यो स्वरुप देख्दा मलाई पनि आफ्नो देश कहिले त्यस्तो होला जस्तो लाग्छ । हामी पनि कुनै समयमा हाम्रो देशमा यस्तै विकास गर्न सक्छौं कि जस्तो लाग्थ्यो ।
मितेरी आवाज : तपाईं चीन गएपछि के सिकेर आउनु भयो ?
नवराज सुब्बा : चीनबाट सिक्ने कुरा धेरै छन् । हाम्रा राम्रा गुण पनि छन् भने हामीले सुधार गर्ने पनि धेरै कुरा छन् । हामीले परिश्रम, कर्तव्य, लगनशिलतालाई बिर्सनु हुन्न । दिएको जिम्मेवारी पुरा गर्न सक्नु पर्छ भन्ने पनि मैले चीनबाट सिकें । समुदायलाई परिचालन गरेर गाउँ शहर सबैलाई स्वस्थ बनाइएको छ । परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सा प्रणालीसँग त्यहाँ जोडिएको छ। हामीले त्यसबाट पनि धेरै सिक्न सक्छौं भन्ने कुरा चीनले सिकाएको छ । चीनले जनसंख्याको व्यवस्थापनमा विश्वमै नमूना देखाएको छ । हामीले हाम्रो परिवेश हेरेर हाम्रा नीतिहरुलाई अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।
मितेरी आवाज : नेपाल चीन बिच दौत्य सम्बन्ध स्थापना भएको 50 औं वर्षको यो अवसरमा दुई देश बिचको सम्बन्ध जनस्तरमा पुर्याउन के गर्नु पर्ला ?
नवराज सुब्बा : चीनले नेपालको हरेक क्षेत्रमा सहयोग पुर्याएको छ । चिनियाँ सामानहरुले हाम्रो जीवनस्तरलाई अगाडि बढाउन सहयोग गरेका छन् । हामी दुई देश बिचको सुसम्बन्लाई जनस्तरबाट हामीले अझ सशक्त ढंगमा अगाडि बढाउनु पर्छ जस्तो लाग्छ ।

Read More

पत्रकार राम लावतिले नेपालको स्वास्थ्य स्थिति र लिम्बूको स्थान तथा लिम्बू भाषा र संस्कृति सम्बन्धी लिम्बू भाषामा अन्तर्वार्ता

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions

As a Public Health Expert Nawa Raj Subba was taken an interview on the Public Health issues of Nepal and also as a Poet some questions were asked to Subba on Limbu culture and literature by a Journalist Ram Laoti. Here is the detail of that interview in Limbu dialect as follows.

नवराज सुब्बासंग पत्रकार राम लावतिले नेपालको स्वास्थ्य स्थिति र लिम्बूको स्थान तथा लिम्बू भाषा र संस्कृति सम्बन्धी लिम्बू भाषामा गर्नु भएको अन्तर्वार्ताको पूर्ण विवरण ।

१. हिन्जा केवयाल्बा मेओ थाइङ थिक आबिरेना ? (तपाइको बाल्यकालको बारेमा जानकारी दिनु होस् ?

आइनुः ल तगि लिवोङ्नु तङ्बे तगाङ् आङ्गा ताप्लेजुङ् थुम्बा हाङपाङ पाङ्भे थोदिम् चोक पान्जुभोओ सावान्छिङाङ् बा । आङ्गा थिक कुसरक्पा याःम्मोइ केजोककेजाबा सयङोवा याप्मी आ ?

(आजभन्दा ४७ वर्षअघि म ताप्लेजुङ जिल्लाको हाङपाङ गाउमा म जन्मेको हुँ । म एक सामान्य किसान परिवारको मानिस हुँ ।)

२. आदाङ्बारेन् निःन्छामरेन याक्नामु खेन् येम्मोबा याक्नामरेन थोक्पिओ थाइङ तोदें आबिरेन ? (तपाइको शैक्षिक अवस्था र परिस्थितिबारे जानकारी दिनुहोस् न ?)

आङ्गा आफ्नेक पाङ्भेओबा सरस्वती थाङसिङ निसामहिम हाङपाङलाम्बा हाइस्कुल निरुङ । आङ्गा हेन्छिङ् नेत् सुम्बोङ लि तङ्बेले एसएलसी कुसाङ्ल चोगुङ् । खेनु हेन्छिङ् नेत सुम्बोङ लि तङ्बेल आङ्गा काथमादौं पेगाआङ् चिकित्सा शास्त्र हेन्जिकसक नाम्फाओ सकसक निरुङ् । तङ्बे सुम्सी एगाङ् आफ्नेक पाङ्भेओबा याम्जिकचम्सो हेल्थपोष्ट पेगाःआङ् इञ्चाज पोखाआङ याम्बक चोक हेक्तुङ् । खेनु आङ्गाइन नित्छाम थोन्थाःङसिङ हाङचोकथिम सोरिके चोगुङ् ।

(मैले मेरै गाउको सरस्वती माद्यमिक विद्यालय हाङपाङबाट हाइस्कुल पढेर वि.स.२०३३ सालमा एस.एल.सी. पास गरें । म २०३४ सालमा काठमाडौं गएर चिकित्सा शास्त्रमा प्रमाणपत्रतह पढें । पढेर २०३७ सालदेखि आङ्खनै गाउको हेल्थपोष्टमा इञ्चार्जको रुपमा काम गर्न थालें । यसरी मेरो जागिरे जीवन सुरु भयो । र मैले उच्च शिक्षा जागिरकै दौरानमा पूरा गरें ।)

३. हाङ्चोकथिम याम्जोबा याप्मी, आखेआङ थाङसिङ नित्छाम निःमा चोक्माओ येम केरतु बे ?  (महत्वपूर्ण पदमा रहेर पनि कसरी अध्ययनमा निरन्तरता दिनु भयो ?)

आङ्गा सकसक निःमारे मेओ सक्निःम नासिङवेन काम्सुङ । खेनु आफेक निरुङ ।

(आफ्नो देशमा सेवारत रहेर पनि मैले अध्ययनलाई सधैं निरन्तर दिए ।)

४. आल्लो झापा थुम्बा तुम्मिबा मेन्छामयाम्जिक सहाङयुक केवा, अखेरिक लाङबेबा सोरिबा याम्बक चोक्मा आफलाङथो केहेक्तु बे ? (अहिले झापा जिल्लाको जनस्वास्थ्य कार्यालयमा प्रमुख पदमा हुनुहुन्छ, यसरी महत्वपूर्ण पदमा जिम्मेवारी बहन गर्न कहिले देखि सुरु गनुभो ?)

आङ्गा हेन्छिङ् नेत सुम्बोङ् लि तङ्बेलाङ् थो हेन्छिङ नेत ङाबोङ् तङ्बे हाम्रेक नेपाल लाजेवा नाम्बिन्दाङ् लेप्साङ्बा ताप्लेजुङ, पान्थर, थुम्मोवा याम्जिक चुम्भो इञ्चार्ज पोखाङाङ याम्बक चोगुङ् ।

(मैले २०३७ सालदेखि २०५० सालसम्म पर्ूवाञ्चलका ताप्लेजुङ, पाचथर जिल्लाका विभिन्न हेल्थपोष्टमा इञ्चार्जर् रुपमा कार्य गरें । २०५१ सालदेखि म जनस्वास्थ्य अधिकृत भएपछि पूर्वाञ्चका धनकुटा, खोटाङ, संखुवासभा, मोरङ जिल्लाहरुमा कार्य गरेको छु ।)

५. पान्थर ताप्लेजुङ याम्बक केवयेल केजोगुवा तेन्हाओ आत्यो आत्यो केवैबे ? (अहिले झापा जिल्लाको जनस्वास्थ्य कार्यालयमा प्रमुख पदमा हुनुहुन्छ, यसरी महत्वपूर्ण पदमा जिम्मेवारी बहन गर्न कहिले देखि सुरु गनुभो ?)

ताप्लेजुङ्बा हाङपाङ, तेल्लोक, थिङलाबु । पान्थरवा यूम्बुङ, पौवासारताप, नवमीडाडा, चिलिङदेन, रवि हेयो वयाङ वाहेकेरिके हेन्छिङ् नेत ङाबोङ थिक तङबेले आङ्गा मेन्छाम याम्जिक सुहाङयुक्पा पोखाआङ् नेपाल लाजेरेन नाम्बिन्दाङ् लेप्साङ्वा धनकुता, खोताङ, संखुवासभा, मोरङ थुम्मो खाती याम्बक चोगु सुरुङाङ् वाः ।

(मैले २०३७ सालदेखि २०५० सालसम्म पूर्वाञ्चलका ताप्लेजुङ, पाचथर जिल्लाका विभिन्न हेल्थपोष्टमा इञ्चार्जका रुपमा कार्य गरें । २०५१ सालदेखि म जनस्वास्थ्य अधिकृत भएपछि पर्ूवाञ्चका धनकुटा, खोटाङ, संखुवासभा, मोरङ जिल्लाहरुमा कार्य गरेको छु ।)

६. अक्खेरिक याम्जिक तेङ्गप्ओ याम्बक केजोगुबा यरिक येम पोखेचुरेआङ वा, याम्जिक तेङगप्पो केघोसु केनिसुबा चेयाम्भोहाओ येक्पा थे थेहा वा बे ? (स्वास्थ्य क्षेत्रमा काम गर्नुभएको निकै भएछ । स्वास्थ्य क्षेत्रमा देख्नु भएका प्रमुख समस्याहरु के के हुन् ?)

याम्जिक्रेन् तेङ्गप्पो यरिक चेयाम्भोहा वा । नेपालवा हिन्जापिच्छोहारेन, मेन्छुमाहारेन याम्जिक याक्नाम सारिके कमजोर वा । खुन्छिइन सीःमारे खक्ताङ यरिक वा । सुमाओ पेक्माआङ अमेम्माल्ले परिक परिकपा सुमाहारे कुरुमो नबउ वा । दलित लुङलोःङ्बा नु याङ्केसावा सुमाओ याम्जिक याक्नाम् ताफेम्बा वा । खेयो कुयेको चामाथुङ्मा मेगेम्मना सुङ्मान, निमोनिया, अक्चम्मा विरिप्मा, अम्दु, औलो, लोगे, कालाज्वर हेकेदम्बा तुक्मा साक्माल्ले कुयेको याङ्केसावा, नु सीमान्तकृत सुमाओए यरिक इनो पोखेवा निदेत् ।

(स्वास्थ्य क्षेत्रमा धेरै नै समस्याहरु छन् । नेपालमा बालबालिका र महिलाको स्वास्थ्य स्थिति ज्यादै कमजोर छ । उनीहरुको मृत्युदर नै उच्च छ । समुदायमा गएर हेर्ने हो भने स्वयम् विभिन्न समुदायवीच पनि खाडल छ । दलित, जनजाति र बिपन्न समुदायमा स्वास्थ्यस्थिति अझ खराब छ । कुपोषण, रुघाखोकी निमोनिया, झाडापखाला, क्षयरोग, औलो, कुष्ठरोग, कालाज्वर जस्ता रोगहरुले विशेष गरि गरिब र सीमांन्तकृत समुदायलाई नै बढी सताएको छ ।)

७. कन चेयाम्भोहारेन येःक्पा सोःक -कारक थेमा वा बे ? (यसका कारकहरु के के हुन् ?)

अखेलरिक सीमान्तकृत परुप्पाहो याम्जिक चिमु नाधिमीबा मेबोङ्मा ओआङ् यरिक पेन्जिहा वा । हाङचोक थिम्मरे नीति नु थिम्बे खेन परुप्पाहारे फाःआङ सेन्दुवा ओमेत्तुसीवा होप । खेयो खुन्छी लकमेलोरुवाआङ च्यरक वाः । वे लेप्साङ् एगाङ् मेजोगुसिवा परुप्पाहारे हाःरे आफेकाङ् नित्छाम् नु याम्जिकयाक्फा थो फोङ्मा निङ्वा, याम्बक मेजोगुल्ले याम्जिक चेयाम्भोरेन सोःक फप्या च्यरक चोक्मा सुक्तेत् ।

(यसरी सीमांतकृत समुदायमा स्वास्थ्यसेवा प्रभावकारी नहुनुका धेरै कारणहरु छन् । सरकारी नीति र कार्यक्रम नै ती सीमांतकृत समुदायप्रति लक्षित हुन सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा ती समुदायको सहभागिता पनि न्यून छ । अर्कातिर यसरी पछाडी पारिएका ती समुदाय स्वयम् पनि आङ्खनो शिक्षा तथा स्वास्थ्य स्तर उकास्न प्रयास गर्न जरुरी छ ।)

८. याङसाःमा, साप्लामेन्निप्मा, मेन्छाम्निङ्जे मेन्दामानु वे मेन्दङदङ पेन्जीरे संयुक्त राष्ट्रसंघरे नेपाल लाजेइन योबोबा याक्नाम लाम्बा थो पोक्माओ आरसाङ ङाबोङ तङ्बे लाग्बजोक लरिक पातुआङ वा, सेखाए आनिओ आल्लोसा लेक्सिवातामा मेसुक्नेन् बा बि, कओ आखे केबातुबे ? (संयुक्त राष्ट्र संघले विभिन्न प्रतिवेदनहरुमा नेपालको वर्तमान स्थिति सुधार गर्न अझै पनि धेरै समय लाग्छ भनेको छ, के नेपालको सामाजिक आर्थिक स्थितिमा सुधार आउदैन ?)

ओःआ, आनीओ याङ्केसावा, एगाङ्आवा गर आनी कन याक्नामोलाम्बा सेक्खाए तोन्छिङ्ल पत् । आनी याम्जिक ताक्फा, सङजुम्भोरेन् ताम्फा पोक्ल पत् गर सङ्जुम्को बा न्यायरेन पान्जाङ इङजाङीन निङ्वा आनिरुम्म्मीले कन थङ च्य रक पोङसुक । खेनु आनि थोवोरेन् ताक्फाआङ् थोवो पोङ्ल पेक । आनि आनिरेन् तान्दीबा नुबा पोङ्मारेन् निङ्साङो याम्बक चोक्मर वामा पोङ ।

(हामीमा अरु देशको तुलनामा पछौटेपना छ । तर यो अवस्थामा क्रमिक सुधार भइरहेकै छ । हाम्रो स्वास्थ्यस्थिति तथा सामाजिकस्तर उठ्तै छ । तर सामाजिक न्यायको सवाललाइ ध्यान दिएको खण्डमा वर्तमान द्वन्द्वको स्थितिमा सुधार हुनेछ तब हाम्रो विकासको स्तर अझ तीव्र गतिमा सुधार हुनेछ । हामी हाम्रो भविश्यप्रति सदा आशावादी हुनर्ुपर्दछ ।)

९. मेन्छाम्निङ्जे तामा थे चोक्मा पोङ बे ? (जनचेतना ल्याउन के गर्नुपर्छ ?)

मेन्छम्निङ्जे ताःमा केरेक्नु तगी नित्छाम्मो निङ्वा पिमा पोङ् । आल्लो मापान्दाआङ् नित्छाम् पी हेक्ताआङ् वा । कल्लेआङ् मेन्छाम्निङजे फोमा फासिङ केत्तु । याम्जिक चिमु नु थोबोबा थिम्बेहा आङ् सोसोरिक तेःमा सुक्तेत्तील्ले मेन्छामनिङजे ओ कामुदिङ् पोमा सुक् । खेनु कल्ले चकमेक्बू थोबो नु चक्मेम्बू याम्जिक याक्नाम खोमा सुक्तेत् ।

(जनचेतना बढाउन र्सवप्रथम शिक्षामा जोड दिनु पर्दछ । अहिले मातृभाषामा पनि शिक्षा दिन थालिएको छ । यसले पनि जनचेतना बढाउन सहयोग पुर्‍याउछ । स्वास्थ्य सेवा र विकासका कार्यक्रमहरु संगसंगै लगिएको खण्डमा जनचेतनाप्रति आकर्षा बढ्छ । यसले दिगो विकास गर्न र उच्च स्वास्थ्य स्थिति हासिल हुन्छ ।)

०. पाङ्भेथाङभेओ याङ्सामा साप्ला मेन्निमारे मेन्छामनिङ्जे मेबोखान गर पाङ्यःतेङगप्पो कनहा केरेक पोक्खेसाङ दुर्व्यसनी पो र पत् कन्ले मेओ थेमा केबातु बे ? (गाउस्तरमा गरिबी, अशिक्षाले जनचेतना भएन तर शहरी क्षेत्रमा यी सबै भएर पनि दुर्व्यसनीको संख्या बढ्दो छ, यसबारे के भन्नुहुन्छ ?)

पाङफे थाङ्फे केवाबा याम्जिक चेयाम्भो नु पाङयःकबा याम्जिक याक्नाम्हा म्याक वे-वे वाः । पाङ्फेथाङफेओ, कुसरुक्पा तुक्मा ओःआङ् सिदा पाङदाक मेङ्खोए मेसी गर पाङयःककोबा यरिक तङवा याम्जो मेङ्खोमाल् चोगुल्ले सिक्निङवा तुक्कमाल्ले चोगुल्ले दुर्व्यसनी चेयाम्भोहाः मेबोर मेबत् ।

(गाउघर र शहरको स्वास्थ्य समस्याहरु अलि भिन्न प्रकारका छन् । गाउघरमा मानिस सामान्य सरुवा रोगमा पनि समयमा औषधी उपचार नपाएर मर्छन् भने शहरमा यस्तो संख्या न्यून छ । बरु नर्सर्ने रोग, लागुपदार्थको दर्ुर्व्यसनीको संख्या शहरमा बढी छ ।)

११. पाङभेथाङ्भे पाङ्यक केरेकओ वहित थाम येम्मो वे येम्नुलाङ यरिक तुक्मासाक्मा पोङ, आनि याक्थुङ सुवाङोग यरिक तङबारे मेबातु साम्मा ङनि् कुयाक लेराआङ तुक्मा साक्मा पोखे मेल कन हेके तङ्बा निङ्वा पानो थे केबातु बे ? (गाउघरमा वा शहरबजारमा जतै पनि वषर्ायाममा अरु समयको तुलनामा बढी बिरामी हुन्छन् । लिम्बू समुदायमा धेरैजसो देउता रिसाएर रोग बढेको भन्ने गर्छन् – यसबारे के भन्नु हुन्छ ?)

वहीत् थामा येम्मीले यरितङ्बा अक्चम्मा पिरिप्मा लाब्जोक । आनि आधुङुम्बा च्वातीन् कन् येम्मो ताफेम्बा केजीफाहा पोत्ताङ् निङहेक्के पोङ् । खेःनु हाङवाम्ल्ल चोगुल्ले चामाथुङ्माहा किः सःआङ चिन्दु केजीपा पोङ्मा सुक् । खेल्ले चोगुल्ले आनी थुङ्मनाब् च्वातिन् पुम्माबाओ पाङभेन्दिङ वाहितरेन लङ्वा च्वातीन मेम्बोत्ते चोक्माबोङ् । मेन् गःर कन्येम थुङ्मनाबा च्वातिन् मक्माआङलःक थुङ्मा बोङ् ।

(वर्षामा बढी जसो झाडापखाला लाग्ने गर्दछ । हामीले पिउने पानीमा यसबेला मिसिन्छ र प्रदुषित हुन्छ । यसका साथै गर्मीको कारण खानेकुरा पनि छिटै विषाक्त हुनसक्छ । यसकारण हामीले पिउने पानीको मुहान झरीको भल नमिसिने व्यवस्था मिलाउनु पर्छ । पिउने पानी सफासुग्घर राख्ने र उमालेर पिउनु पर्दछ ।)

१२. याम्जिकसावा पोङ्माआङ निङ्वा फेम्मा मेन्नुप्ना, आफेल्लेसाङ निङ्वा पिमा केबोङबा पानहारे थाइङ थिक चोगेना –स्वास्थ्यकर्मी भएर भुल्न नहुने अर्थात् सधैं ध्यान दिनु पर्ने कुराहरु जानकारी गराउनु होस् ?)

याम्जिकसावाहा सङ्जुम्भोहारे माङ् हेकेए ओमेमत्तु सी । थ्याङ् भेल्ले याम्जिक सावाहारे किदुक्पा केसाक्पा याम्मीलेन मिक्की मिबुरुसी । खेल्ले चोगुल्ले आभेल्लेआङ निङ्वा फेम्मा मेन्नुम्ना पान्नो – चिमुनिङ्वा । खक्खवा मेम्बोङे चिमुनिङ्वा कप्माल्ले यामीहारे यरीक यरीक चिमु मेघोसु । खेःनु कल्ले आफेक याम्जिक सावानाङ् कुनिवा ताःमा सुक ।

(स्वास्थ्यकर्मीलाई समुदायले इश्वरको रुपमा हेर्छन् । किनभने स्वास्थ्यकर्मीले विरामीलाई जीवनदान दिन्छ । त्यसकारण स्वास्थ्यकर्मीले कहिल्यै भुल्न नहुने कुरा हो सेवाभाव । निस्वार्थ सेवाभाव राखेमा जनताले बढीसेबढी गुणस्तरीय सेवा पाउनेछन् । र यसले स्वयम् स्वास्थ्यकर्मीलाई पनि सन्तुष्टी मिल्छ ।)

१३. केरेकले कुसरक्पाओ थुम्याम्बा -स्वास्थ्य) वामाओ येःक्पा निङ्वा पिमाए केबोङबा पानहारे थाइन थिक तोंदेंआबिरे ना ? (सामान्य रुपमा स्वस्थ रहन ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?)

केरेक्नु तगिग थम्मिबा चामाथुङ्माओ निङ्वा पिःमा पोङ् । अङेवान् सावान् पोङ् खेयुनु हाराए कुम्मारे कुनुन् थुङ्मा पाङ्मा पोङ् । अङेवन् थिक तङ्बे सिगाङ्सा खोपहा याक्मा सुःप्मा पोङ । अङेवान् तङबेओ नेत्छीलेङ थुम्बि ए चाःप्मा पोङ । मेन्छुमासान मेन्छुक्मा पोङील्ले याम्जिक चुम्भोओ लि-लेङ ओसामा पोङ् । फुसुःप्पा, थिमोचासुङ चोक्मा मेनुनेन् । तुक्मासाक्मा पोङ्नु हारा याम्जिक चुम्भो तेःमा पोङ ।

(पहिलो कुरो त हामी सबैले पोषणमा ध्यान दिनु पर्दछ । वच्चा जन्मनासाथ आमाको दूध खुवाउनु पर्दछ । वच्चा ६ महिना पुगेपछि थप खाना खुवाउनु पर्दछ । वच्चालाई एक वर्षभित्रमा सम्पूर्ण खोप पूरा लगाउनु पर्दछ । वच्चालाई वर्षा २ चोटी भिटामिन ए को क्याप्सुल खुवाउनु पर्दछ । यसैगरि महिला गर्भवती भएमा महिलालाई स्वास्थ्यसंस्थामा कमसेकम ४ पटक जचाउनु पर्दछ । धुम्रपान, मद्यपान गर्नु हुदैन । विरामी पर्नासाथ स्वास्थ्यसंस्थामा लगेर जचाउनु पर्दछ । )

१४. थि सिजंवारे थोक्पिओ पानजाङ इङजाङ थिक तगि तोंदे आबिरे ना ? (लिम्बू जातिले नियमित रुपमा सेवन गर्ने जाडरक्सी सेवनबारे बताउनु होस् न?)

पोङमा ग थि सेजवाथुङमा आनि साक्थिम नु उन्छो उन्छो नाङ थो ओगप् आजोगुम् आयुरुम्बा गर कन् थुङमाल्ले आनि याम्जिकओ नुबा मेजोगुन् । इम्भाःक् आजोग् । हिन्जापिच्छो, मेन्छुक्मा मेन्छुमासारेगः छेना थुङमा मेनुनेन् । वे केधुङ्बाहारे थुङमा पोङल्िले थक्किले तक्तुबा हाम्रेक रक च्यजिक रक थुङ्मेल्ले आनि च्यजिक इम्भाःक् आजोक् । खेले चोगुल्ले बिहान्दिक थि थुङ्मै मेनुनेन् ताफेम्बा याम्जिकरे मेओ । सुकतेत् गर थुङ्मा लेप्मा मेन्धुङ्मान्ने नुबा ।

(हुन त जाडरक्सी खानु हामी लिम्बूको सास्कृतिक परम्परा पनि हो । तर यसको सेवनले हाम्रो स्वास्थ्यलाई हानि गर्दछ । बालबालिका र गर्भवती महिलाले त यो छुनै हुदैन । अरुले खानै परेमा शरीरले पचाउन सक्ने मात्रामा मात्र सेवन गरेमा कमसेकम हानि हुन्छ । भरसक यो कसैले पनि सेवन नगर्नु नै राम्रो हो । )

साहित्यसम्बन्धी

१. पेनीपानओ रक सामइत्ला सुङ सुम् केलतुआङ् वा, कल्ले ग पेनीपानओ रक फासिङ केत्, याक्थुङ पानदाङ थोबो चोक्मा फासिङ निङ्वा आखेदङ्बा केगत्तु बे ? ( तपाइले नेपालीमा मात्र कवितासङ्ग्रह, निवन्धसङ्ग्रह निकाल्नु भएको छ । यसले त नेपाली भाषालाई मात्र योगदान पुग्यो तर लिम्बू भाषा र संस्कृतिलाइ त केही सहयोग पुगेन नि त ?)

आङगा पेनीपानो याक्थुङ साक्थिम्रेन् परिक परिकपा पान हा आङ्गा साप्तुङाङ् लतुङबा साप्पक्वा, साप्पनओ याक्तुआङ् वाः । कल्ले पेनीपान केनिपाहारे याक्थुङ साक्थिमरेन् थेक्पिओ थाइङ मेघोसुए ।

(मैले लिम्बू संस्कृतिका विभिन्न पक्षहरु मेरा सिर्जना मार्फ नेपालीभाषीलाइ पनि परिचित गराएको छु । यसले आम नेपालीलाई लिम्बूसंस्कृतिबारे जिज्ञासा उठ्नेछ, थाहा हुनेछ । यसबाट लिम्बू संस्कृति र नेपाली संस्कृति दुवैलाइ फाइदा हुन्छ ।)

२. याक्थुङ याम्मीहा यरिक साप्ला मेनिरु, यम्बा यम्बा याम्जोबा मेबोङाङ आफ्नेन पान पाप्मा मेलेरु केलब आप्तिक वाइङ्ग- -लिम्बूहरु धेरै पढेपछि अर्थात ठूल्ठूला जागिरदार भए पछि आङ्खनो मातृभाषा बोल्न छाड्छन् भन्ने आरोप छ नि ?)

ओ, कन् आप्तिकोत सेखाए । पाकन्ए निङ्वा पिमाआङ् आनिए आनि पाननु साक्थिम्रेन आप्लुङ ताङ्सेप् चोक्मा नु, थोबो-पोबो फोमाओ याम्बक चोक्मा पोङ । आनि याक्थङ्बाहारेए याक्थुङ पान नु साक्थिम् सेःप्मा, ताङ्सेप मेःप्मा आनिए लाङवेबा रो । कन पानीन् कुसिङ निमा कुसङ् थाःकवाहा रेआङ पोङुपान कुसिङ मेनितुर बा चोक्मासी पोङ् ।

(हो, यो आरोप सत्य हो । यसैलाइ ध्यानमा राखेर हामीले हाम्रो भाषा र संस्कृतिको रक्षा र पर््रबर्धन गर्नुपर्दछ । लिम्बू संस्कृति र भाषाको संरक्षण गर्ने जिम्मेवारी हामी लिम्बूको नै हो । यो कुरा बुझ्नु र नया पिढीलाई पनि बुझाउनु पर्दछ ।)

३. याक्थुङपान पाप्माले सरम पोङ, साप्ला मेनिप्ना निआधाप केलबा हेक्याङ हिम् सयङो याक्थुङ पान यरिक तङ्बा याक्थुङबाहा मेम्बानेत् केलबा आप्तिक वा, कओ थे केबातु- -लिम्बू भाषा बोल्दा लाज हुन्छ, अशिक्षित देखिन्छ भन्ने ठान्ने, घरपरिवारमा पनि लिम्बूभाषा धेरैले बोल्दैनन् भन्ने पनि आरोप छ, यसबारे तपाइ के भन्नु हुन्छ ?)

मेम्बे , कन सेक्खाए मेन् । आङ्खनेक मापान पाप्माल्ले सरम चोक्मा मेनुनेन् । आनि मिमिदिङ चोक्मा पोङ । आनि आफ्ने पान साक्थिम्वा फाआङ् मिमिदिङ पोङ्मा पोङ् । कःओ सरमरे पान आदारुम गर आनि एगाङ आबोङ रो । आङ्गा पा कन येम्मो पान तगि तोन्दुङ पाप्मा साप्मा मेदानेन् गर, आइनाङ थो ए निमा साप्मा हेक्तुम् ।

(यो ठिक होइन । आङ्खनो मातृभाषामा बोल्दा हामीले लाज मान्नु हुदैन । बरु हामीले यसमा गर्व गर्नुपर्दछ । हाम्रो पनि आङ्खनै भाषा र संस्कृति छ भनेर गर्व गर्नु पर्दछ । यसमा लाजसरमको कुरा ल्यायौं भने हामी पछाडी पर्नेछौं । बोल्न लेख्न आउदैन भने आजैदेखि प्रयत्न गरौं ।)

४. याक्थुङ पान्दाङओ साप्पक्वा केसाप्तुबा वाबि होपि – -तपाइले लिम्बूभाषामा पनि कुनै सिर्जना गर्नु भएको छ ?)

आङगा याक्थुङ पानदाङ्ओ साप्पक्वानु च्यजि साम्इत्ला आङ साप्तुआङ वा । च्यजि एगाङ पोङ्ग्र थुप्पेताङ चोगुङ लतुङ ।

(हो, मैले लिम्बू भाषामा पनि लेख लेखेको छु, कविता पनि लेखेको छु कुनैबेला प्रकाशित गर्नेछु ।)

५. आदाङ्बा आफेकाङ साप्सक्केम्बा याप्मी केवा, पान्दाङरे कुसाङधोनु याक्फीत्, खेन पान्दाङरेन साप्सकरे सिक्तु केरबा वा, कओ थे केबातु बे ? (तपाइ एक साहित्यकार भएको नाताले भाषा र साहित्यको सम्बन्धबारे बताइ दिनोस् न ?)

पोङ्मा ग साप्सकनु पानदाङ नेत्छी वेःवेः थोःक्पि सी । साप्सकिन तगि फोमा पान्दाङ लाम्बाए चोक्मा पोङ । कन् पानओ पान्दाङ मेप्मनाबेन् लागाप् मेप्माबोङ । गर पानदाङ सिगाङ साप्सकरेन लुम्भोःक याक् । खेल्ले चोगुल्ले साप्सकनु पानदाङ थिक आफेकओ काः इ सिगाङ वासि । साप्सकले सङ्जुम्भोनुलाङ ना-ना माःघा हाम्रेक निमा सुक्तु गर पान्दाङले सङ्जुम्भोरक ओमेम्मा सुक्तु । खेल्ले चोगुल्ले आत्तिन् पानदाङीनाङ थोबो-पोबो वा खेन पानदाङबा साप्सक किन्नाङ थोबो पोबोए पोङ ।

 

(हुन त भाषा र साहित्य दुइ अलग विधा हुन् । साहित्यलाई प्रकटिकरण भाषाको माध्यमबाट गरिन्छ । यस अर्थमा भाषा साधन हो । तर भाषाभित्र साहित्यको भण्डार पनि हुन्छ । यसकारण साहित्य र भाषा एक आपसमा गासिएका छन् । क्षेत्र र प्रयोगको दृष्टिकोणबाट हेर्दा साहित्यको क्षेत्र कुनै समुदाय विशेषभन्दा माथि उठेको सिङ्गै मानवजीवन र जगतसम्म फैलेको हुन्छ तर भाषाको प्रयोजन बढी समुदायकेन्द्रीत हुने गर्दछ । जेहोस्, जुन भाषा समृद्ध छ त्यो भाषाको साहित्य पनि समृद्ध हुने गर्दछ ।)

६. याक्थुङ पान्दाङरेन थोवो कुसाङधोओ केत्मानु याक्फीत्ओ यःक्मा आल्ल थे चोक्मा पोङ ? (लिम्बूभाषाको विकास उचाइमा पुर्‍याउन र गहिराइलाई खोतल्न अब के गर्नु पर्छ ?)

कल्लेन् सक्सेनु पानजाङ इङ्जाङनि फोमाओ यरिक तङ्गाम चोक्मा पोङ । साक्थिम् नु उन्छोन उन्छोन्नाङ थो आजोगुम् आयुरुम्बा पान पाङसाक्थिम्, कुघेम केनुबा खेम्मे केबोङ्बा पान हा ताजेङ चोक्मा पोङ । मुन्धुमओ केबप्पा केबोङ्बा हिङमन् थक्लाओ चाहा केजोक्पा पान खाहुन हा केरेक्लेन आनि आफ्नेक याक्साकुन्धे चोक्मा पोङ । याक्थुङ साक्थिम केरेक नेपाली रेन याक्साकुन्धे केरबा इच्छिङरेन थोबो चोक्मा तेमा पोङ ।

(यसको लिपी र बोलिचालीलाई आम बनाउने प्रयत्न गर्नुपर्दछ । संस्कृति र परम्पराका कुरा, लोकसंस्कृतिका रमाइला कुराहरु छलफल गर्न सकिन्छ । 'मुन्धुम' मा उल्लेख भएका जीवनोपयोगी विचार र उपदेशलाइ हामी सबैले सम्पत्ति बनाउनु पर्दछ । लिम्बूसंस्कृति नेपालीको सम्पत्ति हो भन्ने भावनाको विकास गर्नुपर्छ ।)

७. याक्थुङ पान्दाङ, साप्सक, साक्थिमनु चोक्थिम थोवो चोक्मारे मेओ आल्ल थे चोक्मा पोङ बे ? (लिम्बूभाषा साहित्य, संस्कृति र संस्कार के हो ? र यसको के महत्व छ ? चासो र जानकारी नहुनेका लागि के सल्लाह दिनुहुन्छ ?)

केरेकले आनि पान साक्थिम नु उन्छोन उन्छोनबा आजोगुम आयुरुम्बा चोक्थिम्हा थेआङ पर्ूवाग्रह मेएः केरेलेन तगाङ तोम्मा युङ्मा पोङ । आनि याक्थुङबा सुवाङले कओ मिमिदिङ चोकि आत्मसात चोक्मा पोङ । खेःइनु केरेक नेपालीहाओ आनिगे साक्थिम् अक्खेदङबा वाः, पान अक्खेदङ्बा वा, केरबा उसेन् धाक्मासी पोङ । खेन येम्मोरक आनि कुवौ कुजि ओेसेन्धामा पोङ्मा सुक् । खेःनु आनि थिङ्गाइन् हिङ्मा सुक् ।

(हामीले हाम्रो भाषा, संस्कृति र परम्परालाइ बिना पूर्वाग्रह सबैसामू राख्नु पर्दछ । हामी लिम्बूजातिले यसमा गर्व गर्दै यसैलाई आत्मसात गर्दै हाम्रो संस्कृति, भाषा यस्तो छ भनेर देखाउन सकिन्छ । तब संगसंगै हामीले हाम्रो विशेषता र सहअस्तित्वको विकास गर्दै अघि बढ्नु पर्दछ ।)

सेवारो !

——-
If you are interested to listen this interview in Limbu dialect, Please download from this Link

 

 

 

Read More

Samajko Majherima

Read More

नवराज सुब्बासंग मीनकुमार श्रेष्ठ ‘नवोदित’ ले मिति २०६३।१२।१०मा लिनु भएको एक साहित्यिक अन्तरवार्ता

नवोदित – तपाई आफ्नो वाल्यकाललाई कसरी संम्झनु हुन्छ ?

नवराज सुब्बा – "गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली…" विद्यालयको प्रातःप्रार्थनामा सबैको अगाडि उभिएर राष्ट्रियगान गाइसकेपछि हात उठाएर म "जय" भन्दथें सबै "नेपाल" भन्दथे । बाल्यकालमा कक्षाको पहिलो विद्यार्थी मात्र होइन, म अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाफ, वादविवाद प्रतियोगितामा पनि सक्रिय सहभागी हुनेगर्दथें साथै कविता, निवन्ध लेख्ने र गीत गाउने पनि गर्दथें । रेडियो नेपालको बाल कार्यक्रम "को भन्दा को कम" प्रतियोगितामा र पूर्वाञ्चल क्षेत्रिय निबन्ध प्रतियोगितामा समेत पुरस्कृत भएको थिएँ । शिक्षकहरूले मलाई नमूना विद्यार्थीको रुपमा लिने गर्दथे । अति दूर्गम पहाडी जिल्लाको साधारण सरकारी विद्यालयबाट २०३३ सालमा एस.एल.सी.परीक्षामा प्रथम श्रेणीमा उत्तीण्र्ण भएपछि शिक्षकले स्याबासी दिए र भने "तैले पछि केही गर्छस् राम्रो विषय पढ्" । यसपछि म चिकित्साविज्ञान पढ्न काठमाडौ गएँ ।

नवोदित – अहिले के लेख्दै हुनुहुन्छ ?

नवराज सुब्बा – जनस्वास्थ्य विषयमा अध्ययन, अनुसंधान र लेखन कार्यमा लागेको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय मेडिकल जर्नलहरुमा बैज्ञानिक लेख लेख्न धेरै श्रोत र श्रम लाग्दछ । पत्रपत्रिकामा पनि स्वास्थ्यसम्बन्धी लेख लेखिरहेछु । साहित्यतर्फ कविता, गीत र निवन्ध लेख्दा बढी आनन्द आउँछ । उत्तरआधुनिक अर्थात् बिनिर्माण काब्यचेतनाले पनि प्रभावित छु । बञ्चित श्वर अनि अर्थ खोज्दैछु ।

लेख्दैछु सम्झेर उही कम्प्यूटरमा
फायल सेभ क्लीक गर्न नभ्याई
लोडसेडिङ्गले डिलिट गरेका
सफलताका कथाहरू ।

नवोदित – यहाँको लेखन कार्य कसरी सुरु भयो ?

नवराज सुब्बा – केही लेख्न अध्ययन र अनुभव चाहिन्छ । जनस्वास्थ्य साथसाथै साहित्यको अध्ययन तथा अनुभवले मलाई आत्मविश्वास, दृष्टिकोण र सिर्जनशीलता दिएको छ । जीवन र जगतलाई बिभिन्न कोणबाट हेर्ने, देख्ने, भोग्ने र लेख्ने प्रयास स्वरुप लेखिरहेछु ।

नवोदित – धेरै ढिलो गरि कवितासंग्रह प्रकाशित भयो नी किन ?

नवराज सुब्बा – एक अबोध बच्चालाई खोप लगाउँदा एउटा कविता लेखे जत्तिकै आनन्द आउँछ । पेशाबाट पनि आनन्द लिन सक्नुपर्छ । सन्तुष्टि पाएको पनि छु । थप अभिब्यक्ति र सन्तुष्टिको निम्ति मेरो अन्तरआत्मा साहित्यिक वातावरण खोज्दैरहेछ । जो बल्ल पाएँ । कुनै राम्रो काम सुरु वा सम्पन्न गर्नलाई कहिल्यै ढिलो भएको ठान्नु हुदैन ।

नवोदित – तपाई एक राम्रो गीतकार हुनुहुन्छ, गीत र कवितामा के अन्तर छ ?

नवराज सुब्बा – मलाई लाग्छ गीतमा हृदय भेटिन्छ । संगीतमा इश्वर छामिन्छ । कवितामा आत्मा बोल्दछ । अनि निवन्धमा मष्तिष्क र कथामा मन खोलिन्छ ।

नवोदित – तपाई आफू कवि कि गीतकार ?

नवराज सुब्बा – म एक पाठक वा विद्यार्थी हुँ । एक अनुसन्धाता तथा सधैं सिकिरहन खोज्ने एक र्सजक हुँ ।

नवोदित – तपाई सरकारी सेवाको महत्वपूर्ण पदमा कार्यरत हुनुहुन्छ । जागिरले लेखनलाई कत्तिको असर पारेको छ ?

नवराज सुब्बा – जनताको हकहित कसरी सम्मान गर्नसकिन्छ भन्ने आफ्नो तर्फाट सोच्दछु । स्वास्थ्य सम्बन्धी सरकारी नीति र कार्यक्रम जनमुखी नै छन् । यसका मर्मलाई ब्यवहारमा उतार्न आफ्नो ज्ञान र सीपको प्रयोग गर्दछु । सामाजिक न्यायको लागि सकेसम्म लडिरहेछु । तापनि आफ्ना सीमा र समस्या हुन्छन् । भने जस्तो चाहे जस्तो सबै काम गर्न सकिदैन । यसबेला असन्तुष्टि कतै पोखु झैं लाग्छ । सकभर तथ्यपरक बैज्ञानिक प्रतिवेदन वा लेख लेख्छु । सबै सत्यका तथ्याङ्क भेटिदैनन् । यसबेलामा म साहित्यको साहारा लिन्छु र सिर्जना गर्दछु । त्यसैले मेरो पेशा र साहित्य आपसमा सहयोगी छन् ।

नवोदित – यहाँका रचनामा स्थानीय शब्दहरू हुन्छन् किन ?

नवराज सुब्बा – कोही टेम्स नदीको किनारमा बसेर कविता कोर्छन् म तम्बरखोलाको किनारमा बसेर लेख्छु । कोही प्रिन्स डायनाको प्रेम र शुन्दरताको वर्णन गरेर अघाउदैनन् म यता बोक्सी, छाउपडी प्रथाबाट प्रताडित महिला, कल्महरी पीडित बालिकाको कथा ब्यथा लेखेरै भ्याउँदिन । कोही शेक्सपियरको पात्रसित कुरा गर्छन म हिमाल पहाड तर्राईका शर्मा सेर्पा थारु र्राईसित कुरा गर्छु । यसैले होला ।

नवोदित – कविता र गीत लेख्न कुन सजिलो हुन्छ ?

नवराज सुब्बा – गीत लेख्न सजिलो लाग्छ । तर कविता लेखेपछि बढी आनन्द आउँछ ।

नवोदित – नेपालको बर्तमान कविता साहित्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ  ?

नवराज सुब्बा – आज साहित्य उत्तरआधुनिक कालमा प्रवेश गरिसकेको छ । अब साहित्यमा विज्ञान, सूचनाप्रविधि, समाजशास्त्र, मानवशास्त्र, तथ्याङ्कशास्त्र, अर्थशास्त्र, सगीत, कला र दर्शन जस्ता बहुआयामिक विषयको प्रवेश अपरिहार्य भैसकेको छ । साहित्यकारहरुमा पनि ती क्षेत्र र विषयवस्तुको अध्ययन र ज्ञानको आवश्यकता छ । केवल साहित्य मात्र पढेर उपयोगी साहित्य सिर्जना हुन सक्दैन भन्ने मलाइ लाग्दछ । किनभने साहित्य साधन र साधना दुवै हो ।

नवोदित – मोफसलमा बसेर पनि तपाइ निकै चर्चामा हुनुहुन्छ । यसको रहस्य के होला ?

नवराज सुब्बा – समालोचक र पाठकले "जीवन मेरो शब्दकोशमा" कवितासंग्रह र हालको मेरो लेखनलाई नौलो, मौलिक र विशिष्ठ प्रयास ठानेका छन् ।

नवोदित – अहिले समावेशीको चर्चा चलिरहेको छ । नेपालमा लिम्बू साहित्यको स्थिति कस्तो छ ?

नवराज सुब्बा – लिम्बूजातिको आफ्नै भाषा लिपि, साहित्य, कला र संस्कृती छ । लिम्बूसाहित्य समृद्ध छ । नेपाली साहित्यले नेपालमा विद्यमान बहुसंस्कृती, बहुल लोकसाहित्य चिनाउन सेतुको भूमिका खेल्नु पर्दछ ।

नवोदित – यहाँलाई साहित्य सिर्जना गर्दा के कस्ता पात्र वा विषयवस्तुले प्रभाव पार्दछ ?

नवराज सुब्बा – मेरा पात्र वा विषयवस्तुमा "तीन म" छन् । १. म २. माटो र ३. मानवता । पहिलो 'म' भन्नाले स्वयम् म तथा हामी । दोश्रो 'म' भन्नाले माटो, देश र आमा हुन् । तेश्रो 'म' भन्नाले मानवता अर्थात प्राणीजगतको आत्माको आवाज नै मेरा पात्र र विषयवस्तु हुन् । म सीमान्तकृत श्वरलाई साहित्यको ध्वनिमा घन्काउन चाहन्छु ।

नवोदित – मोफसलका साहित्यलाई कसरी हेर्नु हुन्छ ?

नवराज सुब्बा – हिजोसम्म म केन्द्र हुँ अर्थात् म नै सत्ता हुँ भन्नेलाई आज परिधिले भकाभक ढाल्दैछन् । केन्द्र र मोफसलको सीमारेखा मेटिदैछ । संसारमा छरिएका कविहरू इन्टरनेट मार्फ आफ्नो कविता अर्थात विचार उद्घोष गरिरहेछन् । विज्ञानप्रविधिको विकास, विश्वब्यापिकरण वा उदारिकरण र विश्वमा उदाएको उत्तरआधुनिक युगले सबैलाई समान अवसर दिएकोछ जो लिन सक्नुपर्छ । साहित्यमा म मोफसल भनेर कसैले हीनताभाव राख्नु अनि म केन्द्र हुँ भनेर कसैले दम्भ पाल्नु हुदैन ।

नवोदित – यहाँको भावी योजना के छ ?

नवराज सुब्बा – निरन्तर अध्ययन, साधना, लेखन गर्ने र केही वर्षो अन्तरालमा प्रकाशन गर्दै जाने योजना छ ।

नवोदित – कुनै गीत गाउन अघि र गाए पछि के अन्तर हुन्छ  ?

नवराज सुब्बा – गीतको शब्दले पाठकै पिछे अनेक अर्थ वा संगीतकारै पिछे संगीतको अनन्त संभावना बोक्दछ । जब गीतलाई गाइन्छ तब समन्वय मिलेमा तीनवोटा एकको योगफल ५ आउनसक्छ । यदी समन्वय मिलेन भने तीनवोटा एकको योगफल सून्यसम्म पनि आउन सक्छ । गणित र कलामा यही भिन्नता छ ।

नवोदित – सोघ्न छुटेको भए अरु भन्नु केही छ ?

नवराज सुब्बा – मानव विकासको मापन साहित्यबाट पनि गर्ने गरिन्छ । साहित्यबाट जीवन र जगतले सकारात्मक आग्रह र अपेक्षा राखेका हुन्छन् । सिर्जना गर्दा के किन कसरी कैले कस्का लागि सिर्जना गर्ने भन्ने बारेमा र्सजक स्वयम् सजग भयो भने समाजले साहित्यबाट केही पाउँछ । साहित्य वा साहित्यकार सबैको साझा सम्पत्ति हो भन्ने कुरा बुझनु र बुझाउनु पनि साहित्य र साहित्यकार कै दायित्व हो । यसबारे म सचेष्ट छु ।

अन्तमा, अन्तर्वार्ता लिई दिनु भएकोमा तपाइलाई र अन्तर्वार्ता अद्योपान्त पढिदिनु भएकोमा पाठकलाई धन्यवाद दिन चाहन्छु ।

Read More