जिन्दगी (नवराज सुब्बा)
बारीबाट लखेटिएता पनि
डिलबाट धकेलिएता पनि
भीरमा फुल्ने फूल जस्तै
रहेछ मान्छेको जिन्दगी ।
बारीबाट लखेटिएता पनि
डिलबाट धकेलिएता पनि
भीरमा फुल्ने फूल जस्तै
रहेछ मान्छेको जिन्दगी ।
हाँगामा बसेर फेद काट्नेहरू छेपारो झैं रूपरङ्ग बदल्नेहरू नजिस्क यो राट्रिय एकतासित विदेशमा स्वदेश खोज्नेहरू ।Read More
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
जब आँखा चिम्लेर पोखिन्छ आकास
मन भत्केर मान्छे पागल जस्तै भएछ ।
भूकम्पले कविता झण्डै फुर्यो
जाने साइत आज झण्डै जुर्यो
एक्कासी आत्तिदै निस्किए सब
आफ्नो त हंश झण्डै उड्यो ।
सेवारो पप्पाए ! (नवराज सुब्बा)
दिन्न बधाई कसैलाई अब
खुशी पनि बाँड्दिन सब
दिएँ शुभकामना जसलाई
ती सबै सडकमै ढले जब ।
भाद्र १२, २०६८
Read More(एक)
समयको तालसँगै कति ताला लागे लागे
कारखानामा ताला लागे कार्यालयमा लागे
बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी
आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे ।
(एक)
खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो !Read More
जनताका दुई सुस्केरा (मुक्तक)- नवराज सुब्बा
(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन ।Read More