Archive for the ‘Literature’ Category

हामी पहिले नेपाली… (देशभक्ति गीत) नवराज सुब्बा

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु ।

नेपाली चिनाउँने हिमाल सगरमाथा
अरनीको कला र गोर्खाली वीरगाथा
अखण्ड यो भूखण्ड हो हुन्न पराधीन
पहिले हामी नेपाली गर्छौं बलिदान ।

माघीनाच, झाँगडनाच, सिरुवा, रोदी
धाननाच, झिंझिया, देउडा ढुकढुकी
हामी फूल हौं मालाको राष्ट्रियता धागो
पहिले हामी नेपाली अनि मात्र अर्को ।

Read More

बिर्खेको दशैं

यो दुनियाँमा
दुःख दिनेबाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबैसबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई सधैं
हाँस्न सिकाउँछ
मलाई

Read More

एक टुक्रा (नवराज सुब्बा)

हाँगामा बसेर फेद काट्नेहरू
छेपारो झैं रूपरङ्ग बदल्नेहरू
नजिस्क यो राट्रिय एकतासित
विदेशमा स्वदेश खोज्नेहरू ।
Read More

झरीलाई… (नवराज सुब्बा)

यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
जब आँखा चिम्लेर पोखिन्छ आकास
मन भत्केर मान्छे पागल जस्तै भएछ ।

Read More

अन्तरर्वार्ता

(साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता)

प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ?
उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो ।

Read More

एक टुक्रा (नवराज सुब्बा)

भूकम्पले कविता झण्डै फुर्‍यो
जाने साइत आज झण्डै जुर्‍यो
एक्कासी आत्तिदै निस्किए सब
आफ्नो त हंश झण्डै उड्यो ।

Read More

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” पठनप्रक्रिया (हरिप्रसाद बराल)

कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ ।

Read More

रुखको मन (नवराज सुब्बा)

टिप
फूल
या पात
भाँच हाँगा
या बोटलाई
म रूँदिन अब
झार्दिन आँशु पनि
बरु काट अरू
टुक्राउ र बनाऊ

Read More

सेवारो पप्पाए ! (नवराज सुब्बा)

सेवारो पप्पाए ! (नवराज सुब्बा)

दिन्न बधाई कसैलाई अब
खुशी पनि बाँड्दिन सब
दिएँ शुभकामना जसलाई
ती सबै सडकमै ढले जब ।

भाद्र १२, २०६८

Read More

कवि सुब्बाको “यात्रा आधा शताब्दीको” (चक्रपाणि खनाल)

कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।

Read More