झरीलाई… (नवराज सुब्बा)
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
जब आँखा चिम्लेर पोखिन्छ आकास
मन भत्केर मान्छे पागल जस्तै भएछ ।
यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ
त्यो बैंश र यो मौसम जस्तै रहेछ
जब आँखा चिम्लेर पोखिन्छ आकास
मन भत्केर मान्छे पागल जस्तै भएछ ।
(साहित्यकार नवराज सुब्बासित कवि मीनकुमार नवोदितले सुकुनाको लागि लिनु भएको अन्तर्वार्ता)
प्रश्नः तपाईको लेखन कसरी सुरु भयो ?
उत्तरः विद्यालय तथा क्याम्पसको विद्यार्थीजीवन अर्थात् तीसको दशक मेरो साहित्यिक यात्राको प्रारम्भिककाल हो । मेरा गुरु, विद्यालयको साहित्यिक तथा सांगीतिक वातावरण र मेरो बाल्यकालको विशिष्ठ वातावरण बीच मेरो साहित्यिकयात्रा आरम्भ भयो ।
भूकम्पले कविता झण्डै फुर्यो
जाने साइत आज झण्डै जुर्यो
एक्कासी आत्तिदै निस्किए सब
आफ्नो त हंश झण्डै उड्यो ।
कविताको परिभाषा गर्न धेरै गार्हो हुन्छ । यो भावनाको पोखाइ हो, हृदयको पोखाइ हो तर लयात्मक हुनुपर्यो । कविता उच्चस्तरीय दार्शनिक चिन्तन पनि हो किनभने गद्यमा लेखिएको करीव सयपृष्ठभित्रको भावलाई सय हरफ कविताले सजिलै टिपेर राख्न सक्छ ।
Read Moreटिप
फूल
या पात
भाँच हाँगा
या बोटलाई
म रूँदिन अब
झार्दिन आँशु पनि
बरु काट अरू
टुक्राउ र बनाऊ
सेवारो पप्पाए ! (नवराज सुब्बा)
दिन्न बधाई कसैलाई अब
खुशी पनि बाँड्दिन सब
दिएँ शुभकामना जसलाई
ती सबै सडकमै ढले जब ।
भाद्र १२, २०६८
Read Moreकवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू पहिले नै प्रकाशित छन् । उनी लोकगीतहरूका संकलक, गायक र प्रशारक पनि हुन् ।
Read Moreभनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन गरिन्छ । यसका ब्यवहारिक पक्ष जस्तै थोरै सन्तानलाई उचित लालनपालन, शिक्षादीक्षा दिन वा औषधोपचार, घरमा शुखशान्ति जस्ता मूलभूत सवालहरूबारे बुझाएर परिवार नियोजनको लागि उत्प्रेरित गरिन्छ- जनतालाई । तर सर्जकहरूले धेरै सिर्जना गरेर साहित्य बिगारेको वा समाज बिगारेको मैले देखे-सुनेको छैन । हो, हिजो यहि देशमा सिर्जनामा नियोजन गर्ने शासक थिए, दुःखको कुरो तिनको स्वरुप आज बद्लिएको छ शहरशहरमा ।
Read Moreअमूल्य यो जीवनलाई नफालौं है खेर
दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर ।
धुम्रपान मद्यपान अनि लागुपदार्थ
मानिसको जीवनलाई बनाउँछ ब्यर्थ ।
प्रिय साथी !
नढाँटिकन म लेख्दैछु
मेरा आँखाले देखेको छैन
त्यो तिम्रो रेगिस्तान
तर तिमीले पठाएका चिठी या
तिमीले कोरेका कविता पढ्दा
मलाई यस्तो लाग्छ
त्यो रेगिस्तान पक्कै
मेरो छाती जस्तै
उजाड उजाड छ
जहाँ पिउने
मात्र आँशु भेटिन्छ