Archive for the ‘Poems’ Category
- Literature
- Poems
- February 16th, 2011
- Literature
- Poems
- February 15th, 2011
परदेशीको सपना (कविता) नवराज सुब्बा
मनमा बिछ्याएर
उनेका मायाका पोतेहरू
तिम्रो गलामा बिसाएर
तिमीसँग बिदा माग्दा
धेरै बेर रोएथ्यौ तिमी सपनीमा
अहिले ब्यूँझेर हेर्दा पो देखें
तिमीले मेरो छातीमा झारेका आँसुहरू
मेरै सिरानीमा झरेछन्
- Literature
- Poems
- February 13th, 2011
ओठ, खुशी र कविता (कविता) – नवराज सुब्बा
तिमीले मलाई
एकान्तमा सोध्यौ
भन कता चुमौं ?
मैले ओठ दिएँ
केही छिन चुमेर
तिमीले फेरि सोध्यौ
भन अब कहाँ चुमौं ?
- Literature
- Poems
- January 30th, 2011
सहिदलाई सलाम (नवराज सुब्बा)
सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने शहीदलाई सलाम ।
- Literature
- Poems
- January 20th, 2011
My Hampang (Nawaraj Subba)
Peering at the dancing
(Dhan nacha in Joined hands)
Kanchanjungha and Kumbhakarna
Hiding far on snow-land
My Hampang tying the sash of Tambar
Around the waist
Is also making merry
With Changey and Chhintang
Unconsciously
My Hampang
Has exchanged love
with me.
- Literature
- Poems
- January 8th, 2011
- Literature
- Poems
- November 11th, 2010
- Literature
- Poems
- October 10th, 2010
मलाई कविता मनपर्छ (कविता) नवराज सुब्बा
कविता सुन्नु पर्ला
समय बेकार जाला भनेर
भागी भागी हिड्ने मान्छे म होइन
म त जता जता कविता छ
उता उता सोध्दै खोज्दै
सुन्न जाने मान्छे
- Literature
- Poems
- October 8th, 2010
दशैं (कविता) नवराज सुब्बा
बन्द छलेर, कर्र्यू तोडेर
दशैं आएको छ आज बिर्खेको घरमा
केही दिन भए पनि खुशी छाएको छ
केटाकेटी रमाएका छन्
मक्किएको धोति पनि फेरिएको छ
- Literature
- Poems
- September 17th, 2010
यात्री ! (कविता) नवराज सुब्बा
मलाई
उडिरहेको
चरा मनपर्छ
चलिरहने हावा मनपर्छ
खुल्ला आकासमा
खाइने कावा सारै मनपर्छ
मलाई त अझ
आकाश छुने चरा मनपर्छ
सून्यता जित्ने पङख मनपर्छ

