Category Archives: Story

खुशीको आँशु (लघुकथा) नवराज सुब्बा

समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई माइती जस्तै लाग्छ … ” यति बोल्दाबोल्दै अन्ततिर उनको गला अबरुद्ध भयो । अघि बोल्न सकिनन् । उनको आँखाबाट खसेको खुशीको दुई थोपा आँशुले बाँकी कुरा बताए जस्तो लाग्यो । आँशु पुछ्दै उनी विदा भइन् । Continue reading खुशीको आँशु (लघुकथा) नवराज सुब्बा

आप भी चलिए ना ! (लघुकथा) नवराज सुब्बा

आज विहान प्रातकालीन यात्रामा थिएँ ।

बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो मैले राम्ररी बुझिन । मलाई त्यो सामान्य शिष्टाचारको कुराकानी होला भन्ने लाग्यो । हामी तीनजना अलि नजिकिदै गए पछि एउटा वाक्य भने मैले राम्ररी सुनें । हिडिरहेको बटुवाले त्यो धोबीलाई भनिरहेथ्यो–
“सभी लोग सडकमें माग कर रहें है, आप भी चलिए ना !”
यो सुनेर धोबिको अनुहारमा एकाएक नकारात्मक र वितृष्णायुक्त भाव उत्पन्न भयो । यो भाव देखेर हो वा मलाई पनि नजिक देखेर हो उक्त बटुवाले मतिर पुलुक्क हेर्यो र खिसिक्क हाँस्यो । प्रतिक्रियामा म पनि मुस्कुराएँ । भारिले थिचिएकै अवस्थामा भए पनि सकि नसकि धोबिले व्यङ्ग्यात्मक हाँसो निकाल्यो ।

हाँसो टुङ्गिदा हामी निकै टाढा हिंडिसकेका थियौं ।

जेष्ठ १२, २०६९ विराटनगर ।

रिक्सावाला (लधुकथा) नवराज सुब्बा

अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् ।

खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें । त्यसमाथि फेरि आज बन्दको दिन रिक्सावाला छोइसक्नु हुँदैनन् भन्ठानेर पहिल्यै रेट सोधें “देवकोटाचोकसम्मको कति लिन्छौं ?” उसले बडो रसिलो पाराले ठाँटपूर्वक भन्यो—“आ… दिनोस्न बीस रुपैया, आखिर मरिलानु के छ र !” आजकल यो भृकुटीचोक देखि देवकोटाचोक बीसरुपैया चलेको छ, रेट ठिक हो । तर कतिपय रिक्साले तीसरुपैया भन्छन् । सही रिक्साभाडा भन्ने रिक्सावालाको इमान्दारिता देखेर आज सहि रिक्सावाला फेला परेछ जस्तो लाग्यो र त्यही रिक्सामा उक्लिएँ । Continue reading रिक्सावाला (लधुकथा) नवराज सुब्बा

…म यहीँ छु ! कथा ( नवराज सुब्बा )

मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु । यही कोक्रामा आजभन्दा चारवर्षअघि मलाई मेरी आमाले यसरी नै हल्लाउनु भएको थियो । आमा आज यो दुनियाँमा हुनुहुन्न । राम्ररी रुन पनि नसक्ने शिशु अर्थात् मेरी सहोदर बहिनी ‘करुणा’लाई जन्म दिएर उहाँ भगवानकहाँ जानु भयो अरे । जहाँ जाँदा पनि मलाई सँगै लग्ने आमाले मलाई किन त्यहाँ लानु भएन ? यो शिशुलाई दूध चुसाउने बेलामा पनि छाडेर त्यहाँ किन जानु भयो ? यी सब् कुरा यो बालमस्तिष्कले बुझ्न सकेन । Continue reading …म यहीँ छु ! कथा ( नवराज सुब्बा )