Archive for the ‘Activities’ Category

‘अमूल्य जीवन’को लोकार्पण

गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

Read More

अमूल्य जीवन लोकार्पण

माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

Read More

रोयल्टी सङकलन अन्तरक्रिया

पौष १६, २०६८ इटहरी सुनसरी ।
सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

Read More

साँस्कृतिक कार्यक्रम

कात्तिक ९, २०६८ । रंजनी, मोरङ ।

यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

Read More

प्रतिबिम्ब भाग- २ भिडियो विमोचित

असोज १६, २०६८ विराटनगर । साहित्यकार नवराज सुब्बाको “प्रतिबिम्ब भाग–२” भिडियो एक समारोहमा विमोचित गरियो । विराटनगर विराटेश्वर वृद्धाश्रममा आयोजित समारोहमा ज्येष्ठ नागरिक ९३ वर्षिय जगतबहादुर धमला र बृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले संयुक्त रुपमा उक्त भिडियोको विमोचन गर्नुभयो । प्रतिबिम्ब–२ मा म्यूजिक भिडियो, कवितावाचन, अन्तर्वार्ता संग्रहित रहेको सम्पादक कौशलराज सुब्बाले बताउनु भयो ।

आफ्नो ५० औं जन्मोत्सवको अवसरमा साहित्यकार सुब्बाले विराटनगर विराटेश्वर वृद्धाश्रममा बृद्धहरुलाई भोजन र नगददान गर्नुभएको थियो ।

Read More

फेसबुकबाट पुस्तक बिमोचन

सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो ।

  • विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा मानिसको अमूल्य समय र स्रोत बचाउन सकिन्छ । सभा, समारोह र सम्मेलन गरेर साहित्यिक गतिविधि गर्ने परम्परागत सोंचलाई फराकिलो बनाउनु समयको माग हो ।” भनेर बताउनु भयो ।

    समालोचना संग्रहमा कवि नवराज सुब्बाको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमाथि डा. कृष्णप्रसाद दाहाल, डा. बद्रीविशाल पोखरेल, लीला लुईटेल, देवी पन्थी, सुरेश प्राञ्जलीका समालोचना र बैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेञ्जु शर्मा, दधिराज सुबेदी, देवी पन्थी, बद्री पलिखे, शैलेन्द्र साकार, ध्रुव मधिकर्मी, हरिप्रसाद बराल, जगत प्रेक्षित, गांधीराज काफ्ले, हिंडपाली साइँलो, रश्मिशेखर, खगेन्द्र पन्धाक लिम्बू, माया पकुवालका समालोचना, समीक्षा तथा टिप्पणी संग्रहित छन् ।
    कृतिभित्रका रचना नेपाली र अंग्रेजी भाषामा भएको र प्रवासमा बसेका नेपालीहरूका मन्तव्य, समीक्षा तथा टिप्पणीहरूलाई समेत कृतिमा समावेश गरिएको छ । उक्त कृति www.nrsubba.com.np ले प्रकाशित गरेको हो ।

    पुस्तक डाउनलोड गर्न सकिन्छ  थिच्नुहोस 
    Read More
  • यात्रा आधा शताब्दीको सार्वजनिक

    असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।
    Read More

    सहिदलाई सलाम विमोचित

    बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो ।  वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।

    Read More

    ‘जाली माया’ प्रदर्शन र कवितावाचन

    ‘जाली माया’ गजल भिज्युयल विमोचन समारोह: चैत्र १२ गते २०६७ विराटनगर । साहित्यकार नवराज सुब्बाको साहित्यिक-सांगीतिक कार्यक्रम- २०६७  विराटनगरमा सम्पन्न भयो ।

    Read More

    सुब्बाका एल्बमको भिडियो बजारमा आउने

    विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।

    Read More