Articles Published

*Suicides in Ilam District of Nepal
American Journal of Applied Psychology, Volume 4, Issue 6, November 2015, Pages: 137-141
Received: Sep. 20, 2015; Accepted: Sep. 29, 2015; Published: Oct. 12, 2015
DOI: 10.11648/j.ajap.20150406.11  Click

*Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal (Nawa Raj Subba) American Journal of Health Research Volume 3, Issue 5, September 2015, Pages:310-317. DOI: 10.11648/j.ajhr.20150305.18  CLick

*Postpartum Depression Relating to Smoking and Drinking Habits of Husbands Among Rajbanshi Mothers in Nepal (Nawa Raj Subba*, Shishir Subba) American Journal of Health Research. Volume 3, Issue 5, September 2015, Pages:293-297. DOI: 10.11648/j.ajhr.20150305.15 Click

 

विराटनगरमा होमियोपैथी दिवस

चैत्र २८, २०६९ विराटनगर नेपाल । होमियोप्याथी चिकित्सा प्रणालीका प्रणेता डा. स्यामुयल हनेमनको २५८ औं जन्मजयन्ति आज विराटनगरमा पनि मनाइयो । नेपाल होमियोपैथी चिकित्सक संघले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा, अतिथिहरु जितेन्द्र राठी, केशव सुवाल, डा. अरबिन्द कुमार, डा. रामबहादुर थापा, गोपाल सोनाली, राजकुमार ठाकुर लगायतले होमियोपैथी चिकित्सा प्रणालीका व्यवहारिक पक्ष, संभावना र चुनौतीबारे बोल्नु भएको थियो । संघका अध्यक्ष डा. जीवन प्रकाश रायको अध्यक्षतामा भएको समारोहमा डा. द्रोपति शाहले स्वागतमन्तव्य, महासचिव डा. रविप्रकाश रायले वार्षिक प्रतिवेदन पेश र डा. श्रवणकुमार यादवले कार्यक्रम संचालन गर्नु भएको थियो ।

दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।

मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

घटनाको विवरणः मोरङ दर्वेशा गा.वि.स. वार्ड नं. ९ रंजनी बस्ने विमल कोइरालाकी श्रीमती वर्ष २१ की सविना कोइराला गर्भवती भई मिति २०६९।११।१८ गते विराटनगर स्थित डा. रम्भा देवको सुरक्षा अस्पतालमा आफ्नो गर्भ चेक जाँच गर्न आई डा. रम्भा देवद्वारा निजको गर्भ चेक जाँच तथा भिडियो एक्स–रे समेत गरी ठिक भएको भनिएको । तर फागुन २३ गते श्रीमति सविना कोइरालालाई दिउसो २–२:३० बजे तिर आफूलाई ज्वरो आउन शुरु भएकाले भाउजु टीका कोइरालाले डा. रम्भा देवसंग मोवाइलबाट सम्पर्क गरी सोध्दा सिटामोल ख्वाउनुस् भनेकाले सिटामोल एक चक्की खुवाएको तर एक दुई मिनटमा नै सबिनाले बान्ता गरेको भनाई । त्यस पछि पानीपट्टि दिइएको, रातको १ बजे पिसाब फेर्न जांदा योनीमार्गबाट केही रक्तश्राव भएको थाहा भएको बिरामीपक्षको भनाई रहेको । उपचारार्थ एम्बुलेन्स बोलाएर २ बजे तिर सुरक्षा अस्पतालमा आएको ।  अन्दाजी ३ वजेतिर सुरक्षा अस्पतालमा निज डा. रम्भा देवले निजलाई चेक जाँच गर्दा योनीमार्ग खुलेको अवस्था पाएको भन्ने चिकित्सकको भनाइ रहेको । सबिनाको बच्चा बचाउन सकिदैन बच्चा आफै वाहिर आउँछ भनी सलाइन लगाई वेडमा भर्ना गरेको । अन्दाजी ४:३० बजे तिर बेडमा नै बच्चा आफै निस्किएको ।  त्यसपछि एक वटा इजेक्सन दिइएको । डा. रम्भा देवले अहिले विरामीको स्वास्थ्यस्थिति सामान्य छ, १० बजे तिर म आएर फेरि हेर्छु अनि भिडियो एक्स–रे गरेर क्लियर रहेछ भने डिस्चार्ज गरी दिन्छु भनी डा. गएको मृतकपक्षको भनाई । अन्दाजी ९ बजे तिर विरामीले छाती दुख्यो भनी डिउटीमा रहेकी नर्सले जानकारी गराएको । तुरुन्तै डा.रम्भा देव आई चेक जांच गर्दा विरामीको रक्तचाप अत्यन्त कम पाएकाले निजलाई तत्काल केही सुईद्वारा उपचार दिंदा समेत सुधार नभएको भन्ने चिकित्सकको भनाई रहेको । विरामीलाई तत्कालै डा. कनक खनाल सहितको एनेस्थेटिष्ट समेतले बिरामीलाई यथावस्थामा अपरेशन थेटरमा लगि उपचार कोशिस गर्दा गर्दै विरामीको मृत्यु भएको चिकित्सकहरुको भनाई रहेको। Continue reading मृतक सबिना कोइरालाको मृत्युको घटना सम्बन्धमा गठित छानबिन समितिको प्रतिबेदन २०६९ को सारांश

Support for Rehabilitation in Biratnagar Nepal

सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई निमन्त्रणा गरि जुन सम्मान प्रदान गरियो त्यसको लागि पनि लायन्स क्लब तथा स्पर्श नेपाललाई धेरै धेरै धन्यवाद छ र शुभकामना पनि ।

Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

माघ २९, २०६९ विराटनगर ।
मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । Continue reading Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

“Service is the rent we pay for living.” Marion Wright Eddelman

मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । Continue reading “Service is the rent we pay for living.” Marion Wright Eddelman

Interaction on Health Care Services

मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । Continue reading Interaction on Health Care Services

एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा

कार्तिक २७, २०६९ विराटनगर नेपाल । जिल्ला विकास समिति मोरङको सहयोगमा तिहारको अवसरमा स्पर्श नेपाल संस्थाद्वारा आयोजित एक कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा र विशेष अतिथि परिवार नियोजन संघका प्रमुख सुरेश प्रधानले प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरे । Continue reading एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा

विराटनगरमा होमियोपेथिक सेवा विस्तार

भाद्र ३०, २०६९ विराटनगर नेपाल ।
नेपाल होमियोपेथिक चिकित्सक संघ विराटनगरले जनसहभागितामा होमियापैथिक चिकित्सा सेवा विस्तार गरेको छ । Continue reading विराटनगरमा होमियोपेथिक सेवा विस्तार