The need for Embossed Numbering

The need for Embossed Numbering

Dr. Nawa Raj Subba

The question is actually more about the Devanagari script than about the Nepali language. It should be recalled that Nepal only became a member of the United Nations after having retained the Ranjana script as their national script was not known as Devanagari.

Thus, although the Nepali language uses the Devanagari language as a script, it is a popular script of many other languages. So looking for Nepal’s nationality in this script is not rational. If we want to find the national script, we need to switch to script Ranjana. The literature of Nepal written in the Devanagari script has its own location. But let the new generation and the pace of time run by having run on the road the script the new generation understands and talks to them.

Let’s not embarrass the newer generation and the generation to come. Let’s look not only from the point of view of nationality but also from a practical point of view in the letters written on a sensitive object like a vehicle. Our children today don’t know how to read and pronounce Nepali numbers correctly, but the problem is not solved by trying to impose the same letters on the generation of father and grandfather.

If we don’t look at it from the perspective of practicality rather than nationality, the controversy will arise! Although I love the Nepali language, script Devanagari, I don’t want to stop the time demands. Let’s all think. There are a lot of artifacts and areas to define. Before we cry too much about it, let’s ask our own family’s children and grandchildren once! Let’s understand that English is not an imposed necessity now.

सवारी साधनमा नेपाली कि अंङ्ग्रेजी अक्षर? (विचार)
– डा. नवराज सुब्बा

वास्तवमा सवाल नेपाली भाषा भन्दा पनि देवनागरी लिपिको हो । स्मरण रहोस् नेपालले संयुक्त राष्ट्र संघमा आफ्नो लिपि देवनागरी भनेर सदस्यताको निवेदन पेस्दा मान्यता नपाएपछि रञ्जना लिपि राखेपछि मात्र सदस्यता पाएको थियो । यसैले देवनागरी भाषा नेपाली भाषाले लिपिको रुपमा चलाए पनि यो अरु धेरै भाषाको साझा लिपि हो । यसैले यही लिपिमा नेपालको राष्ट्रियता खोज्नु तर्कसंगत छैन । राष्ट्रिय लिपि खोज्ने हो भने या त रञ्जना लिपि अघि सार्नु पर्यो । नेपाली साहित्य देवनागरी लिपिमा लेखिएको कुरा आफ्नै ठाउँमा छ । तर सडकमा नयाँ पुस्ताले पनि चिन्ने, उनीहरुसित बोल्ने लिपिलाई चल्न दिएर नयाँ पुस्ता र समयको गतिलाई चल्न देऔं । युवा पुस्ता तथा भावी पुस्तालाई अप्ठेरोमा नपारौं । सवारी साधन जस्तो संवेदनशील वस्तुमा लेखिने अक्षरमा केवल राष्ट्रियताको दृष्टिले मात्र नहेरी व्यवहारिक दृष्टिले पनि हेरौं । हाम्रा छोराछोरी आज नेपाली अंक सही पढ्न र उच्चारण गर्न सक्दैनन् जान्दैनन् तर बाबु, बाजे पुस्ता भने त्यै अक्षर लाद्न खोज्दा समस्याको समाधान हुँदैन । यसमा राष्ट्रियता भन्दा व्यवहारिकताको दृष्टिले नहेरेमा विवाद रहिरहन्छ ! म आफू नेपाली भाषा, देवनागरी लिपिलाई माया गर्दागर्दै पनि समयको मागलाई रोक्न चाहन्न । सबैले विचार गरौं । पहिचान देखाउने वस्तु र क्षेत्र धेरै छन् । यसमा त्यत्रो रोइलो गर्नुअघि आफ्नै घरपरिवारका छोराछोरी नातिनातिनालाई पनि एकपटक सोधिहेरौं कि ! अंग्रेजी भाषा लादिएको नभएर अहिलेको आवश्यकता पनि हो।

Comments are closed.