देवकोटा पुस्तकालयमा कविगोष्ठी

    विराटनगर कार्तिक ८, महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्षिकी तथा देवकोटा पुस्तकालयको स्वर्णजयन्ती सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाउने सिलसिलामा शुक्रवार कविगोष्ठीको आयोजना गरियो ।
    प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक तवरबाट आयोजना गरिएको सो गोष्ठीमा वरिष्ठ कवि कृष्णभूषण बल, कवि नवराज सुब्बा, नारायण तिवारी, भुषण ढुङ्गेल, सीमा आभाष, पाँचथरका खोलाघरे साइँला, मीनकुमार नवोदित, राधिका गुरागाइँ, दीपा अविरल लगायतका कवि, कवियत्रीहरुले अप्रतियोगितात्मक रुपमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
    देवकोटा पुस्तकालयका सभापति सुबोध निरौलको सभापतित्वमा तथा कवि नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा दीपक सञ्चु प्रथम, माधवप्रसाद मुकुन्द द्वितीय, विकासराज आत्रेय तृतीय भए भने सान्त्वना स्थान प्राप्त गर्न शिवनारायण पण्डित सिंगल र बालकवि प्रतीका चांलागाई सफल भए ।
    सुदीप घिमिरेको संयोजकत्वमा संयोजकत्वमा संचालित उक्त कवि गोष्ठीमा वरिष्ठ आख्यानकार परशु प्रधान, डा. मेदिनी शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । समारोहको प्रारम्भमा महाकविको तस्वीरमा माल्यार्पण गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

शुभकामना
नेपालमा दादुरा खोप अभियान मंसीर २१ देखि

Leave a Comment