असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल, हरि प्रसाद बराल, भैरुदास सुराना, लावण्य सापकोटा, कृष्ण कोइराला चारघरे, जयप्रसाद पाण्डे, दीपक सञ्चु, रमेश सायन, शिवनारायण पंडित, चुडामणि नेपाल अकिंचन, रामसागर अधिकारी, माधवप्रसाद मुकुन्द, परशुराम कार्की, दीपकज्योति बस्नेत, शंकर सुबेदी, माया पौडेल, सरिता दाहाल, सरिता तुलाधर, पञ्चम विस्मृत, पुनम अधिकारी, गोविन्द पल्लवी र गंगा कार्कीले कविता, गजल र गीत वाचन गरे ।

प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बलको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा कवि नवराज सुब्बाले सभापतित्व ग्रहण र शुभलक्ष्मी लम्सालले गोष्ठी संचालन गर्नुभएको थियो ।

वाणी प्रकाशन विराटनगरले हरेक १५ दिन शुक्रबार ३ बजेदेखि करिव डेढ घण्टा नयाँ, पुराना कविहरुलाई भेला गराइ नियमित कविगोष्ठी गराउँदै आएको छ । यर्सथमा कतिपय स्रष्टाहरुले वाणी प्रकाशनलाई साहित्यकारहरुको पाठशालाको रुपमा मान्दै आएको पनि बुझिएको छ ।


गीतसंगीतः मेरा मूल्य र मान्यता
हुचिल

Leave a Comment