काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो ।

साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो ।

यो कृति साहित्यकार नवराज सुब्बाको तेस्रो साहित्यिक कृति हो । यस अघि उनका “जीवन मेरो शव्दकोशमा” कवितासङ्ग्रह र “मनको मझेरी” निवन्धसङ्ग्रह प्रकाशित भई सकेका छन् ।

बीच बाटोमा ब्यूँझेर बिमोचन
पूर्वाञ्चल स्तरीय कविगोष्ठी

Leave a Comment