मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो ।

नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र सबै गजलहरु वरिष्ठ संगीतकार शक्ति बल्लभले संगीत गर्नु भएको छ । एल्वममा गायकगायिकाहरु अञ्जु पन्त, माण्डवी त्रिपाठी, नरेन्द्र प्यासी, शिशिर योगी, सुमित खड्का, जगदिश समाल, स्वरुपराज आचार्य, सुरेश मानन्धर र भीम चापागाईका स्वर रहेका छन् ।

गीतकार सुब्बाको यो तस्रो सांगीतिक एल्वम हो यस अघि उनको देशभक्ति गीतको एल्वम “देशको माया” र “प्रतिविम्व” भिडियो प्रकाशित भइसकेका छन् ।

स्रष्टालाई सलाम (नवराज सुब्बा)
'Lukeko Rahar’ released

Leave a Comment