बैशाख २४, २०६८ । विराटनगर । साझा प्रकाशनबाट प्रकाशित गीतकार नवराज सुब्बाको ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह विमोचन भएको छ । विराटनगरमा आयोजित एक समारोहमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलले पुस्तकको विमोचन गर्नुभयो । कृतिमाथि प्रा.डा. टंक न्यौपाने, प्राज्ञ अनिरुद्र तिम्सिना र संगीतकार साजन राइले टिप्पणी गर्नुभयो ।  वाणी प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बलको अध्यक्षतामा भएको समारोह कवि शुभलक्ष्मी लम्सालले संचालन गर्नुभएको थियो । साहित्यकार सुब्बाको यो चौथो साहित्यिक कृति हो । यसअघि वहाँको ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह २०६३, ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ र ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह २०६५ तथा तीनवोटा गीति एल्वम प्रकाशित छन् ।

काव्यात्मक श्रद्धासुमन देवकुमारी दिदीलाई (नवराज सुब्बा)
हसन्दहमा गाउँघर क्लिनिक भवन निर्माण

Leave a Comment