विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ ।
गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता गौतम दाहाल, रीता खत्री, रमेश साउन, लवराज श्रेष्ठ, शुभलक्ष्मी लम्साल, दीपा पोखरेला आदीले कवितावाचन गर्नुभएको थियो ।

यस्ता भेटघाटले साहित्यिक सौहार्दता बढ्ने एउटा साहित्यिक वातावरणको सिर्जना हुने विचार रमा शर्माले राख्नुभएको थियो । साहित्यकार रोचक घिमिरेले कुनै विचार, आग्रह भन्दा साश्वत चेत भएका रचनाहरु कालजयी हुने र त्यस्ता रचनाले पाठकको मन जित्ने धारणा ब्यक्त गर्नुभयो । उक्त अवसरमा कवि तथा प्राज्ञ कृष्णभूषण बल, दधिराज सुबेदी, इन्दिरा शर्मा, भैरव क्षेत्री र विवश पोखरेलले आआफ्नो विचार राख्नुभएको थियो ।

Mothers' group supported
भूल मन पर्छ

Leave a Comment