बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर काटेर खुवाएका थिए । तिनै मध्येका एक भाई हुन् पूर्णसिंह नेम्बाङ लिम्बू जो अझै कार्यरत छन् । उनले मलाई एकवर्ष खाना खुवाए, मेरो देखरेख पनि गरे । एक वर्ष जति सँगै बस्दा मलाई उनको एउटा विशेषताबारे थाहा पाइनछु । करिव एकवर्ष पछि त्यहाँबाट सरुवा भएर बिदाई हुने बेलामा उनले मेरो निम्ति एउटा गीत पालाम गाए । रात्रीकालीन समय थियो म भावविभोर भएँ म कताकता हराएँ कि जस्तो भएँ । मैले बाल्यकालदेखि कैंयौं पालामहरु सुनें होला तर त्यत्ति मीठो स्वरमा नौलो भाकामा गाएको सुनेको थिएन । के गर्ने रेकर्ड गर्ने केही साधन थिएन । जसलाई बेलाबेला अहिले मनको एउटा कुनामा कानले होइन हृदयले सुन्छु । लाग्छ, कुनै दिन यो ब्यस्त जागिरे जीवनबाट अवकाश लिए पछि फेरि एकपटक तिनै गाउँ पाखा हाटमा उनीजस्तै सक्कली पात्रका स्वर सुन्न पाए कस्तो हुन्थ्यो होला अनि त्यही लोकसंगीत सुन्दै विश्लेषण र अभिलेख गर्न पाए त्यो क्षण कस्तो हुन्थ्यो होला । यो मेरो एउटा सपना हो । अब मलाई ठूलो भन्दा पनि साना साना छुटफुट कुराहरु गर्ने मन छ । अहिले यहाँ आइपुग्दा छुटेका ती जो जो छन् ती पूरा गर्न चाहन्छु नयाँ भन्दा पनि ।

समयको स्वाद
मुक्तक-2

Leave a Comment